समाचार

    Showing 9,611-9,620 of 9,921 items.
  • एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय

    पाँचथर / मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मङ्गलबार साँझ सप्तमीबजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।  आज बिहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले पुरानो सकेट बम निष्क्रिय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् । खिया लागेको पुरानो सकेट बम त्रास फैलाउने उद्देश्यसहित राखिएको हुन सक्ने प्रनाउ थापाको भनाइ थियो ।  स्थानीयवासीले सकेट बमसँगै हस्तलिखित पर्चासमेत फेला पा

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 28 पटक पढिएको
  • स्टिङ अपरेशन रोक्न सर्वोच्चको आदेश, चार सय मुद्धा खारेज

    काठमाडौं / सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन रोक्न आदेश दिएको हो । सर्वोच्चको यो आदेशसँगै स्टिङ अपरेशनका आधारमा दायर गरिएका झण्डै ४ सय मुद्दा खारेज हुने भएका छन् ।आयोगले सरकारी कार्यालयहरुमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो । त्यसविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै यस्

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 38 पटक पढिएको
  • दुर्घटनामा एकको मृत्यु आठ घाइते

    मकवानपुर / मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा एकको ज्यान गएको छ भने चार गम्भीरसहित आठ घाइते भएका छन् । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले सोही ट्रकले उछिन्दै गरेकोे ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार हेटौँडा–१९, गुम्बाडाँडाका ३० वर्षीय गुणसिंह वाइबाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार दुर्घटनामा शरीरका विभिन्न ठाउँमा चोटपटक लागेर घाइते भएका उदयपुरका २७ वर्षीय मुकेश परियारको हाल हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । आजै मकवा

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 38 पटक पढिएको
  • प्रदेशस्तरीय ‘तरुण सम्मेलन तथा प्रशिक्षण’ स्थगित

    काठमाडौँ  / नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रदेशस्तरीय तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगन गरेको छ । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले आज  विज्ञप्ति जारी गरी देशभर दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएकाले विभिन्न प्रदेशमा गर्न लागिएको तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगन गरिएको बताएका छन् ।  यही वैशाख १२ र १३ गते गण्डकी प्रदेशको पोखरा र जेठ १ र २ गते प्रदेश नं २ को बारामा प्रदेश सम्मेलन तोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आएर सामाजिक वातावरण सहज भएपछिे नयाँ मिति तोकेर प्रदेश सम्मेलन आयोजना गरिने दलले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 58 पटक पढिएको
  • घरगोठमा आगलागी

    दाङ / दाङमा आगलागीबाट छ वटा घरगोठ जलेर नष्ट भएको छ । घोराही उपमहानगरपालिका–२ चाक्लीघाटमा चार घर परिवारको छ वटा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष केशवराज आचार्यले जानकारी दिएका छन्। स्थानीय धनबहादुर वलीको गोठबाट शुरु भएको आगलागीले रत्नबहादुर वलीको घर, गोठ र पाँच वटा खसी जलेको छ । त्यस्तै कली वलीको घर, गोठ,  सुन्दर वलीको घर, गोठसहित १० वटा खसीबाख्रा र एउटा गोरु जलेको वडाध्यक्ष आचार्यले जानकारी दिएका छन् । आगलागी के कसरी भयो भन्ने खुल्न नसकेको उनको भनाइ छ ।  आगलागीले घरगोठमा रहेका सबै सामान जल्दा पीडित घरबारविहीन भएका छन् । अग्नी पीडित आफन्तको घरमा आश्रय लिएर बसेका छन् । उनीहरुका लागि

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 29 पटक पढिएको
  • कोरोना सङ्क्रमणबाट मृत्यु

    गोरखा / गोरखा नगरपालिका–१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिएका छन् ।  “बिहान करीव ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ”, वडाध्यक्ष खड्काले भने, “मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका सदस्य अस्पताल पुगेका छन् ।” वैशाख ४ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भरतपुर लगिएका ती पुरुषमा सोमबार मात्र कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।    भारतमा लामो समयसम्म रोजगारीका सिलसिलामा रहेका उनी

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 27 पटक पढिएको
  • नायिका केकी अधिकारीलाई कोरोना संक्रमण

    काठमाडौं / नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमण देखिएसँगै उनी अभिनित घिन्ताङ चलचित्रको छायाँकन पनि रोकिएको छ । संक्रमण देखिएसँगै अधिकारी होम क्वारेन्टिनमा छिन् ।

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 39 पटक पढिएको
  • लागुऔषधको कारोवारको जालो भत्काउन प्रहरी सक्रिय

    कञ्चनपुर / सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०÷७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्याङ्क पनि छ । चरेश, नाइट्रोभेटलगायतका लागुऔषधको कारोवारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेको विगतको तथ्यभन्दा यहाँ खैरो हिरोइन जस्तो उच्चकोटीको लागुऔषध सेवनकर्ता बढ्नुका साथै भारतबाट यसको आयात पनि बढेको प्रहरी भनाइ छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पछिल्लो केही समययता जिल्लामा लागुऔषधको कारोवारको जालो भत्काउन प्रहरी सक्रिय भएर लागेको बताएका छन् ।चालू आवको चैत महीनासम्मको

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 47 पटक पढिएको
  • न्यायिक समितिबाट ६७ मुद्दा फैसला

    हेटौँडा / हेटौँडा उपमहानगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये चालू आर्थिक वर्षको हालसम्म ६७  फैसला भएको छ । ती  मुद्दा मिलापत्र मार्फत टुङ्ग्याइएको हो । समितिमा विभिन्न किसिमका १३८  मुद्दा परेको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा फैसला हुन नसकेका १८  गरी सो समितिमा १५६  मुद्दा दर्ता भएका थिए  । तीमध्ये ६७ मुद्दा फैसला भइसकेको सो उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले जानकारी दिएका छन् ।  फैसला हुन बाँकी मुद्दामध्ये एउटा मुद्दा समितिले सम्बन्धित स्थानीय तहमा पठाएको छ भने तीन मुद्दाको सुनवाइका लागि जिल्ला अदालतमा पठाइएको न्यायिक समितिका

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 37 पटक पढिएको
  • व्यावसायिक योजना बनाएर आयआर्जन गर्नेको सङ्ख्यामा वृद्धि

    बिर्तामोड ( रासस) वैदेशिक रोजगारमा संलग्न खोटाङका ७६ प्रतिशत परिवारका सदस्यले व्यावसायिक योजना बनाएर आयआर्जन शुरु गरेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना ९सामी०ले गरेको सर्वेक्षणअनुसार वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यले आफ्नो घरमा योजना बनाएर विभिन्न व्यवसायबाट आयआर्जन शुरु गरेका हुन् ।परियोजनाले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षामा सहभागीमध्ये ८७ प्रतिशतले वित्तीय लक्ष्य तथा पारिवारिक बजेट बनाउने गरेको, ९७ प्रतिशतले आम्दानी र खर्चको हिसाब राख्न थालेको र ९१ प्रतिशतले बचत वृद्धि गरेको सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिएका छन

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 43 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा