समाज

    Showing 1,361-1,370 of 11,160 items.
  • गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका छन्।आज आइतबार भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका हुन् । गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • 156 पटक पढिएको
  • स्वस्थ वृद्धावस्थाका लागि योग आवश्यक: रामेछापमा विश्व योग दिवस मनाइयो

    रामेछाप । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नारासहित १२औँ विश्व योग दिवस रामेछापको मन्थलीमा प्रभातफेरी, प्रवचन तथा योगका विभिन्न नमुना अभ्यास प्रदर्शन गर्दै मनाइएको छ ।जिल्लास्तरीय योग दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी तथा योगप्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा र्याली, योगको महत्वबारे प्रवचन दिइनुका साथै सहभागीहरूलाई योग तथा ध्यानका व्यावहारिक अभ्याससमेत गराइएको थियो। योग दिवस मूल समारोह समितिका संयोजक एवं शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलको अध्यक्ष

    • प्रकाशित मितिः असार ७, २०८३
    • 100 पटक पढिएको
  • पाँच महिनापछि पक्राउ परे श्रीमतिलाई तातो तेल प्रहार गर्ने भट्ट

    कञ्चनपुर । श्रीमतीमाथि अमानवीय व्यवहार गर्दै तातो तेल खन्याएको आरोपमा फरार रहेका एक युवक पाँच महिनापछि प्रहरी नियन्त्रणमा परेका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौरका ३४ वर्षीय अशोक भट्टलाई शनिबार पक्राउ गरिएको हो। उनीमाथि गत वर्ष पुस १५ गते आफ्नै घरको भान्सामा सेलरोटी पकाइरहेकी श्रीमतीमाथि तातो तेल खन्याएको आरोप छ। घटनामा पीडित महिलाको अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घटना लगत्तै फरार भएका भट्टलाई प्रहरीले लामो खोजीपछि पक्राउ गर्न सफल भएको जनाएको छ।कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार पक्राउ परेका भट्टविरुद

    • प्रकाशित मितिः असार ७, २०८३
    • 100 पटक पढिएको
  • नेपालमा योगको व्यापक प्रचार छ तर नागरिकले पूर्ण लाभ लिन सकेनन्: मुख्यसचिव अर्याल

    काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्यालले योगको महत्वबारे व्यापक प्रचार–प्रसार भएपनि आम मानिसले अझै पूर्ण लाभ लिन नसकेको बताएका छन् ।१२औँ विश्व योग दिवसका अवसरमा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा बोल्दै नेपाल सरकारले राष्ट्रिय स्तरमा ध्यान दिवस, योग दिवस तथा अन्तर्राष्ट्रिय दिवसहरूलाई राष्ट्रव्यापी उत्सवका रूपमा मनाउने परम्परा विकास गरेको बताए । उनले भने, ‘वर्तमान समयमा योगको धेरै प्रचार प्रसार हुँदा पनि जनमानिसले यसबाट पुनःलाभ लिन सकिरहेका छैनन् । यसै परिपेक्षमा सरकारले राष्ट्रिय स्थिरमा ध्यान दिवस, योग दिवस साथै अन्तर्राष्ट्रिय दिवस वा राष्ट्रिय उत्सव मनाउने परम्परा स्थापित गरेक

    • प्रकाशित मितिः असार ७, २०८३
    • 167 पटक पढिएको
  • सङ्खुवासभामा पहिरोका कारण ३ परिवार विस्थापित

    काठमाडौं। लगातारको वर्षाले पूर्वी पहाडमा विपत्ति निम्त्याउन थालेको छ। सङ्खुवासभामा पहिरोले घरमात्र होइन, किसानका सपनासमेत पुरिदिएको छ। तीन परिवार घरबारविहीन बनेका छन् भने धान रोप्ने तयारीमा रहेका खेतहरू पहिरोले बगाएको छ।  सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ धुपु। शनिबार रातिदेखिको अविरल वर्षापछि पहिरो खस्यो। केही मिनेटमै पहिरोले धनबहादुर विश्वकर्माको घर पछाडिको भाग भत्काइदियो। घर जोखिममा परेपछि चार सदस्यीय परिवार रातारात सुरक्षित स्थानमा सारियो।यही पहिरोका कारण छिमेकी शान्तिराम पोखरेलको घरसमेत उच्च जोखिममा परेको छ। सम्भावित ठूलो दुर्घटना टार्न स्थानीय प्रशासनले दुवै परिवारलाई घर छाड्न आग्र

    • प्रकाशित मितिः असार ७, २०८३
    • 165 पटक पढिएको
  • अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौँडा आउने, सुरक्षा व्यवस्था कडा

    हेटौँडा । स्वर्णिम वाग्ले आज हेटौँडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौँडाको आफ्नै नवनिर्मित भवनको उद्घाटन तथा शुभारम्भ कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वाग्ले हेटौँडा आउन लागेका हुन् । अर्थमन्त्रीको भ्रमणलाई लक्षित गर्दै जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सुरक्षा निकायले आवश्यक सुरक्षा प्रबन्ध मिलाएका छन् । कार्यक्रमस्थल तथा आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको जनाइएको छ ।नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन उद्घाटनसँगै बैंकिङ सेवा थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • 162 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं— आइतबार सुनको मूल्य सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।आज एक तोला सुनको मूल्य २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।सुनसँगै आज चाँदी पनि महँगिएको छ । चाँदी ५० रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ६९० रुपैयाँ पुगेको छ । 

    • प्रकाशित मितिः असार ७, २०८३
    • 440 पटक पढिएको
  • गगन थापा रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन जाँदै

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।रास्वपाले उद्घाटन समारोहमा शुभकामना मन्तव्यका लागि विपक्षी दलका नेताहरूलाई निमन्त्रणा दिएको छ ।थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार उनी आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा हुने उद्घाटन सत्रमा सहभागी हुनेछन् ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • 428 पटक पढिएको
  • ट्राफिक कारबाहीमा एकै दिन चार लाख ९४ हजार राजस्व सङ्कलन

    काठमाडौं— ट्राफिक प्रहरीले एकै दिन एक हजार ७८२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा चार लाख ९४ हजार राजस्व दाखिला भएको छ ।मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।यसैगरी, लेन’ अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी बाटोमा सवारी चलाउने ६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १४१ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • 426 पटक पढिएको
  • इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा, क्षेत्रीय तनाव थप चुलियो

    तेहरान— इरानले विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली सैन्य आक्रमण तथा युद्ध अन्त्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न अमेरिकाले असफल भएको आरोप लगाउँदै तेहरानले उक्त निर्णय सार्वजनिक गरेको हो।इरानी विदेश मन्त्रालयका अनुसार अमेरिका पूर्व सहमतिप्रति पूर्ण रूपमा प्रतिबद्ध नभएसम्म क्षेत्रको अवस्था सामान्य हुन नसक्ने जनाएको छ। यसअघि अमेरिका र इरानबीच भएको अन्तरिम समझदारीपछि होर्मुज स्ट्रेट सञ्चालनमा आएको थियो, तर पछिल्लो घटनाक्रमले उक्त सहमति नै संकटमा परेको संकेत गरेको छ।उता, दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा दुई बालबाल

    • प्रकाशित मितिः असार ७, २०८३
    • 479 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.