समाचार

    Showing 9,531-9,540 of 19,664 items.
  • नेपाली आकाशमा ८ सय घण्टा उडान

    काठमाण्डू  ।   भरिसकेका झाँगड समुदायका एक्ला पाईलट !मोरङको कटहरी ५ भौडाहाका २७ वर्षीय प्रमोद झाँगड (उराँव) नेपाली आकाशमा उडेको झण्डै ८ सय घण्टा पुग्यो । उनी बुध्दको जहाज लिएर नेपालगञ्ज, पोखरा, भरतपुर, विराटनगर, भैरहवा, सुर्खेत, जनकपुर, सिमरा, चन्द्रगढी, तुम्लिङटार लगायतका विमानस्थलमा यात्रु लिए जाने आउने गरिरहेका छन् । प्रमोद अल्पसंख्यक जातिमा सूचीकृत झाँगड (उराँव) समुदायबाट पाइलट बन्ने पहिलो व्यक्ति हुन् । छोरा पाइलट बनेर आकाशमा उडान गरिरहँदा बुबा विष्णु र आमा लालसरी अहिले पनि कुटो कोदालो र केती किसानीमा दैनिकी बिताइरहेका छन् ।

    • प्रकाशित मितिः पुस १६, २०८१
    • 212 पटक पढिएको
  • सशस्त्रका ४ डीआईजीको कार्यकाल थपिँदै

    काठमाण्डौ  ।   मन्त्रिपरिषद्मा सशस्त्र प्रहरीका चार डिआइजीहरुको एक वर्ष म्याद थप गर्ने प्रस्ताव गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले चार डिआइजीको एक वर्ष म्याद थप गर्ने व्यवस्था बमोजिम डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको म्याद थप्न प्रस्ताव गरिएको हाे। तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्ने बाटो खुला गर्न चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को कार्यकाल थप गर्ने तयारी भएको छ। अहिले कार्यकाल थप हुने चार डीआईजीमध्ये एकजना आगामी वैशाखमा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा हुनेछन्। त्यतिबेलासम्म अहिलेकै व्यवस्था कायम रहे उ

    • प्रकाशित मितिः पुस १६, २०८१
    • 282 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशहरूमा भने छिटपुट वर्षा र बादल लाग्नेछन्।आज राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक

    • प्रकाशित मितिः पुस १६, २०८१
    • 180 पटक पढिएको
  • चकचकी साना किसान कृषि सहकारी संस्था ब्दारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    राजगढ़ :,चकचकी साना किसान कृषि सहकारी संस्था लिमिटेड बाह्रदर्शी गाउँपालिका वार्ड नं ०५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न गरेको थियो। उक्त शिविर कार्यक्रममा  युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारी ले प्राविधिक सहयोग गरेको थियो ।उक्त शिविर कार्यक्रममा २५० भन्दा बढी आमाबुवा, दिदीबहिनी दाजुभाईहरुको  उपस्थिति रहेको थियो।

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 190 पटक पढिएको
  • चकचकी साना किसान कृषि सहकारी संस्था ब्दारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    राजगढ़ :,चकचकी साना किसान कृषि सहकारी संस्था लिमिटेड बाह्रदर्शी गाउँपालिका वार्ड नं ०५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न गरेको थियो। उक्त शिविर कार्यक्रममा  युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारी ले प्राविधिक सहयोग गरेको थियो ।उक्त शिविर कार्यक्रममा २५० भन्दा बढी आमाबुवा, दिदीबहिनी दाजुभाईहरुको  उपस्थिति रहेको थियो।

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 130 पटक पढिएको
  • इजरासमा रविको स्पष्टीकरण

    पोखरा :देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा रवि लामीछानेले बयान दिदै भने : सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मैले सम्पति आर्जन गरेको छु । २७ करोड ८९ लाख रुपैयाँ ‘मेरो खातामा आउने जाने/गरेको ‘ट्रान्जेक्सन’ विवरण देखाइएको हो,' ‘मेरो खातामा आउने जाने घुमेको घुम्यै भएर देखिएको हो। गैरकानुनी सम्पत्ति आर्जन गर्ने काम मैले गरेको छैन।’

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 159 पटक पढिएको
  • एक महिनामा ३३ हजारले धरहराचड़ेर अबलोकन गरे

    काठमाण्डू :शुल्क निर्धारण गरेको  एक महिनामा ३३ हजारभन्दा बढीले धरहरा चढेका छन्। दैनिक औसतमा १२ सयको हाराहारीले धरहरा चढ्ने गरेका छन्। सार्वजनिक बिदाको दिन करिब २ हजारभन्दा बढीले धरहरा चढ्ने गरेका छन्। सशुल्क गरिएपछि अहिलेसम्म ६० लाख राजस्व उठिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताएका छन ।बुधबार भने धरहरा बन्द हुने गरेको छ। ‘सशुल्क गरिएपछि पनि धरहरा चढ्ने बढिरहेका छन्,’ उनले भने , ‘धरहरा परिसरमै पुगेर टिकट लिने व्यवस्था गरिएको छ।’ सुरुमा निःशुल्क खुला गरिएकोमा गत नवंबर २४बाट शुल्क तोकिएको हो।१० वर्षभन्दा माथिका नागरिकलाई धरहरा चढ्दा २ स

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 173 पटक पढिएको
  • जिउँदो कुखुरा निल्न खोज्दा मृत्यु

    झापा :एक व्यक्तिले तान्त्रिकको सल्लाहमा बच्चा जन्माउने इच्छा   पूरा गर्न जिउँदो कुखुरा निल्न खोज्दा ज्यान गएको छ। ३५ वर्षीय आनन्दले आफ्नो प्रजनन क्षमता बढाउन जीवित चल्ला निल्न खोज्दा ज्यान गएको हो। चल्ला श्वासनलीमा अड्किएर उनको मृ'त्यु भएको बताइएको छ। आनन्द र उनकी श्रीमती बिहेको वर्षौं भैसक्दा पनि आमाबाबु बन्न सकेका थिएन्। त्यसपछि बाबु बन्ने आशामा उनीहरु एक तान्त्रिककहाँ गएका थिए ।नुहाएपछि ढलेका आनन्दलाई अस्पताल लगिएको थियो। तर चिकित्सकले बचाउन सकेनन्। शव परीक्षणमा चल्ला भेटिएपछि मृत्युको कारण पत्ता लागेको हो। उपचारका संलग्न चिकित्सकले भनेका छन्, ‘मैले यस्तो बिरामी १५ हजार शव परीक्षण

    • प्रकाशित मितिः पुस १३, २०८१
    • 199 पटक पढिएको
  • उर्लाबारीमा दुर्घटना, लिम्बुकाे मृत्यु

    उर्लाबारी :मोरङकाे उर्लाबारीमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । शुक्रबार  विहान ६:३० बजेको समयमा उर्लाबारी ४ बक्राहा पुलस्थित हाईवेमा पश्चिम पथरीबाट पुर्व उर्लाबारीतर्फ आउदै गरेको चालक झापा हल्दिबारी ३ बस्ने बर्ष ३० को पदम गौतमले चलाएको १-०१-००१ख ४१३६ नम्बरको यात्रुबाहक बसले सोहि दिशातर्फबाट आउदै गरेको साईकलयात्री उर्लाबारी ४ बस्ने बर्ष अ. ६६  को निर बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना भएको, उर्लाबारी प्रहरी टोली खटि घाईतेलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा पठाएको निजको टाउकोमा गम्भिर चोट लागि उपचार भइरहेकोमा ७:१० बजे चिकित्सकले मृत घोषणा गरेको र शव सोही

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 287 पटक पढिएको
  • मोहन वैद्य किरण अस्पताल भर्ना

    काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई विहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।वैद्य विहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरुले भर्ना हुनुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो ।गत महिना आयोजित एकता महाधिवेशन वेला पनि स्वास्थ्यमा समस्या आएकाले पूरै समय बन्दसत्रमा बस्न rसकेका थिएनन् ।गत वर्ष पनि उनलाई त्रिवि शिक्षण अस्पतालमा करिब एक हप्ता भर्ना गरेर उपचार गरिएको थियो ।

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 189 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा