काठमाण्डौ  ।   नेपाल राष्ट्र बैंकले आज असोज १७, शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बस्दा युरोपियन युरो, स्विस फ्रयाङ्क, सिंगापुर डलर, जापानी येनको मूल्य बढेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ केही घटेको छ। अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा छ। 

युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा कायम गरिएको छ।  यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ८२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ। 

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा कायम गरिएको छ। चिनियाँ युआनको भाउ भने स्थिर बसेको छ। अर्थात् आज पनि चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ। हिजो बिहीबार पनि यत्ति नै थियो। 

साउदी अरेबियन रियालको मूल्य पनि स्थिर बसेको छ। आज साउदी अरेबियन रियालको १ को खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा नै कायम छ। बिहीबार पनि यही थियो।  कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा कायम भएको छ। बिहीबार भने कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा थियो।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।