समाचार

    Showing 9,811-9,820 of 9,922 items.
  • सार्वजनिक जग्गा संरक्षणमा युवा

    काठमाडौँ / खेतीयोग्य जमीनमा धमाधम प्लटिङ गर्ने र सार्वजनिक जग्गालाई पनि त्यहीँभित्र पारेर मास्न थालेपछि गोकर्णेश्वर नगरपालिका –२ का युवा संरक्षणमा जुटेका छन् ।  नगरपालिकाको समेत सहयोग लिएर युवाले सार्वजनिक जग्गालाई तारबारले घेर्न थालेका हुन् । युवाले देउवाली चौर संरक्षण समिति गठन गरेर नगरपालिकाको २ नं वडा नयाँपाटीस्थित ढुङ्गेचौरको एक रोपनी छ आना जग्गा संरक्षण गरेका हुन् । नक्शामा नयाँपाटी–४ ९क० कित्ता नं ६० मा एक रोपनी नौ आना जग्गा भए पनि वरिपरिबाट मिचेको पाइएको समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिएका छन्। सार्वजनिक जग्गा संरक्षण गर्दा सडकका लागि नौ फिट जग्गा छाडिएको समित

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 60 पटक पढिएको
  • बेलौरी छोटी भन्सार स्तरोन्नतिको माग

    कञ्चनपुर / व्यवसायीले बेलौरी छोटी भन्सार कार्यालयको व्यवसायीले स्तरोन्नतिको माग गरेका छन् । भन्सार कार्यालयको स्तरोन्नतिको कार्य भए यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि भई आर्थिक, सामाजिक र धार्मिक गतिविधि बढ्ने सम्भावना रहेको छ ।छोटी भन्सार कार्यालयमा हाल न्यून मात्रै राजस्व सङ्कलन हुँदै आएको छ । भन्सार कार्यालयको स्तरोन्नतिसँगै कर्मचारीको व्यवस्था गरिए लाखौँको राजस्व सङ्कलन हुने देखिन्छ । छोटी भन्सार कार्यालय पुनःस्थापनासँगै स्तरोन्नति गर्ने उद्देश्यले वि. सं. २०७५ मङ्सिरमा काठमाडौँमा भएको नेपाल–भारत दुवै देशका भन्सार विभागको उच्चस्तरीय  प्रतिनिधिमण्डलको दुई दिवसीय भेलाले बेलौरी छोटी

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 49 पटक पढिएको
  • गैँडाकोटमा ११ करोड लगानीमा होटल सञ्चालन

    नवलपरासी / नवलपरासीको गैँडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । तीनतारे गुणस्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित गैँडाकोटमा ११ करोड रुपैयाँ लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो । होटल व्यवसाय र चलचित्र क्षेत्रमा समेत काम गर्दै आएका दुई युवाले होटल सञ्चालनमा ल्याएका हुन् । बाह्र वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका राम गैरे तथा १० वर्षदेखि होटल सञ्चालन गर्दै आएका चलचित्रकर्मी धु्रव न्यौपानेको लगानीमा होटल सञ्चालनमा आएको हो । गैरेको जापानमा चार तथा नेपालमा दुईवटा होटल सञ्चालनमा छन् ।यसअघि धवलागिरि फिल्म हल रहेको भवनलाई व्यवस्थित गर्दै ११ करोड र

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 66 पटक पढिएको
  • आज फागु पूर्णिमा, सुरक्षा अपनाएर घरमै मनाउन आग्रह

    बिर्तामोड (रासस) फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।  सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन। विगत वर्ष जस्त

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 27 पटक पढिएको
  • अन्तरराष्ट्रिय विमानस्थलमा दुई दिनदेखि उडान प्रभावित

    काठमाडौँँ / प्रतिकूल मौसमका कारण दुई दिनदेखि त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।विमानस्थलबाट बिहान प्रस्थानतर्फ केही उडान भए पनि अहिले यान्त्रिक पद्धत्ति (आइएफआर) बाट मात्रै उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार विमानस्थलमा भिजिबिलिटी कम हुँदा अहिले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैतर्फ आइएफआर उडान मात्रै भइरहेको छ । यसअघि शुक्रबार बिहान केही सङ्ख्यामा उडान भए पनि

