समाचार

    Showing 9,541-9,550 of 25,701 items.
  • गाडी दुर्घटनाको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ

    फिदिम । फिदिम नजिक तमोर नदी किनारमा भएको सवारी दुर्घटनाको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।दुर्घटनाको खबर प्राप्त भएपछि फिदिमस्थित नेपाली सेनाको टोली तत्काल उद्धारका लागि गएको प्रहरीले जनाएको छ। घटनास्थल फिदिम बजारबाट करिब २० किलोमिटर टाढा रहेको बताइएको छ।प्रत्यक्षदर्शीका अनुसार गाडी करिब पाँच सय मिटर तल खसेको थियो । पानी परिरहेको र उद्धारका लागि स्थानीय बासिन्दा पनि घटनास्थलतर्फ गइरहेको जनाइएको छ । पाँचथरका डिएसपी अनिश कुमार कर्णका अनुसार दुर्घटना स्थलतर्फ प्रहरीको टोली खटिई सकिएको छ ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 190 पटक पढिएको
  • बाढीपहिरोको जोखिमबाट सचेत रहन मानव अधिकार आयोगको आग्रह

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले वर्षा यामसँगै बढ्न सक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सजग रहन आग्रह गरेको छ।शुक्रवार एक विज्ञप्ति जारी गर्दै आयोगले प्राकृतिक विपद्को पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै, विपद् घट्नुअघि नै जनसाधारणमा जानकारी पुर्‍याउने, जोखिममा रहेका व्यक्तिहरूको पहिचान र उद्धार गर्ने कार्य राज्यको दायित्व भएको स्पष्ट पारेको छ।आयोगले विपद् व्यवस्थापनमा सरकार मात्र नभई सबै पक्षको सहकार्य अपरिहार्य भएको बताउँदै राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, युवा वर्ग तथा विभिन्न संघ-संस्थाहरूलाई उद्धार र पूर्वतयारीमा सक्रिय

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 654 पटक पढिएको
  • पहिरो खसेका कारण नागढुङ्गा चेकपोष्टबाट फर्काइए २५० सवारी साधन

    काठमाडौं— खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडौंतर्फ नै फर्काएको छ।धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौं फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए।आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उनले बताए।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 507 पटक पढिएको
  • शनिबारसाँझदेखि आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताएका हुन् ।जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 659 पटक पढिएको
  • सिन्धुलीको मूलकोटमा ईभी गाडी दुर्घटना, केही घाइते

    सिन्धुली— जिल्लाको मरिण गाउँपालिका अन्तर्गत मूलकोट क्षेत्रमा एक ईभी (इलेक्ट्रिक) गाडी दुर्घटना भएको छ।उक्त गाडी काठमाडौंबाट पूर्वतर्फ गइरहेको क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनाको कारण हालसम्म खुलाइएको छैन।दुर्घटनामा केही यात्रु घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ। तर हालसम्म दुर्घटनाबाट भएको क्षतिको यकिन विवरण भने सार्वजनिक गरिएको छैन।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 453 पटक पढिएको
  • गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु, अस्पतालहरूको अवस्था भयावह

    एजेन्सी । हमास–इजरायली द्वन्द्वका कारण विगत दुई वर्षमा गाजा पट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्र बाल कोष (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अधिकारीहरूले गाजाका अस्पतालहरूको अवस्था भयावह रहेको चेतावनी दिए।जारी युद्धको बीचमा गाजाको स्वास्थ्य सेवा प्रणाली लथालिंग भएको उनीहरुले बताएका छन् । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा विगत दुई वर्षमा १,००० भन्दा बढी शिशुहरू मारिएको स्पष्ट पारे ।‘नयाँ आमाहरू र कमजोर नवजात शिशुहरू छन् । जो भुइँमा,

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 294 पटक पढिएको
  • विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित

    काठमाडौं । वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन् ।नेपाल प्रहरीको विपद् सूचना व्यवस्थापन प्रणाली (म्क्ष्च्क्) अनुसार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेका छन् ।कोशी प्रदेशमा पूर्ण अवरोधसंखुवासभा जिल्लामा वर्षाका कारण कोशी राजमार्गका दुई स्थानहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ ।भोटेखोला गाउँपालिका–४ स्थित बरुण खोलामा २०८२ जेठ ६ गते

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 206 पटक पढिएको
  • काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो

    काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गई सडक भासिएको छ । गए रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे पहिरो जाँदा उक्त सडक छेउका घरहरू जोखिममा परेको हो । काठमाडौं महानगरपालिकाका अनुसार सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा प्रतिनिधिहरू खटिएका छन् भने थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ । बस्ती डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ। जोखिमयुक्त बस्तीहरूलाई सतर्क

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 341 पटक पढिएको
  • तमोर नदी किनारमा जीप खस्यो, फिदिममा दुर्घटना हुँदा धेरै यात्रु प्रभावित

    ताप्लेजुङ— ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको यात्रुवाहक जीप फिदिम–कार्तिके क्षेत्रको तमोर नदी नजिकै दुर्घटनामा परेको छ। जीप सडकबाट गहिरो खोंचमा खस्दा धेरै यात्रु हताहत भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।घटना स्थल सडकभन्दा निकै तल भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। हालसम्म कति यात्रु घाइते वा मृत भएका छन् भन्नेबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन।स्थानीयवासीहरूका अनुसार दुर्घटनास्थल विकट रहेकोले हेलिकप्टर र एम्बुलेन्सको तत्काल आवश्यकता छ। उद्धार टोली पुग्न ढिलाइ भएकाले अवस्था गम्भीर बन्न सक्ने आशंका गरिएको छ।अहिले सुरक्षाकर्मी र स्थानीयबासी मिलेर घटनास्थलमा उद्धार कार्य सुरु गर्ने तय

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 627 पटक पढिएको
  • लगातार वर्षाले हेटौँडा अस्तव्यस्त, मुख्य बजार क्षेत्रमा पानी जम्यो

    हेटौँडा । निरन्तर परेको अविरल वर्षाले हेटौँडासहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । गत केही दिनयता परेको पानीका कारण सडक चिप्लिने, खोला–नाला बढ्ने र विभिन्न स्थानमा आवतजावत अवरुद्ध हुने अवस्था सिर्जना भएको छ ।हेटौँडाको मुख्य बजार क्षेत्रमा पानी जम्दा व्यापारी र स्थानीय बासिन्दा दुबैलाई समस्या भएको छ भने ग्रामीण भेगका धेरै ठाउँमा सडक आवागमन कठिन बनेको छ । खेतबारीमा पानी जम्दा धान लगायतका बालीहरूमा समेत असर पुगेको किसानहरूले बताएका छन् ।यातायात क्षेत्र पनि प्रभावित भएको छ । हेटौँडा–काठमाडौं, हेटौँडा–ललितपुर र हेटौँडा–चितवनतर्फका सडक खण्डहरूमा पहिरो र चिप्लोपनका कारण यात्रा जोखिमपूर्ण ब

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 446 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.