बिराटनगर :मोरंग जिल्लाको जिल्लाको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएकी थिईन । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए । वनमा दाउरा काट्न गएकी लिम्बू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमा मृत फेला परेकी उनँले बताए । नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रह
बिर्तामोड़ :झापा बुद्धशान्तिका युवाहरूले टोपी दिवसलाई थप विशेष बनाउँदै उदाहरणीय कार्य गरेका छन्। उनीहरूले सडकमा आश्रयविहीन जनावरहरूको हेरचाह गर्दै खाना खुवाउने अभियान चलाएका छन्।
बिर्तामोड़ :झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथि निर्माण भएको ४ सय ७६ मिटर लम्बाइको झोलुङ्गे पुल । याे पुल देशकै तेस्राे लामाे झाेलुङ्गे पुल भएकाे बताइएकाे छ । बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने छ ।
काठमाण्डौ । आजदेखि ग्रेगोरियन पात्रोअनुसार इस्वी संवत् २०२५ सुरु भएको छ। विश्वभर नयाँ वर्षको उत्साहपूर्ण स्वागत गरिएजस्तै नेपालका केही प्रमुख पर्यटकीय क्षेत्रहरूमा पनि ‘न्यू इयर इभ’ विशेष कार्यक्रमसहित मनाइएको छ।जिजस क्राइस्टलाई फाँसी दिएपछि सुरु भएको मान्यता राखिएको इस्वी संवत् अहिले विश्वभर प्रचलित संवत् हो। यो पात्रो पोप ग्रेगोरियनले १६औं शताब्दीमा जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै प्रचलनमा ल्याएका थिए। जुलियन पात्रो रोमन शासक जुलियस सिजरले सुरू गरेका थिए।पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटीका अनुसार जुलियन पात्रो केही विवादास्पद रहे पनि उपनिवेशकालमा यसको व्यापक
काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशहरूमा भने छिटपुट वर्षा र बादल लाग्नेछन्।आज राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक
काठमाण्डू :सर्वोच्च अदालतले राइड शेयरिङ व्यवसायलाई रोक लगाउन नहुने भन्दै त्यसलाई सुरक्षित र व्यवस्थित चलाउनका लागि कानुनी व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ ।राइडिङ शेयर एप सञ्चालन गरिरहेको पठाओ नेपालको दर्ता खारेज हुनुपर्छ भनी दायर भएको मुद्दामा व्याख्या गर्दै सर्वोच्च अदालतले राइडिङ शेयर गर्ने अभ्यासलाई कानुनी रुपमा व्यवस्थित र नियमन गर्न सरकारका नाममा आदेश दिएको हो ।
काठमाण्डौ । काठमाण्डौको बौद्धस्थित जेभियर इन्टरनेशनल कलेजको गम्भिर लापरवाहीका कारण १९ वर्षीया छात्रा गुनगुन तामाङको मृत्यु भएको छ ।विद्यार्थीलाई ओरिएन्टेशनका लागि ककनी लगिन्छ । क्याम्प फायरको क्रममा आगोमा तार्पिन तेल हालिन्छ।तार्पिन तेल मानव स्वास्थ्यका लागि विषसरह मानिन्छ। त्यसको असर छेवैमा बसेकी गुनगुन तामाङलाई पर्छ र उनि ढल्न पुग्छिन। गुनगुन ढलेपछि शिक्षकहरु गम्भीर हुनुपथ्र्यो, तर,विद्यार्थीहरुलाई भित्र पठाएर रमाइलो गर्नतिर लाग्छन् । झण्डै तीन घण्टापछि मात्रै हस्पिटल पुर्याइन्छ । तर चिकित्सकले ‘ब्रोट डेथ’को घोषणा गर्छन् । चिकित्सक भन्छन् ‘समयमा अस्पताल ल्याउन सक
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।आज राती १२:०० बजे पछिबाट लागु हुने गरी मूल्य बढाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ ।पहिलो वर्ग: पेट्रोल १६०.५० रूपैयाँ, डिजेल १५०.५० रूपैयाँ।दोस्रो वर्ग: पेट्रोल १६२ रूपैयाँ, डिजेल १५२ रूपैयाँ।तेस्रो बर्गः पेट्रोल १६३ रूपैयाँ ,डिजेल-मट्टीतेल १५३ रूपैयाँ भारतीय आयल कर्पोरेसनको नयाँ सूचीअनुसार मूल्य समायोजन गरिएको हो।
सुनसरी । सुनसरीको इटहरीमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । बम भन्द्यै राखिएको कुकर भित्र राष्ट्रिय सुरक्षा दल नेपाल नामको पर्चा भेटिएको छ ।भेटिएका दुई शंकास्पद वस्तु बम भने नरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ। उपमहानगरअगाडि होक्स भेटिँदा बुढीखोलाको पुल छेउमा भने प्लास्टिकभित्र केही फोहोर मात्र भेटिएको प्रहरीले बताएको छ। उपमहानगरपालिकाको गेटअगाडि भेटिएको शंकास्पद वस्तुसँगै भने केही पर्चा प्रहरीले भेटेको छ।राष्ट्रिय सुरक्षा दल नामको लेटरप्याडमा विभिन्न मागहरू राखिएका छन्। प्रहरीले बरामद गरेको पर्चामा संवैधानि
डडेल्धुरा :डडेल्धुरामा ट्याक्टर दुर्घटना चालकको घटनास्थलमै मृत्यु भएको छ।मंगलबार बिहान साढे ३ बजे आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक भिमदत्त राजमार्गमा साहुखर्कबाट गैरा तर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर दुर्घटना भएको हो।उक्त दुर्घटनामा चालक कैलालीको घोडाघोडी नगरपालिका–१० पहलवानपुर बस्ने ३० वर्षीय विशाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.