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 77 पटक पढिएको
  • १२ हजार युवालाई स्वरोजगार बनाइँदै

    काठमाडौँ / युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो । आर्थिक अभावका कारणले स्वरोजगार बन्न नसकेका युवालाई कोषले दुई लाख रुपैयाँ सहुलियत दरमा ऋण उपलब्ध गराउने गर्दछ ।  कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी–कर्णाली इकोनोमिक करिडोर कार्यक्रम, काठमाडौँ उपत्यकाका स्वरोजगार कार्यक्रम र तराई–मधेश स्वरोजगार जस्ता नयाँ पाँच कार्यक्रम सञ्चालन गरेर १२ हजार युवालाई स्वरोजगार बनाउन थालिएको कोषका का

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 51 पटक पढिएको
  • अठ्ठाइस मुद्दाका ४० पक्राउ

    चितवन / चालू आर्थिक वर्षको चैत १० गतेसम्म वन्यजन्तुसम्बन्धी विभिन्न मुद्दाका ४० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको डिभिजन वन कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार २८ वटा मुद्दामा उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाइएको र ती मुद्दामा संलग्न रहेकामध्ये १० जना फरार रहेको उनले बताएका छन् । वन्यजन्तुसम्बन्धी मुद्दा दुई र वन पैदावारसम्बन्धी २६ मुद्दा दर्ता भएको उनले बताए । पक्राउ परेकाबाट १६ सवारीसाधन, ८४४ दशमलव २९ क्युफिट काठ बरामद गरिएको छ । सवारीसाधनमा बोलेरो, अटो, मोटरसाइकल, रिक्सा बरामद भएका छन् । सोही अवधिमा  एक हजार १०३ दशमलव ५

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 40 पटक पढिएको
  • बेनी–जोमसोम सडक यातायात बन्द

    म्याग्दी / विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्लाको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ । उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा चार दिन सवारी सञ्चालन बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही चैत ९ गते प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चैत १७ गतेसम्म सवारी आवतजावत रोकेर सडक विस्तार र स्तरोन्नतिको काम गर्ने

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 26 पटक पढिएको
  • पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्षमा परियार

    काठमाडौँ / नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत  चयन भएका छन् । शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र  निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार  निर्वाचनको तालिका  तोकिएको थियो । शाखामा ५९ साधारण सदस्य छन् । कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जङ्गम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इ

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 36 पटक पढिएको
  • पर्यटनलाई प्रवद्र्धन गर्ने रणनीतिक योजनाको मस्यौदामाथि छलफल

    पोखरा / पोखराको पर्यटनलाई ब्राण्डिङसहित प्रवद्र्धन गर्न आवश्यक तत्कालीन एवं अल्पकालीन रणनीतिका बारेमा तयार गरिएको मस्यौदामाथि सरोकारवालाबीच बृहत छलफल गरिएको छ । पोखरा महानगरपालिका शहरी योजना आयोग र सृदृढ परियोजनाको सहकार्यमा पर्यटन पुनरुत्थान रणनीतिक योजनासम्बन्धी कार्यशाला गोष्ठीमा कोभिड–१९ को असरसँगै पर्यटन क्षेत्रमा देखिएका चुनौतीलाई चिर्दै आर्थिक–सामाजिक रुपान्तरणका लागि पर्यटनको दिगो विकासबारेमा सरोकारवालाबीच छलफल गरिएको हो ।पर्यटनविज्ञ एवं वन क्याम्पस पोखराका उपप्राध्यापक श्रीकान्त खतिवडाले लामो समयको अध्ययनपश्चात तयार गरेको पर्यटन पुनरुत्थान रणनीतिक योजना मस्यौदा प्रस्तुत गरेका थिए । मस

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 45 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा