उदयपुर— उदयपुरमा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–२, मोथिहाईस्थित भित्री कच्ची सडकमा ट्याक्टरले ठक्कर दिँदा स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मधेश प्रदेश–०१–००१ त २५६४ नम्बरको ट्याक्टरले आइतबार दिउँसो ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनापछि ट्याक्टर चालक, २४ वर्षीय धर्मेन्द्र राजधामी फरार भएका छन्। हाल उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

यस घटनासँग सम्बन्धित ट्याक्टरका धनी ४० वर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।