बझाङ : जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ।बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए। प्रहरिका अनुसार ३ जनाको घटनास्थलमा र १ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। मृत्यु हुनेमा जीप चालक केदार स्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको छ भने धामीकै नातिनी छ वर्षीया बालिका आकृ
काठमाण्डौ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त पाँच डीआईजीमा उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।बढुवा हुनेमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोबिन्द थपलिया रहेका छन् । डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।आज राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
काठमाण्डू :नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विन्देश्वरी रास्वपाका नेता तथा पूर्व बैंङ्कर अनिलकेशरी शाहकी आमा हुन् ।शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन्। नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा उनी बढुवा भइसकेकी थिइन्।सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बनेकी थिइन्। विन्देश्वरी भीरकोटे राजा तारकबहादुर र रानी मदन दिव्येश्वरी शाहकी बुहारी हुन् ।
विराटनगर :प्रदेश सरकार मातहत रहेका संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि कोशी प्रदेश सरकारले समिति गठन गर्ने भएको छ ।बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले समितिको काम कर्तव्य र अधिकार पनि टुंगो लगाएको छ ।प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले सहकारी व्यवस्थापन सहितसहित १० वटा निर्णय गरेको जानकारी दिए ।मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सरसाफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयक सभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।कोशी प्रदेश वन ऐन २०७७ लाई संसोधन गर्न बनेको विधेयक
भद्रपुर :कक्नकवल ०७ दिपज्योति वन क्षेत्र बाहिर दाउरा र घाँस संकलन गर्न जाने क्रममा स्थानीय महिलाहरूको समूहलाई जङ्गली हात्तीले झण्डै १५० मिटर बाहिर खेतको बाटोमा आक्रमण गरेको थियो। उक्त घटनामा अन्दाजी ३५ वर्षकी केलाबत्ती राजवंशी हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको बायाँ हातमा चोट र दाहिने खुट्टा भाँचिएको थियो ।घटनापछि उनलाई तत्काल उपचारका लागि साई पाथिभारा अस्पताल, भद्रपुर लगिएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशहरूमा भने छिटपुट वर्षा र बादल लाग्नेछन्।आज राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक
भद्रपुर :कचनकवलकी एकजना महिलाको स्थानीय वनमा दाउरा खोज्न जाँदा हात्ती आक्रमणमा मृत्यु भएको छ ।कचनकवल ७ तारावनास्थित दिपज्योति सामुदायिक वन गएकी स्थानीय ३५ वर्षीया केलावत्ती राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।आज मध्यान्ह दिपज्योति सामुदायिक वनमा उनीसहित स्थानीय १५–२० जना महिला दाउरा र घाँस काट्न गएका थिए । उनीहरुलाई एउटा जंगली हात्तीले लखेटेको प्रहरीले जनाएको छ ।राजवंशी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा वनक्षेत्र नजिकै उनी घाइते अवस्थामा भेटिएकी थिइन् ।उनलाई साँझ ४ः४० बजे उपचारको लागि ओम साई पाथिभरा अस्पताल भद
मोरंग :नेपाली काङ्ग्रेस बेलबारी ३ का सभापति रिक्त गुरुङ्ले बेलबारी ३ स्थित श्री आधारभुत बिध्यालयमा ७५ पिस ट्रयाक सुट बितरण गरेका छ्न । कार्यक्रम मा काङ्ग्रेस मोरङ क्षेत्र नम्बर ३ का सचिब राजेन्द्र अधिकारी लगायत को उपस्थिति रहेको बिध्यालय का प्रधानध्यापक लिला प्रसाद आचार्य ले जानकारी दिए ।
बझाङ :बझाङको थलारा–१ की ४५ वर्षीया पञ्चमालादेवी जोशी, जो विगत २० वर्षदेखि स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत थिइन। गएको शनिबार बजारबाट घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा लागेर ज्यान लियो। उक्त खबर धनगढीमा काम विशेषले गएकी उनकी २५ वर्षीया छोरी रोहिणीले थाहा पाउदा विक्षिप्त भइन्। शोकले बारम्बार मुर्छा पर्दा होस् गुमाएर ढलिन्। स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी आमा गुमाएको पीडा सहन नसक्दा उनी पनि अस्ताइन। पञ्चमालादेवीका श्रीमान् दुई हप्ता अगाडि मात्रै रोजगारीका लागि दुबई गएका थिए। तर, श्रीमती गुमाएको खबरले घर फर्किएका उनी अहिले छोरी पनि गुमाउनुको पीडामा छन्।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.