काठमाण्डौ । नेकपा एकीकृत मालेका नेता ऐन महरद्वारा पीडित भनिएकी एक महिलाले उच्च अदालत पाटन परिसरमा आत्मदाहकाे प्रयास गरेकी छिन्।ऐन महरलाई पक्राउ गर्न माग गर्दै उनले शरीरमा पेट्राेल छर्किएर आत्मदाहकाे प्रयास गरेकी हुन्। उक्त प्रकरणमा महरलाई पक्राउ गरेर छानबिन गर्नुपर्ने माग गर्दै ती महिलाले उच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन्। करिब वर्षदिन देखि उक्त मुद्धा पेशी चढ्दै स्थगित हुने गरेको थियो। बुधबार फेरि फेशी चढेको मुद्धा स्थगित नहोस् भन्ने दबाब दिन पाटन पुगेकी ती महिलाले आत्मदाहको प्रयास गरेकी हुन्।
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १३ असारी स्थित दनुवारी चोकमा ट्रयाक्टर र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालक महादेव चौधरीको मृत्यु भएको छ। सो मोटरसाईकलमा सवार उनका दुई छोराहरु, दिवाकर (१५ वर्ष) र कृष्ण (१० वर्ष), घाईते भएका छन्।दुर्घटनापछि प्रहरी टोलीले घटनास्थलमा पुगेर घाईतेलाई जिल्ला अस्पताल उदयपुर ल्याएको थियो। महादेव चौधरीलाई मृत घोषित गरिएपछि उनका छोराहरुलाई प्रारम्भिक उपचारपछि विराटनगरको न्यूरो अस्पताल रेफर गरिएको छ।प्रहरीले ट्रयाक्टर चालक राजन बोटे र सह-चालक अनिल सदालाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न ट्रयाक्टर र मोटरसाईकल प्रहर
काठमाडौं— उपत्यकाका सडक र खोला किनारका बासिन्दाले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् ।भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । काठमाण्डौको माइतीघरमा भेला भएर उनीहरूले नाराबाजी पनि गरेका छन् । उनीहरूले मापदण्डका नाममा उठीबास गर्न पाइँदैन, खोला मिच्न पाइँदैन भन्ने लगायतका प्ले कार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।
काठमाडौं— वैदेशिक रोजगारीमा हङ्गेरी र माल्टा पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका १२ बस्ने २१ वर्षीया रचना परियार र डोटीको बडीकेदार गाउँपालिका–२ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने २७ वर्षीय प्रकाशबहादुर रोक्का मगर रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।रचनाले वैदेशिक रोजगारीमा हङ्गेरी पठाइदिने भन्दै दुई जनाबाट १८ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी थिइन् । यस्तै प्रकाशले वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए ।द
काठमाडौं— भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथी पदको दर्जा प्रदान गरिएको छ ।शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका हुन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तिको सहभागिता थियो। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । पाँच दिने औपचारिक भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष द्विवेदी बुधबार काठमाडौं
काठमाडौं— न्याय परिषद् बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ। बिहीबारको परिषद् बैठकले उच्च अदालतका दुई न्यायाधीशको काज सरुवा र ११ वटा जिल्ला न्यायाधीशको सरुवा सिफारिस गरेको हो।जसअनुसार उच्च अदालत जनकपुरका न्यायाधीश किरण कुमार पोखरेललाई उच्च अदालत विरागनगर,इलाम इजलासमा काजमा पठाइएको छ। उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीश रेखा थापा पाण्डेलाई उच्च अदालत विराटनगर,इलाम इजलासमा सिफारिस गरेको छ।उच्च अदालत सुर्खेत,जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस गर्ने निर्णय गरेको छ। यसैगरी परिषद् बैठकले
चितवन— जाडो मौसम सुरु भए पनि चितवनसहित नेपालका विभिन्न स्थानमा बाहिरी देशबाट पाहुना चरा आउन थालेका छन् । अन्य देशमा धेरै जाडो बढेपछि चिसो छल्न नेपालमा चरा आएको चराविज्ञ डा. हेमसागर बरालले जानकारी दिए । धेरै जसो चरा आइसकेका र केही सङ्ख्यामा मात्र नेपाल आउन बाँकी रहेको विज्ञ बरालले बताए । यसरी नेपाल आएका चरा चितवन, शुक्लाफाँटा निकुञ्ज क्षेत्र, बर्दिया, पोखरा, हिमाली केही भाग, कपिलवस्तु, कोशी क्षेत्रलगायतमा आएको उनले बताए ।आगन्तुक चराका रूपमा आएका चरा नेपालमा केही समय बसेर पुनः फर्किने गरेका छन् । यसरी आउने चरामा हाँस प्रजातिका दुई दर्जनभन्दा बढी, पानीमा बस्ने प्रजातिका, खुट्टा लामो हुने प्र
काठमाडौं— ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार, नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको हो ।अहिले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा भ्रमणमा छन् । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध जनाउने गरेका छन् । त्यसक्रममा उनी पटकपटक
काठमाडौं— चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशत) ले बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब नौ अर्ब तीन करोड (२.३ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.० प्रतिशतले बढेको छ ।गत असोज मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्र
काठमाण्डौ । कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ ।अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.