समाचार

    Showing 9,951-9,960 of 19,687 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।मधेश प्रदेश,बाग्मती प्रदेश र कर्णाली प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको भईरहेको छ ।आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्था

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • 315 पटक पढिएको
  • विपक्षी दलहरूले दिए प्रधानमन्त्रीलाई चेतावनी, बुझाए ज्ञापनपत्र

    काठमाण्डौ । विपक्षी दलहरूले दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरूले सरकार टिकाउन दुई दलीय तानाशाही लादन तथा अन्य दलहरूलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्न चेतावनी दिएका हुन् ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच दलका नेताहरू सोमबार साँझ प्रधानमन्त्री निवास वालुवाटार पुगी सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् ।प्रधानमन्त्री ओली समक्ष बुझाइएको ज्ञा

    • प्रकाशित मितिः कार्तिक ६, २०८१
    • 285 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । लुम्बिनी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भईरहेको छ ।आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भाग भू-भागका केहि स

    • प्रकाशित मितिः कार्तिक ६, २०८१
    • 247 पटक पढिएको
  • सिन्धुली–रामेछाप जोड्ने खुर्कोटस्थित सुनकोशीमा बेलिब्रिज हाल्ने काम सकियो

    काठमाडौं— नेपाली सेनाले सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सकेको छ । गएको असोज १२ गतेको बाढीले पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज हालेको हो ।बिहान बेलिब्रिजको काम सकेको र अब भारवहन क्षमता जाँच गरेर एक/दुई दिनभित्रै गाडी चलाउन खुल्ला गर्ने सेनाले जनाएको छ । पैदल यात्रुहरु भने पुलबाटै वारपार गर्न थालेका छन् । रामेछापतर्फको पिल्लरको जगमा सडक डिभिजनले रिटेनिङ वाल र तारजाली भर्ने केही काम बाँकी रहेको छ ।त्यो काम पनि चाँडै सकिने सडक विभागले जनाएको छ । सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने सुनकोशी नदीको एक सय मिटर लामो पुलको रामेछापतर्फको ५१ मिटर

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 361 पटक पढिएको
  • संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत— प्रधानमन्त्री ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यू दया ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन्।‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौँ लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।’, इन्द्र जात्राजस्ता पर्वहरूमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृत

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 332 पटक पढिएको
  • सरकार गठन भएको सय दिन पुगेपछि विरोधका कार्यक्रम थाल्छौँ— प्रचण्ड

    काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन्। प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पुष्टि गरेको दावी गरे।प्रचण्डले भने, ‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाईंहरूले सबै देखिरहनुभएको छ।'‘मेरो ने

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 422 पटक पढिएको
  • संसद सचिवालयले भारतसँग माग्यो ३८ वटा कार

    काठमाडौं— संघीय संसद सचिवालयले भारत सरकारसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागेको छ । संसद सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरेको हो ।भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तीका लागि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ ।संसद सचिवालयका अधिकारीहरू भारत सरकारबाट सहयोग प्राप्त हुने विश्वास रहेकाले गृहकार्य अगाडि बढेको बताउँछन् ।संसद सचिवालयका प्रवक्ता एकराम गिरी संसद सचिवाललयका पदाधिकारी र कर्मचारीका लागि आवश्यक सावारी साधनका लागि समन्वय भएको बताएकाछन् ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 408 पटक पढिएको
  • सुनसरीको वराहक्षेत्रमा कार दुर्घटना

    सुनसरी  ।   सुनसरीको वराहक्षेत्र नगरपालिका वडा  नं १ को झण्डी चौक अगाडि करम खोला छेउमा कार दुर्घटना भएको छ। बागमती प्रदेश ०१-०२७ च ६०६९ नम्बरको क्रेटा सेतो कार चिप्लिएर घर को ट्वाइलेटमा ठोक्किएर  उत्तानो परेको छ। कारमा सवार एकै परिवारका ४ जना घाइते मध्ये १ जनाको अवस्था चिन्ताजनक देखिएको  छ । घाइते ४ जनालाई उपचारको लागि वि पी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले बताएको  छ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 389 पटक पढिएको
  • प्रधानमन्त्री अ‍ोलीले बोलाए मन्त्रिपरिषद्को बैठक, दल विभाजनसम्बन्धी अध्यादेश आउनसक्ने

    काठमाण्डौ  ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ ५ बजे  मन्त्रिपरिषद्को  बैठक बस्दै छ। बैठकका एजेन्डाबारे जानकारी गराइएको भने छैन।आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने बुझिएको छ। प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेस लगायतका दलसँग छलफल अघि बढाइसकेका छन्। प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनको लागि दशैंअघि नै जोड गरेका थिए।कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा असहमति राखेपछि अध्यादेश ल्याईन केही ढिलाई भएको थियो । योबीचमा कांग्रेस सभापति देउवाकै मागबमोजिम सरकारले रास्वपाका स

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 390 पटक पढिएको
  • झापाको भद्रपुरमा म्याजिक भ्यान दुर्घटना

    भद्रपुर  ।  बिर्तामोडबाट बनियानी जाँदै गरेको म्याजिक भ्यान भद्रपुरको झिलिमिली पुलबाट करिब २०० मिटर दक्षिणतर्फ दुर्घटना भएको छ। दुर्घटनामा भ्यान सवार ७ जना घाइते घाईते भएका छन। आइतबार साँझ बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको मे १ ज ३६५७ नम्बरको म्याजिक आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।घाइते हुनेहरुमा कचनकवल –६ बस्ने वर्ष ३७ की कुन्ती दाहाल, भद्रपुर नगरपालिका –२ बस्ने वर्ष ३६ की बेबी मगर, सोही ठाउँ बस्ने वर्ष ३४ की भिमा गुरुङ, वर्ष १८ की सुनो लिम्बू, वर्ष २९ की समीक्षा तामाङ, वडा नं ३ बस्ने वर्ष ३० की एलिजा गुरुङ, वडा नं १ बस्ने वर्ष ४७ का गाडी धनी भीमकुमार लिम्बू रहेका छन् ।

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 397 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा