समाचार

    Showing 9,541-9,550 of 19,664 items.
  • बांके राष्ट्रीय निकुंज खुल्ला

     बांके :बाँके राष्ट्रिय निकुन्जमा जंगल सफारी खुला गरिएको छ:निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले जानकारी दिए।निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उनले बताए। उक्त सवारीमा बढीमा १० जनाले जंगल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 161 पटक पढिएको
  • धनगढ़ीमा सड़क दुर्घटनामा एकको मृत्यु

    धनगढ़ी :धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 234 पटक पढिएको
  • माओवादी विरोधीलाई विप्लवको सन्देशः एकता प्रक्रियामा छौँ कोही अतालिनुपर्दैन

    काठमाण्डू :नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटकहरुसँगको एकता प्रक्रियाबाट आफूहरु ब्याक नभएको र कोही अतालिनु नपर्ने बताएका छन् ।  माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकले एकता नगर्ने भनी निर्णय गरेको भन्ने कुरा भ्रममात्रै रहेको बताएका हुन्। महासचिव विप्लवले आफूहरुले मोर्चा र एकताको ढोका सधैं खुल्ला राखेको बताए।‘एकताका लागि हामी सकारात्मक छौं । हामी केन्द्रीय समितिको बैठक बस्यौं । ल अब नेकपा एकतामा नआउने भन्ने हल्ला पनि बाहिर छ । त्यो कुरा सत्य होईन । हामी सबै मिलेर एकता आवश्यक छ भन्ने निश्कर्षसहित हामी आए

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 234 पटक पढिएको
  • बुद्धशान्ति -५ का निवर्तमान वडाध्यक्षले गरे आत्महत्या

    बिर्तामोड़ :झापा बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष वासुदेव खतिवडाले झुन्डिएर आत्महत्या गरेका छन् ।  घरदेखि ५० मिटर टाढा किम्बुको रुखमा झुन्डिएर ६५ वर्षीय खतिवडाले आत्महत्या गरेका हुन्। उनले आत्महत्या गर्नुपर्ने कारण नखुलिसकेको प्रहरीले जनाएको छ ।उनी  बि.सं.२०७४(२०१७) सालमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि बि. सं.२०४८(२०१२) सालमा पनि उनी साबिक शान्तिनगर गाविस वडा नं ३ मा वडाध्यक्ष निर्वाचित भएका थिए।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 164 पटक पढिएको
  • एमालेबाट निकालिएपछि नेता भीम रावलको प्रतिक्रिया

    काठमाण्डू :पाँच दशकभन्दा लामो योगदान दिएका डा. भीम रावल नेकपा एमालेबाट निकालिएका छन् । आफु निकालिएपछि एक अन्तर्वार्तामा भनेका छन्,  एमाले पनि एमाले रहेन बा’माले भयो । बा मात्रै लेख भनेर यो उर्दी जारी भएको हो । किनभने अब उनले बा भन्ने युटुब च्यानल चलाएर मलाई समर्थन गर भनिसके त । यो कहाँ एमाले रह्यो ? यो त बा’माले भयो । मार्क्सवादी, लेनिनवादी होइन यो । बा’माले हो यो । अब म त्यसकारण रहने त कुरै भएन । मलाई निकालीएको बिषयमा यो केपी ओलीजीको निरंकुश तानाशाही र स्वेच्छाचारी निर्णय हो । यो देशको संविधान, पार्टीको विधान र सिद्धान्तसँग मिल्दैन । यस विषयमा लोकतान्त्रिक न्यायप्रेमी जनताले आवाज ओकल्ने

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 263 पटक पढिएको
  • भारतका पूर्ब प्रधानमन्त्रीमनमोहन सिँहको निधन

    भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ बर्षको उमेरमा निधन भएको छ । सिंह सन् २००४ मा पहिलो पटक र सन् २००९ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए । भारतमा भएको आर्थिक उन्नतिका लागि उनलाई विशेष श्रेय दिइन्छ । हार्दिक श्रद्धाञ्जली ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 204 पटक पढिएको
  • नेपालमा खुला हिमाल आरोहण प्रतियोगिता हुँने

    सोलु :तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुने भएको छ। युएस नेपाल क्लाइम्बर एसोसिएसन र नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको संयुक्त आयोजनामा यही माघ १६ र १७ ( जनबरी २९-३०) मा प्रतियोगिता हुने  छ। प्रतियोगिताबारे जानकारी दिन बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा युएस नेपाल क्लाइम्बर एसोसिएसनका अध्यक्ष सेरापजाङ्बु शेर्पाले पर्वतारोहण खेलको प्रवर्धन गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागेको बताए ।उनले भने , “प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेलाई अझ प्रोत्साहन गर्नुका साथै यसबाट साहसिक पर्यटन प्रवर्धन हुने विश्वास लिएका छौँ।” युएस नेपाल क्लाइम्बर एसोसिएसनका संस्थापक

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 188 पटक पढिएको
  • खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले हान्यो गोली

    काठमाडौं— गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिने क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ मा नेपाली सेनाले हवाइ फायर गरेको छ ।नेपाल प्रहरी, मकवानपुरका प्रवक्ता ठाकुर प्रसाद सापकोटाका अनुसार बिहीबार बिहान हवाइ फायर गरेर खाग तस्कर नियन्त्रणमा लिइएको हो । खाग नियन्त्रण गर्ने क्रममा तस्कर भाग्न खोजेपछि हवाइ फायर गरिएको प्रहरीले जनाएको छ ।नेपाली सेनाको नयाँ गोरख गण सैनिकले ५ राउन्ड हवाइ फायर गरेको हो । गैंडाको खाग तस्करी हुन लागेको सूचनाका आधारमा पुगेको निकुञ्जले टोलीले तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ गर्ने क्रममा सेनाले हवाइ फायर गरेको हो ।घटनास्थलबाट १ जना पक्राउ परेका छन् । उनीसँग खाग रहेको भ

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 331 पटक पढिएको
  • शोभा पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर

    काठमाडौं- शोभा पाठक भनेर चिनिने जानुका पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर भएको छ ।प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । पाठकले सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको भन्दै राजकुमार त्रिपाठीले उनीविरुद्ध निवदेन दिएका थिए ।त्यसपछि स्वयम्भूको प्रहरी टोलीले पाठकलाई १ पुसमा पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उनीविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैदको माग गरिएको छ।यो मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुनुवाइ भइ

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 174 पटक पढिएको
  • मापदण्ड विपरीत सञ्चालित बाइक वर्कसपमा महानगरको ताला

    काठमाडौं— महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा ताला लागाएको छ ।पटक-पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका-३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको हो ।‘हामीले बाइक वर्कसप हटाउन पटक-पटक आग्रह गर्दा पनि अटेर गरिएपछि ताल लगाएका हौं,’ महानगर प्रहरीका एक अधिकारीले भने ।

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 284 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा