काठमाडौं— नेपाल प्रहरीले विभिन्न पदका लागि भर्ना खुला गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै १,५९४ जनाको नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

जारी सूचनाअनुसार, प्रहरी जवानतर्फ १,५५३ जना, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलकुदतर्फ १५ जना खेलाडीको दरबन्दी खुला गरिएको छ।

प्रहरी जवान पदका लागि आवेदन दिन चाहने व्यक्तिले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा आठ कक्षा पास गरेको हुनुपर्नेछ। कार्यालय सहयोगी ९हजाम तथा कुचीकार० का लागि सामान्य लेखपढ गर्न सक्ने योग्यता तोकिएको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएका केन्द्रहरूमा आफैँ उपस्थित भई दरखास्त दिन सक्नेछन्।

जवान, हजाम र कुचीकार पदका लागि सातवटै प्रदेशका प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरहरूमा दरखास्त दिन सकिनेछ।

खेलाडी पदका लागि भने दरखास्त राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, काठमाडौं मा मात्र बुझाउन सकिने प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले निष्पक्ष र पारदर्शी भर्ना प्रक्रिया अपनाउने प्रतिबद्धता जनाउँदै योग्य युवाहरुलाई समयमै दरखास्त दिन आह्वान गरेको छ।