काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुंगलका ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई साइबर ब्युरोबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो ।निजलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
काठमाडौं— मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन अन्ततः फुकुवा भएका छन्। प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीच देखिएको मतभेद अन्त्य भएसँगै सरकारले गठन गरेको छानबिन समितिले आयात प्रक्रियामा कुनै अनियमितता नभेटिएको प्रतिवेदन दिएपछि जोमसोम र कोरलानाकामा रोकिएका गाडी सम्बन्धित पक्षलाई जिम्मा लगाइएको हो।कोरलानाका हुँदै नेपाल भित्रिएका ७७५ विद्युतीय सवारीमध्ये अधिकांशको भन्सार प्रक्रिया पूरा भइसकेको छ भने नियन्त्रणमा रहेका गाडी क्रमशः गन्तव्यतर्फ पठाइँदै छन्। जोमसोम बसपार्कमा राखिएका २६६ सवारीमध्ये २२३ गन्तव्यतर्फ पठाइसकिएको र बाँकी सवारीक
बाँके । बाँकेको कोहलपुरमा घरटहरा भत्काइएपछि विस्थापित भएका भूमिहीन दलित तथा अव्यवस्थित बस्तीका परिवारहरू व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।घर भत्काइएको एक महिना बितिसक्दा पनि राज्यले स्थायी बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न कुनै ठोस पहल नगरेको भन्दै प्रभावित परिवारहरूले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । प्रभावित परिवारहरूले कोहलपुरमा प्रदर्शन गर्दै आफूहरूको पुनस्र्थापनाको सुनिश्चित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरूका अनुसार डोजर चलाउनुअघि वैकल्पिक बसोबासको व्यवस्था नगरी गरिएको कारबाहीका कारण सयौँ परिवार अहिले कठिन परिस्थितिमा जीवन
काठमाडौं— गोरखामा भएको सामूहिक कुटपिट घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका–७ रोटेपानीका २४ वर्षीय बोनस शाक्य, धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल गोरखा नगरपालिका–८ बगैँचामा बस्दै आएका २३ वर्षीय मिङमर गुरुङ, सिरानचोक गाउँपालिका–२ थालाजुङका २९ वर्षीय होमराज गुरुङ तथा धार्चे गाउँपालिका–१ हुलचुकका २४ वर्षीय सन्तोष गुरुङ रहेका छन्।प्रहरीका अनुसार जेठ २७ गते राति गोरखा नगरपालिका–७ छिपीनीटोलस्थित गोरखा दोहोरी साँझ नजिक सडकमा वारपाक सुलिकोट गाउँपालिका–३ का ३२ वर्षीय सन्तबहादुर गुरुङमाथि लात, मुक्का र ढुंगाल
सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई प्रवद्र्धन गर्न आवश्यक रहेको नेपाल र भारतका व्यवसायिक नेतृत्व तथा नीतिनिर्माताहरूले जोड दिएका छन् ।भारतको सिलिगुडीमा आयोजित उच्चस्तरीय द्विपक्षीय संवादमा सहभागीहरुले उक्त धारणा राखेका हुन् । ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक उक्त संवादको संयुक्त आयोजना एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स आइडार कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री सीआआइ नर्थ बंगाल जोनल काउन्सिलले गरेका थिए। कार्यक्रममा विशेषगरी पूर्वी नेपाल र भारतको पश्चिम बंगालबीच व्यावहारिक तथा कार्यान्वयनय
काठमाडौं— उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक नियम मिच्नेलाई ५० हजार रूपैयाँसम्म जरिवाना हुनुपर्ने प्रस्ताव गरेका छन् । सङ्घीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा ‘सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन’ सम्बन्धी प्रस्तुतिका क्रममा काफ्लेले हालको ५ सयदेखि १५ सय रूपैयाँसम्म जरिवाना पर्याप्त नभएको भन्दै ३३ गुणासम्म बढाउन प्रस्ताव गरेका हुन् ।हाल ट्राफिक नियम उल्लंघन गर्दा ५ सय देखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना हुने गरेको छ । यसलाई निकै न्यून रहेको बताउँदै एसएसपी काफ्लेले भने, ‘अहिलेको जरिवानाले कसैलाई डर भएन । नियम उल्लंघन गर्नेलाई ५
काठमाडौं— हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागमा मौसम मूख्यतया सफा रहनेछ। को
धादिङ— धादिङमा २८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ४३ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–२ वंशगाउँ निवासी श्रीकृष्ण श्रेष्ठ रहेका छन्। उनलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।प्रहरीका अनुसार पीडित महिलामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि तत्काल प्रहरी टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठलाई उनकै निवास क्षेत्रबाट पक्राउ गरिएको हो।घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका श्रेष्ठविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघ
काठमाडौं— कास्कीको पोखरा महानगरपालिका–२७ डाँडाको नाकमा सोमबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।प्रहरीका अनुसार विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको बा८०प ३५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी ५३ वर्षीय विष्णुबहादुर खत्री गम्भीर घाइते भएका थिए।घटनापछि उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।दिउँसो करिब ११ः१५ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल प
काठमाडौं। काठमाडौं उपत्यकाबाट हटाइएका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले सरकारलाई एक साताको अन्तिम चेतावनी दिएका छन्। सम्मानजनक पुनर्वास, भूस्वामित्वको ग्यारेन्टी र उचित क्षतिपूर्तिको निर्णय तत्काल नगरे आफूहरू पुरानै बस्तीमा फर्किने उनीहरूको घोषणा छ।कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका पीडित परिवारहरूले प्रधानमन्त्री, गृहमन्त्री र सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउँदै राज्यले आफूहरूलाई नागरिकभन्दा पनि बोझसरह व्यवहार गरेको आरोप लगाएका छन्।उनीहरूको दाबी छ- वैकल्पिक व्यवस्था बिना घरटहरा भत्काउँदा हजारौं परिवारको बसोबास, रोजगारी, शिक्षा र दैनिक जीवन नै तहसनहस भएको छ। अहिले होल्डिङ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.