समाचार

    Showing 9,761-9,770 of 25,705 items.
  • दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

    चितवन— मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ ।विगत केही दिनयता वर्षाका कारण सो सडकखण्डको तुइनखोलासँगै विभिन्न स्थानमा पहिरो खसेको थियो । जसका कारण यात्रुले लामो समयसम्म सास्ती बेहोर्नु परेको थियो ।सडक खुलेसँगै चितवन, काठमाडौँ र पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 471 पटक पढिएको
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय, पेरिसडाँडामा बिहान ९ बजे बस्न लागेको हो ।हिजो पहिलो दिनको बैठक भने तनावपूर्ण बनेको थियो । नेताहरू भ्रष्ट भएकै कारण माओवादी पार्टी कमजोर बनेको विषय उठेपछि बैठकमा हात हालाहालको स्थिति निम्तेको थियो । 

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 532 पटक पढिएको
  • नौ भाषाका १४ स्रष्टालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले वर्ष २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।यस क्रममा वनस्पतिशास्त्री वैज्ञानिक स्रष्टा डा. तिर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, झर्रोवादी आन्दोलनका हस्ती प्रा.चूडामणी रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, भोजपुरी भाषाका अग्रणी स्रष्टा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, संस्कृत वाङ्गमयका अग्रणी स्रष्टा प्रा

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 578 पटक पढिएको
  • नेपाल प्रहरीमा नयाँ भर्ना खुला, १५ सयभन्दा बढी पदमा दरखास्त माग

    काठमाडौं— नेपाल प्रहरीले विभिन्न पदका लागि भर्ना खुला गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै १,५९४ जनाको नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको हो।जारी सूचनाअनुसार, प्रहरी जवानतर्फ १,५५३ जना, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलकुदतर्फ १५ जना खेलाडीको दरबन्दी खुला गरिएको छ।प्रहरी जवान पदका लागि आवेदन दिन चाहने व्यक्तिले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा आठ कक्षा पास गरेको हुनुपर्नेछ। कार्यालय सहयोगी ९हजाम तथा कुचीकार० का लागि सामान्य लेखपढ गर्न सक्ने योग्यता तोकिएको छ।इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गत

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 484 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस मनाइँदै

    काठमाडौं— आज अन्तर्राष्ट्रिय आणविक निःशस्त्रीकरण दिवस आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा मनाइँदैछ । सन् २०१३ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घका अनुसार आज पनि विभिन्न देशमा करिब १२ हजार २४१ आणविक हतियार बाँकी छन् । यद्यपि विश्वव्यापी आणविक निःशस्त्रीकरणका निम्ति राष्ट्रसङ्घीय महासभामा सन् १९४६ मा पहिलो प्रस्ताव पेस भएको थियो ।छ।

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 680 पटक पढिएको
  • बाजुराको गौमुल गाउँपालिका अम्लिसमा फोरजी सेवा सञ्चालन

    बाजुरा— बाजुराको गौमुल गाउँपालिका वडा नम्बर १ अन्तर्गत अम्लिस, अन्द्राडी, माडी, दुर्गाली तथा वडा नम्बर २ का विभिन्न गाउँहरूमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ ।थुप डाँडामा निर्माण गरिएको नयाँ टेलिकम टावरमा आवश्यक उपकरण, सोलार प्यानल, ब्याट्री तथा विद्युत आपूर्ति प्रणाली जडान भएपछि सेवा सञ्चालनमा ल्याइएको हो । फोरजी सेवा सञ्चालनमा आएपश्चात् सञ्चार क्षेत्रमा ठूलो सहयोग पुगेको माडीका स्थानीय जनक बोहराले बताए । अहिले गाउँमा नियमित फोन र फोरजी सेवा सञ्चालन हुँदा स्थानीयलाई टाढाटाढा रहेका आफ्ना आफन्तजनहरुसंग कुराकानी गर्न सहज भएको बोहराले बताए ।भौगोलिक विकटता र प्राविधिक चुनौतीका कारण सेव

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 616 पटक पढिएको
  • हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

    हेटौंडा— दशैं नजिकिँदै गर्दा मकवानपुरको हेटौंडामा रहेको खसी बजारमा मूल्य आकासिँदै गएको छ भने माग भने विगतका वर्षको तुलनामा कम देखिएको छ । व्यापारीहरूले तोकेको मूल्यभन्दा दोब्बरमा खसी बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ ।दसैँ सुरु भए पनि हेटौंडा बजारमा खसीबोकाको माग धेरै बढ्न नसकेको व्यवसायीहरूको भनाइ छ । मकवानपुरका गाउँगाउँमा तथा हेटौंडा बजार क्षेत्रका बसपार्क, चौकिटोललगायत स्थानमा राखिएका खसीबोकामा पनि पहिलेका जस्ता उत्साहजनक किनबेच हुन सकेको छैन । खसी बोकाको व्यापार गर्दै आएका स्याम यादवका अनुसार चाडपर्व नजिकिँदा पनि सोचे जस्तो कारोबार हुन नसकेको हो ।व्यवसायीहरूले खसी–बोकाको मूल्य गत वर्षक

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 528 पटक पढिएको
  • चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बाजुरामा कार्यरत कर्मचारीले बुझाए ज्ञापनपत्र

    बाजुरा— जिल्ला अस्पताल बाजुरामा कार्यरत करार कर्मचारीहरुले तत्काल चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।बिहीबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।अस्पतालमा कार्यरत सम्पूर्ण करार कर्मचारीहरुले चाडपर्व भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।नेपाल श्रम ऐन ०७४, नियमावली ०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन ०७६ दफा ८२ मा करार सेवाका कर्मचारीहरुलाई पनि चाडपर्व भत्ता पाउने हक हुन्छ

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 777 पटक पढिएको
  • आज बडादशैंको पाँचौँ दिन: स्कन्दमाताको पूजा गरिँदै

    काठमाडौं— बडादशैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैंघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 505 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको र बाँकी भूभागका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशको पहाड

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 334 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.