समाचार

    Showing 9,601-9,610 of 25,705 items.
  • बेलायतमा यहूदी प्रार्थनास्थलबाहिर आतंकवादी हमला, दुईजनाको मृत्यु

    काठमाडौं— बेलायतको म्यानचेस्टरमा बिहीबार एक यहूदी प्रार्थनास्थल (सिनागग) बाहिर आतंकवादी हमला भएको छ । यसमा दुई यहूदी नागरिकको मृत्यु भएको छ भने तीनजना गम्भीर रूपमा घाइते भएका छन् ।क्रम्प्सल भन्ने स्थानमा योम किप्पुर पर्वमा प्रार्थनाका लागि धेरै यहूदीहरू भेला भएका वेला आक्रमणकारीले उनीहरूमाथि कार चढाइदिएको र त्यसपछि गोली चलाउन थालेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।प्रहरीको कारबाहीमा आक्रमणकारीको मृत्यु भएको छ । योम किप्पुरको दिन यहूदीहरू आफ्ना विगतका गल्तीहरूको लागि माफी माग्छन् र प्रार्थना गर्छन् ।बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यो हमलालाई अत्यन्त डरलाग्दो भएको बताए । स्टार्मर बेलायतको आ

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 601 पटक पढिएको
  • तलेजु भवानीको पायो जात्रा सम्पन्न

     काठमाण्डौ  ।   बडादसैँँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा सम्पन्न भएको छ ।  एकादशीको दिन आज बिहान पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाउने परम्परा रहेको छ। बडादसैँको मध्यराति तलेजु आगम घर (मन्दिर)को खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलि पात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पायःद्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ । खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 353 पटक पढिएको
  • रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु

    रामेछाप –  रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।घाइते अवस्थामा उद्धार गरी रामेछाप अस्पताल पु¥याइएका घिसिङको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 362 पटक पढिएको
  • अभियन्ता आशिका तामाङले सहयोगसम्बन्धी उठेका प्रश्नविरुद्ध कडा जवाफ

    काठमाण्डौ  ।  सामाजिक अभियन्ता आशिका तामाङले सहयोगसम्बन्धी उठेका प्रश्नविरुद्ध कडा जवाफ दिएकी छन्। उनले भनिन्, “पैसा पैसा पैसा! कहाँबाट ल्याइस? कसरी दिइस? जसले एक रुपैयाँ सहयोग गरेका छैनन्, उहाँहरूले हिसाब मागेको देख्दा छक्क छु म त! जसले सहयोग गरेको छ, उहाँहरूलाई मैले एक–एक रुपैयाँको हिसाब WhatsApp को माध्यमबाट दिएको छु। कस्तो सोच हो तपाईंहरूको? म भात खान्छु, पैसा होइन! जो घाइते भाइहरू र मृतक परिवारहरूलाई आवश्यक छ आर्थिक सहयोग, उहाँहरूलाई त्यताबाट हुन्छ कि उताबाट हुन्छ कि खोजेर सहयोग पुराइरहेको छु। तैपनि औंलामाथि किन उठाइरहनु हुन्छ? जसले गर्दा नि भो सहयोग मैले रोकेको छैन नि। अरुलाई आ

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 330 पटक पढिएको
  • बाजुरामा दुई पक्षबीच झडप, तीन जना घाइते

    बाजुरा –  बाजुरामा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका २ स्थित गाउँमा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका हुन् ।रातिको समय करिब १ बजेतिर भएको झडपमा परेर त्रिवेणी नगरपालिका ३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेश साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मनोज साउँदको घाँटी, निधार र दाँहिने हातमा चोट लागेको छ भने दिनेश साउँदको घाँटी र बाँया पाखुरामा चोट लागेको छ ।त्यस्तै तपेश साउँदको दाँहिने हातको नाडीमा सामान्य चोट लागेको बुझिएको छ । घाइतेहरुलाई आफन्तले उपचारका ल

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 396 पटक पढिएको
  • अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सी आगामी डिसेम्बरमा भारत भ्रमणमा

    एजेन्शी  ।  भारततर्फ मेस्सी — डिसेम्बरमा भारत भ्रमण तय भएको छ।गत फिफा विश्वकप विजेता अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सी आगामी डिसेम्बरमा भारत भ्रमण गर्ने भएका छन्। उनले कोलकाता, मुम्बई र नयाँ दिल्लीमा कन्सर्ट, फुटबल क्लिनिक, प्याडल कप र विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।टिकट भने District एपमार्फत मात्र उपलब्ध हुनेछन्। मेस्सीले भारतलाई १४ वर्षपछि फेरि फर्किन पाउनु उनलाई “उत्साह र सम्मान”का विषय भएको बताउँदै, भारतीय स्टार र उच्च पदस्थ व्यक्तिहरूसँग भेट्ने अवसर पाउनु ठूलो कुरा हुने बताएका छन्।

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 321 पटक पढिएको
  • सरकारको बुद्धि नपुगेकै कारण जेनजीको ज्यान गयो : प्रधानमन्त्री कार्की

    काठमाण्डौ  ।   अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा युवाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै “सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण यस्तो दुर्घटना भएको” टिप्पणी गरेकी छन्।विजया दशमीको दिन शहीद परिवारसँग भेटघाटका क्रममा कार्कीले राज्यले मृतकलाई फर्काउन नसक्ने तर पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “दुःखद घटना भयो। बच्चाहरूले पढ्ने, रोजगारी पाउने व्यवस्था गर्नेबारे सोचिरहेका छौँ। उहाँहरूले ठूलो माग गर्नुभएको छैन। भएको नोक्सानी क्षतिपूर्ति त हुन सक्दैन तर राज्यले उठ्नलाई मद्दत गर्न सक्छ।”

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 487 पटक पढिएको
  • जलेश्वरमा बम विस्फोट, पाँचजना घाइते

    महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा विजयादशमीको अवसरमा आयोजित रावण दहन कार्यक्रममा भएको बम विस्फोटमा परी ५ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि जनकपुरधाम रिफर गरिएको छ ।घटना शनिबार साँझ जलेश्वरस्थित शंकर चोकमा भएको हो । रावणको पुतलामा राखिएको बम पड्किँदा नजिकै रहेका दर्शकहरू घाइते भएका हुन् ।घाइते हुनेहरूमा जलेश्वर नगरपालिका-८ का पवन पाठक, वडा नम्बर ४ मसुरपट्टीका ९ वर्षीय आनन्द पाठक, वडा नम्बर ३ खैराका आलम राइन, वडा नम्बर २ का सुरज भण्डारी र वडा नम्बर १ का मनीष चौधरी रहेका छन्। उनीहरूको टाउको, आँखा र गालामा चोट लागेको प्रादेशिक अस्पताल ज

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 376 पटक पढिएको
  • भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द

    रामेछाप— भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग  बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै  असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनमा रोक लगाइएको जनाएको छ । कार्यालयले सूचना जारी गरी यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी स

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 597 पटक पढिएको
  • बस दुर्घटना हुदा १ जनाको मृत्यु, २० जना घाइते

    महोत्तरि । महोत्तरीको बर्दिबास नगरपालिका खैरमारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस आज बिहान काठमाडौंतर्फ जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 392 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.