समाचार

    Showing 9,561-9,570 of 25,705 items.
  • काठमाडौं मनपाका प्रतिनिधिहरू जोखिमयुक्त क्षेत्रहरूमा खटिए: महानगर प्रमुख बालेन शाह

    काठमाण्डौ  ।  शनिबार बिहान देखि परेको अविरल वर्षाले काठमाडौंका विभिन्न स्थानमा जोखिम बढेको छ। काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त क्षेत्रहरूको अवलोकनमा खटिएको महानगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् ।सोल्टी मोडको पश्चिमतर्फ मनमति खोलाले बाटो भासाएपछि नजिकैको बस्ती जोखिममा परेको छ। खोलाले घरसँग करिब पाँच फिट मात्र दूरी छाड्दा थप क्षति हुने आशंका बढेको महानगरले जनाएको छ।महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागले संयुक्त रूपमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास सुरु गरेका छन्। यस्तै, बस्तीमा डुबानको अवस्था आए नजिकैका विद्यालयमा सर्वसाधारणलाई सुरक्

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 474 पटक पढिएको
  • अरनिको राजमार्ग भासियो

    काठमाण्डौ  ।  सन्धिुपाल्चोकको भोटेकोशी गाउँपालकिा–४ चारकिलोस्थति राजमार्गमा करिब १५ मिटर लम्बाइ र १ फिट गहिराइमा सडक भासिएको छ ।सडक बिहीबारदेखि नै भासिदै गएको थियो । यद्यपि शनिबार परेको लगातार वर्षाका कारण क्षति थप बढेको र राजमार्ग पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 422 पटक पढिएको
  • अन्तर्राष्ट्रिय टी–२०: नेपालले मलेसियामाथि जित

    काठमाडौं— अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ । शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको थियो । नेपालको जितमा पूजा महतोले ३९ बलको सामना गर्दै ३९ रन जोड्न सफल भइन् । कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन् । ६३ बलको सामना गर्दै उनले

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 738 पटक पढिएको
  • दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

    काठमाडौं— मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ। शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण गाउँपालिका–४ को कार्यालयले जनाएको छ।वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको जानकारी दिए। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ। दसैँको

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 657 पटक पढिएको
  • काठमाडौं आउदै गरेको बस दुर्घटना ३६ जना घाइते, २ जनाको अवस्था गम्भीर

    काठमाण्डौ ।  काठमाडौं जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ।कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसमा शनिवार विहान करिब ५ बजे धनगढीबाट काठमाडौं जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा ३६ जना सामान्य घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचारका लागि नजिकैको अस्पतालमा लगिएको र गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 496 पटक पढिएको
  • खोला तथा नदी क्षेत्रको तटीय क्षेत्रमा नबस्न आग्रह

    काठमाण्डौ । शनिबार बिहानैदेखि वर्षा निरन्तर बढी रहेका कारण खोला तथा नदी क्षेत्रको तटीय क्षेत्रमा नबस्न आग्रह गरिएको छ ।निरन्तर वर्षा भइरहने मौसम विज्ञको पूर्व अनुमानअनुरूप बिहान ४:०० बजे देखिनै पानी पर्न थालेको र रसुवाको भू–बनोट बढी भीर पाखा भएका कारण आउन सक्ने पहिरो एवं भलबाढीको जोखिमका सम्भावनालाई मध्यनजर राखी स्थानीय प्रशासनले ठाडोखोला तथा नदीको तटीय क्षेत्रका आसपासमा नबस्न जिल्लावासीलाई अनुरोध गरेको हो ।सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान यदि जानै पर्ने जटिल अवस्था आएमा भरपर्दो साथीलाई साथसाथै लिई सुरक्षित तवरले यात्रा गर्न अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समि

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 359 पटक पढिएको
  • काठमाडौं–१४ मा सडक कटानले घरहरू जोखिममा, क्षति रोक्न प्रयास जारी

    काठमाडौं— काठमाडौं महानगरपालिका–१४ स्थित कोहिनुर हाउजिङ नजिक सडक कटान भएपछि सो क्षेत्रका केही घरहरू उच्च जोखिममा परेका छन्। स्थानीय खोला किनारबाट भएको कटानले सडक भासिँदा आसपासका संरचनामा क्षति पुग्ने सम्भावना देखिएको हो।काठमाडौं महानगरपालिकाका अनुसार शनिबार बिहान खोलाको छेउमा पहिरो जाँदा सडक भासिएको र त्यसले नजिकै रहेका बासिन्दाको घरहरू प्रभावित हुने खतरा बढेको छ। स्थिति नियन्त्रणमा लिन महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान रोक्ने प्रयास भइरहेको छ।“खोलाले कटान गर्दा सडक भासिएको छ। थप क्षति रोक्नका लागि बोरा र ग्राभेल प्रयोग गरेर तत्कालीन उपायहरू अपनाइएको छ,” महानगरले जा

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 507 पटक पढिएको
  • बर्षाका कारण आन्तरिकतर्फका उडानहरू प्रभावित

    काठमाडौँ । शुक्रबार रातिदेखि भइरहेको बर्षाका कारण शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू प्रभावित भएका छन् ।अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडानहरू प्रभावित भएको जनाइएको छ । कतिपय उडान डिले भएका छन् । काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 332 पटक पढिएको
  • लामो दूरीका यातायात तीन दिनका लागि बन्द

    काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो । 'भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असो

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 610 पटक पढिएको
  • बाढीको जोखिम एक सय घरधुरीलाई सुरक्षित स्थानमा सारियो

    रौतहट— रौतहट स्थित बागमती र लालबकैया नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारमा बसोबास गर्ने बस्तीहरूमा बाढी जोखिम बढेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा अति भारी वर्षा हुने चेतावनी जारी गरेपछि सशस्त्र प्रहरी बलले अग्रिम रूपमा सतर्कता र उद्धार कार्य अघि बढाएको छ।सशस्त्र प्रहरी बल नेपाल नं ११ गण, हे.क्वा. रौतहट र मातहतका  सन्तपुर, दुधियाभार, विजयपुर र समनपुर लगायत सम्पूर्ण बेस क्याम्पहरूले जोखिमयुक्त बस्तीहरूमा सचेतनामूलक माइकिङ कार्यक्रम सञ्चालन गर्दै बाढीग्रस्त हुन सक्ने स्थानका बासिन्

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 630 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.