काठमाडौं । मनसुनजन्य विपद्को जोखिम बढ्दै जाँदा सशस्त्र प्रहरी बलले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। बाढी, पहिरो र डुबानजस्ता विपद्का बेला उद्धार टोली छिटो परिचालन गर्न कठिन मानिएका क्षेत्रको पहिचान गरी यी बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।प्रदेशगत रूपमा कोशीमा ६, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिममा ८ वटा अस्थायी बेस सञ्चालनमा ल्याइएको छ। यसअघि नै सशस्त्र प्रहरीले धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलाली गरी १६ जिल्लाम
बाजुुरा । बाजुराका ९ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन ।आगामी आर्थिक बर्ष २०८३ र ८४ का लागि ९ बटै स्थानीय तहले बजेट ल्याएका हुन् । ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको बाजुरा जिल्लामा सबै पालिकाले जनमुखी बटेज ल्याएका छन् । सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै ५१ करोड ६९ लाख १९ हजारको बजेट ल्याएको छ । नगरपालिकाले ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार समृद्ध बडिमालिकाको प्रमुख आधार’ भन्ने मुल नारा सहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३।८४ का लागि कुल ५६ करोड ५७ ल
धनगढी । कैलालीको गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ । एकजना छर्रा लागेर घाइते भएका छन् । मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा सैनिक हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए। उपचारका लागि लम्कीस्थित अस्पताल पुर्याइए पनि उनको ज्यान बचाउन नसकिएको प्रहरीले जनाएको छ।घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको हात र शरीरका विभिन्न भागमा छर्रा लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठ
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै पीडित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको भन्दै बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनरत विद्यार्थिहरुले नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको बताएका छन् । रिटोटलिङ र रिचेकिङको शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको उनीहरुको भनाई छ । सहभागी विद्यार्थीहरुले नतिजाप्रति असन्तुष्टि जनाउँदै गर्दा यसको जवाफ सरकारले नदिएको भन्दै जवाफ माग गरेका छन् ।
बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका नौं वटै स्थानीय तहमा अहिले धमाधम कामकाज जारी छ । अहिले स्थानीय किसाहरुको खेतबाट सुरु भएको समय साँझसम्म खेतबारीमै हुने गर्छ । स्थानीय परिवेश,परम्परा र ग्रामिण परिवेशको यथार्थ झल्को यहाँका विभिन्न खेतबारीमा देख्न सकिन्छ।महिला र पुरुष दुबै मिलेर असारे रोपाईँलाई अघि बढाउँदै आएका छन् । पुरुषहरु हलि बाउस्या जमिन जोत्दै, गोरु डोर्याउँदै र कोदालीका साथ धपधपे हिलोमा व्यस्त छन् । अर्कातिर महिलाहरु रोप्न्यारी बीउ गाड्ने,रोप्ने काममा व्यस्त छन् । न भोक,न
रामेछाप । रामेछाप जिल्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । जिल्लाका– नगरपालिका मन्थली र रामेछाप नगरपालिका तथा ६ गाउँपालिका–लिखुतामाकोशी, गोकुलगंगा, उमाकुण्ड, दोरम्बा शैलुङ, सुनापति र खाँडादेवीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सुशासनलाई केन्द्रमा राखेर बजेट ल्याएका हुन् । स्थानीय तहहरूले सार्वजनिक गरेका बजेटअनुसार जिल्लामा विकास निर्माण, आधारभूत सेवा विस्तार, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र उद्यमशीलता विकासलाई विशेष प्राथमिकता दिइएको छ । अधिकांश स्थानीय तहले अधुरा योजनाको निरन्तरता, व
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। सडक पेटीमा जीविकोपार्जन गर्दै आएका उनीहरूले विभिन्न सरकारी निकायबाट धरपकड र जबरजस्ती हटाउने प्रयास भएको भन्दै आन्दोलन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागी रोजिता ऐरले सरकारले आफूहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग गरिन्। उनले क्षमता र सीप हुँदाहुँदै पनि बाध्यतावश सडकमा उत्रिनुपरेको बताइन्। उनले भनिन्, ‘सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी हामीलाई दिनुप¥यो। हामी यहाँ सडकमा यसरी आउनुपर्ने बाध्यता हो। सरकारले चाँडोभन्दा चाँडो हाम्रो कुरा सुनोस
काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी तथा भूमिहीन परिवार यतिबेला गम्भीर अन्योलमा परेका छन्। सरकारले पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरूले सुरक्षित बसोबासको सुनिश्चितता माग गरेका छन्।प्रति परिवार २५ हजार रुपैयाँ दिएर बाहिरिन भनिए पनि सुकुम्बासीहरूले ‘त्यो पैसाले घर कहाँ बन्छ ?’ भन्दै प्रश्न गरेका छन् । राधास्वामी सत्संग परिवारले सरकारलाई अपिल गर्दै स्थायी व्यवस्थापन नभएसम्म वैकल्पिक बसोबासको व्यवस्था गर्न माग गरेको छ। उनीहरूले विकल्प नदिई हटाइए फेरि पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्।वर्षौंको संघर्षपछि
काठमाडौं— सर्वोत्तम पेन्ट्स उद्योग लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ । गोलाप्रथा विधिबाट ७० हजार ५५० जना आवेदकले १०(१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।कम्पनीको जारी पुँजी ३४ करोड रुपैयाँ रहेको छ । उक्त जारी पुँजीको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।कुल सार्वजनिक निष्कासनमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो। त्यसैगरी २ प्रतिशत अर्थात् १७ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगा
काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा। उमेश दाहालका अनुसार हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि भए पनि पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएको छ । उनका अनुसार देशभरका प्रयोगशालामार्फत नियमित निगरानी र नमुना परीक्षण भइरहे पनि काठमाडौं उपत्यकाबाहेक अन्य क्षेत्रमा हाल नयाँ संक्रमण पुष्टि भएको छैन । अहिले विभागको मुख्य ध्यान उपत्यकाभित्र संक्रमणलाई चाँडो नियन्त्रण गर्नेमा केन्द्रित रहेको उनले बताए ।डा. दाहालका अनुसार हालसम्म साना–ठूला गरी करिब ८० भ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.