काठमाण्डौ । रवि लामिछानेको हिरासत बसाइको तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले आइतबार राती १० बजे भुसाललाई थलीबाट पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निकोलस भुसाल भन्ने कमल भुसाललाई काठमाडौँको थलीबाट पक्राउ गरेको हो ।
काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ भने सुदूरपश्चिमको तुलनामा कर्णाली प्रदेशमा बढी पानी पर्ने सम्भावना छ। अन्य प्रदेशहरूमा भने छिटपुट वर्षा र बादल लाग्नेछन्।आज राती देशको कोशी, गण्डकी
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग पत्र दायर गरेको हो ।उनी विरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात पाँच सय र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । अदालतमा दायर गरेको अभियोग पत्र ४२७ पृष्ठ लामो रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्
काठमाण्डौ । हङकङबाट काठमाण्डू आएको नेपाल वायुसेवा निगमको जहाजमा अचेत भएका यात्रुलाई अस्पताल पुरयाएपछि मृत घोषणा गरिएको छ ।जहाजमा अचेत भएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बूलाई त्रिभुवन विमानस्थलबाट सिनामंगलस्थित काठमाण्डू मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्याएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेको निगमले जनाएको छ ।निगमका प्रवक्ता रमेश पौडेलले हङकङबाट काठमाण्डू आउने क्रममा उडिरहेको जहाजमै अचेत भएका लिम्बूलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको बताए ।उनले भने, ‘विमानस्थलनमा लिम्बूका आफन्त लिन आएका रहेछन । हामीले उनीहरुलाई नै जिम्मा ल
काठमाण्डौ । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ ।सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने लगायत ५ जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको छ ।४२७ पृष्ठ लामो अभियोगपत्र सरकारी वकिलको कार्यालयले पेश गरेको छ।सहकारी ठगी गर्नका लागि संगठित रुपमा काम गरेको आरोपमा लामिछाने लगायतका आरोपितहरुमाथि संगठित आरोपमा समेत मुद्द
आठराई । तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शनिबार दुई जनाको मृत्यु भएको हो ।स्थानीय गौखुरी माध्यमिक विद्यालयका नर्स शिक्षीका रबिना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मीता भटराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी चिनिमाया तामाङले बताइन् ।शनिबार बिदाको दिन शिक्षीका र विद्यार्थी विद्यालयको पुछारमा रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटना स्थलमै मृत्यु भएको हो ।तामाङका अनुसार फोटो भि
धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झाडापखालाको समस्या लिएर भर्ना गरिएका १५ महिनाका बालकको डाक्टरको लापरबाहीका कारण ज्यान गएको छ। बालकको परिवारजनले समयमै उचित उपचार नगरेको र चिकित्सकले पेसागत दायित्वप्रति गम्भीरता नदेखाएको आरोप लगाउँदै दोषीलाई कारबाहीको माग गरेका छन्। मृतकका बुबा मोहन खड्काका अनुसार, बालकलाई झाडापखाला सुरु भएपछि तत्कालै अस्पताल पुर्याइएको थियो। परिवारले बारम्बार बालकको स्वास्थ्य गम्भीर भएको जानकारी गराउँदा पनि इमर्जेन्सीमा रहेका चिकित्सकहरूले बेवास्ता गरेका थिए। “डाक्टरले ‘बच्चा त हाँसिरहेको छ, केही हुँदैन, २–४ दिनपछि ल
काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।आज राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्था
तेर्हथुम । टिकटक बनाउॅदा खोलामा खसेर शिक्षक र विद्यार्थीको मृत्यु भएको छ।तेह्रथुमको गौखुरी माविमा नर्स शिक्षिकाका रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको किनारामा टिकटक बनाउनेक्रममा खोलामा खसेर मृत्यु भएको छ ।शनिवार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो । उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेर उनीहरु खोलामा बगेका थिए ।शनिवार अपराह्न
इटहरी । जेसिज महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री केपी सर्मा ओली शनिवार इटहरी आउँदै छन् ।प्रधानमन्त्री आउने भएपछि सुरक्षा निकायलाई चेकजाँचका लागि भ्याइ नभ्याई छ । प्रधानमन्त्रीको सुरक्षाका लागि भनेर एक हजार सुरक्षाकर्मीलाई परिचालन गरेको सुरक्षा निकायले महाधिवेशन स्थलमा प्रत्येकलाई चेकजाँच गरेर मात्र प्रवेस गराइरहेको छ । चेकजाँचमा खटिएका प्रहरी अधिकारी प्रत्येकलाई भनिरहेका हुन्छन् ‘बाहिरबाट ल्याइएको केही भित्र लान मनाइ छ । पानी, भोला, चुरोट, खैनी बाहिरै राख्नुहोला ।’ पानी समेत खान नपाइने हो भन्ने जिज्ञासामा ती प्रहरी अधिकारीले भने, ‘पानी भित्र लान पाइँदैन, कालो मास्क, लगायत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.