समाचार

    Showing 9,161-9,170 of 23,626 items.
  • भारतबाट थप २०० मेगावाट बिजुली निर्यातको अनुमति

    काठमाडौं— नेपालले भारतमा विद्युत् निर्यात क्षमता विस्तार गर्दै थप २०० मेगावाट बिक्रीको अनुमति पाएको छ । भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजना लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरेको हो ।यो नयाँ स्वीकृति साउन २६ गते प्रदान गरिएको हो, जसको कार्यान्वयन मिति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२५ सम्म हुनेछ ।  आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरिसकेको छ । थप निर्यात अनुमतिसँगै यो रकम आगामी महिनामा दोब्बर हुने अनुमान गरिएको छ । यसले  नेपा

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 638 पटक पढिएको
  • ईभी आयात बढेपछि पेट्रोलियम पदार्थको आयात घट्दै

    काठमाडौं – स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी (ईभी) प्रवद्र्धन गर्ने नीति लिएसँगै देशमा ईभी आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थ घट्दै गएको छ ।भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९÷८० मा नेपालमा ११ अर्ब ८४ करोड रुपैयाँका ४ हजार ५० वटा ईभी भित्रिएका थिए । त्यसको तीन वर्षपछि आव २०८१÷८२ मा भने ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरका १३ हजार ५६९ वटा ईभी आयात भएका छन् । यस्तै, आव २०८०÷८१ मा ११ हजार ७ सय ईभी आयात भएका छन् ।यस अबधिमा पेट्रोलियम पदार्थको आयात भने निरन्तर घट्दो क्रममा रहेको पाइएको छ । विभागका अनुसार आव २०७९÷८० म

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 528 पटक पढिएको
  • बैतडीको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती

    बैतडी— बैतडी कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती देखिएको छ । चार दशकअघि निर्माण भएको उक्त कारागार जीर्ण बनेको छ ।जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती थपिएको कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताए । “यो २५ जना क्षमताको बन्दीगृह हो । तर अहिले ६३ जनालाई राखिएको छ । बन्दीगृहमा ५३ कैदीबन्दी र १० जना थुनुवा छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुरक्षासहित उचित व्यवस्थापन गर्न समस्या हुने गरेको छ”, उनले भने ।दशकौँ पुरानो कारागार जीर्ण बनेको बताउँदै भण्डारीले महिला कैदीबन्दी राख्ने ठाउँ नभएपछि महिला बन्दील

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 546 पटक पढिएको
  • पप्पु कन्स्ट्रक्सनका मालिकहरूमाथि भ्रष्टाचार मुद्दाको सर्वोच्चमा सुनुवाइ सुरु

    काठमाडौँ — पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा साउन २० गतेदेखि 'हेर्दा हेर्दै'मा राखी सुनुवाइ भइरहेको हो।विशेष अदालतबाट दोषी ठहर भएपछि हरिनारायण र उनका छोरा सुमित रौनियार (पप्पु) सहित आठ जना फरक-फरक मितिमा सर्वोच्चमा पुनरावेदन लिएर पुगेका थिए। त्यस्तै, विशेष अदालतको फैसलामा असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनालाई प्रतिवादी बनाएर सर्वोच्चमा पुनरावेदन गरेको छ। अहिले दुवै पक्षको पुनरावेदन एकैसाथ सुनुवाइ भइरहेको छ।गुणस्तरहीन पुल

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 397 पटक पढिएको
  • काभ्रेमा ११ स्थानीय तहले वर्गीकरण नगर्दा जग्गा कारोबार ठप्प, अंशबण्डा र राजस्व संकलन प्रभावित

    काठमाडौं –  काभ्रेपलाञ्चोक जिल्लाका ११ स्थानीय तहले निर्धारित समयमा जग्गाको वर्गीकरण नगर्दा साउन १ गतेदेखि जिल्लामा जग्गा कारोबार पूर्ण रूपमा रोकिएको छ। जिल्ला मालपोत कार्यालय धुलिखेलका अनुसार वर्गीकरण नहुँदा नामसारी, अंशबण्डा, रजिष्ट्रेशनपास लगायतका सेवा समेत प्रभावित भएका छन्।जिल्लाका १३ स्थानीय तहमध्ये तेमाल र रोशी गाउँपालिकाले मात्र भूउपयोग नियमावली, २०७९ अनुसार आवश्यक मापदण्ड पूरा गरी वर्गीकरण कार्य सम्पन्न गरेका छन्। बाँकी ११ तहका नागरिक अहिले मालपोत तथा नापी कार्यालयबाट सेवा लिन असमर्थ छन्।मालपोत कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालका अनुसार तीन वर्षसम्म पटक–पटक आग्रह

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 509 पटक पढिएको
  • खोलामा डुबेर एक बालकको मृत्यु

    कैलाली—  कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१ थपालीपुरका ९ वर्षीय बालक रोशन बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले गर्मी छल्न तीन जना साथीहरूसँग नुहाउन गएकामा बालकको घटनास्थलमै मृत्यु भएको बताएका छन्।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 466 पटक पढिएको
  • १५ हजार घुससहित सशस्त्र प्रहरी जवान रंगेहात पक्राउ

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा सशस्त्र प्रहरी बलका एक जवानलाई १५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ। भारतबाट भन्सार छली गरी अवैध रूपमा कपडा तथा किराना सामान ल्याउन सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट, मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री रहेका छन्। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, खत्रीले सीमापारिबाट अवैध सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिर

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 507 पटक पढिएको
  • एकीकृत समाजवादीको निर्देशन : सार्वजनिक टीकाटिप्पणी नगर्न नेता–कार्यकर्तालाई आग्रह

    काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।पार्टी अनुशासन उल्लङ्घन हुने गरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्टसमेत नगर्न पार्टीले मंगलबार निर्देशन दिएको हो।केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको बताए।‘पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 299 पटक पढिएको
  • सुन तोलामा १३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य एकै दिन तोलामा १ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार १ तोला चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 586 पटक पढिएको
  • 'हुलाक, रासस, गोरखापत्र, रेडियो नेपाललगायतका संस्था लेउ लागेजस्ता भए’

    काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कुनैपनि संस्था गतिशिल हुन सकेन भने त्यसले प्रगती गर्न नसक्ने बताएका छन्  । मंगलबार काठमाडौंमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षिक समिक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्न नसक्ने बताए ।उनले भने, ‘रेडियो नेपालमा गयो भने त्यहाँको कर्मचारीहरुको औसत उमेर नै ५५ देखि छ । यति धेरै वर्ष भयो कोही मान्छे जन्मेन होला, जन्मेको भए नयाँ मान्छे किन छैन् त रेडियो नेपालमा ? यसो भनिरहँदा त्यहाँ नयाँ भर्ना प्रक्रिया नै भएन । । थाकेका रिटाएर हुन लागेका मान

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 607 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.