सिरहा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको नयाँ नेतृत्व चयन भएको छ। सम्पन्न निर्वाचनबाट विश्वप्रसाद अर्याल अध्यक्षमा निर्वाचित भएका छन्।अर्यालले २४२ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी उत्सव इटेनीलाई पराजित गरेका हुन्। इटेनीले ११३ मत पाएका थिए।
वरिष्ठ उपाध्यक्षमा चतुर्भुज सरिया अग्रवाल, प्रथम उपाध्यक्षमा श्यामबाबु रौनियार निर्वाचित भएका छन्। यस्तै महासचिव, कोषाध्यक्ष, सचिव र सह–सचिवसहितका अधिकांश पदमा निर्विरोध चयन भएको छ।
देशभरका विभिन्न क्षेत्रबाट कार्यकारी सदस्य र प्रदेश संयोजक समेत चयन भएसँगै एशोसिएसनले पूर्ण नेतृत्व पाएको छ। नवनिर्वाचित नेतृत्वले पेट्रोलियम व्यवसायीका समस्या समाधान, व्यवसायिक अधिकार संरक्षण तथा संस्थाको सुदृढीकरणलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।





































