मेष - ठूलो योजना छ भने अलिक पर्खनुहोस्। नजिकका मान्छेसँग मनमुटाव हुन सक्छ। मान्यजनको सल्लाह बेवास्ता नगर्नुहोस्, नत्र काम बिग्रन सक्छ।
वृष - जसरी पनि परिस्थितिसँग जुझेर अघि बढ्नु हुनेछ। व्यापारमा लाभ मिल्नेछ, पुराना समस्याहरू सुल्झने संकेत छन्। शुभचिन्तकको साथ पाइनेछ।
मिथुन - प्रभाव जमाउने समय हो। अघिल्लो मिहिनेतबाट धन लाभ हुने छ। रोकिएका काम अघि बढ्नेछन्। पढाइ र व्यापार दुवैमा फाइदाको संकेत छ ।
कर्कट - इच्छाशक्ति बलियो बन्नेछ, प्रयास सफल हुनेछन्। परिवारमा आत्मीयता बढ्नेछ। फुर्सदको घडी रमाइलो हुने सम्भावना छ।
सिंह - समयको सही उपयोग नगर्दा अवसर छुट्न सक्छ। दौडधुप धेरै तर प्रतिफल कम हुनेछ। योजना बनाउँदा सजग रहनु उत्तम हुनेछ।
कन्या - नयाँ आम्दानीको ढोका खुल्नेछ। साझेदारी लाभदायक हुनेछ। व्यवसायिक उचाइ चुम्न सकिनेछ। कर्मको सम्मान पाइनेछ।
तुला - आर्थिक फाइदा नभए पनि महत्वपूर्ण जिम्मेवारी आउन सक्छ। आत्मबल प्रयोग गरे सामाजिक रूपमा चम्किने समय छ।
वृश्चिक - साथीहरूको साथमा अड्किएका काम बन्नेछन्। दीर्घकालीन लाभका लागि आजको मिहिनेत महत्वपूर्ण हुनेछ।
धनु - काममा समय लाग्नेछ, यात्रा पनि हुन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ। धैर्यले सफलता दिलाउनेछ।
मकर - पढाइ, व्यापार र आम्दानी तीनैमा सुधार हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ । प्रतिस्पर्धा बिना अवसर प्राप्त हुने संकेत छ।
कुम्भ - कानुनी वा विवादास्पद मामिलामा सफलता। सानो प्रयासले ठूलो उपलब्धि दिलाउन सक्छ। सहयोगीहरूको साथ पाइनेछ।
मीन - प्रेम र पारिवारिक सम्बन्ध बलियो बन्नेछ। विद्यार्थीहरूका लागि समय अनुकूल छ। आर्थिक लाभ औसत रहनेछ।