काठमाडौं— आइतबार सुनको मूल्य सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।
आज एक तोला सुनको मूल्य २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदी पनि महँगिएको छ । चाँदी ५० रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ६९० रुपैयाँ पुगेको छ ।





































