काठमाडौं— गैरसरकारी संस्था महासंघले असमानताविरुद्ध खबरदारी र्याली सञ्चालन गरेको छ। असमानताका विरुद्ध रातो घेरा कोरौँ भन्ने नाराका साथ विश्वव्यापी परिचालन दिन गैरसरकारी संस्था महासंघको अगुवाइमा सातै प्रदेशमा खबरदारी सभा हुँदैछ । जनवरी २१ मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा र्याली सञ्चालन गरिएको छ। बिहान ८ बजे सुरु भएको र्यालीले नगर क्षेत्रमा परिक्रमा गरी कोणसभामा परिणतभएको थियो। गैरसरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेश, कास्की शाखाको आयोजनामा भएको र्याली सभागृह चोकबाट जिरो किलोमिटर चोकसम्म पुगेको थियो। र्यालीमा गैसस महा
त्रिवेणी (रूकुम पश्चिम) । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो । यस वर्ष यहाँबाट करिब रू छ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार अदुवा बिक्रीबाट किसानले रू पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । दश वटा वडा रहेको त्रिवेणीमा एक हजार नौ सय ५० परिवारले अदुवाखेती गर्दै आएका छन् । प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताए । पालिकाभर हाल एक सय ९५ हेक्टर जग्गा
सुन्दरहरैँचा (मोरङ) । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–८ स्थित जङ्गली हात्तीपीडित नागरिकले सर्वसाधारणको जीउधनको सुरक्षाको माग गर्दै सबडिभिजन वन कार्यालय सलकपुरमार्फत आज ज्ञापनपत्र बुझाएका छन् ।हात्तीबाट त्रसित हुनुपरेको भन्दै वन तथा वातावरण मन्त्रालयलाई जङ्गली हात्ती नियन्त्रण गर्न यहाँका पीडित नागरिकद्वारा ज्ञापनपत्र बुझाइएको स्थानीय शिक्षासेवी टीकाराम ढकालले बताए । सुन्दरहरैँचाको उत्तरीक्षेत्रमा लामो समयदेखि हात्ती गाउँबस्तीमा पसी भौतिक तथा मानवीय क्षति गरेको, दर्जनौँ घरहरू भत्काएको र बालीनालीमा हानि पु¥याएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।ज्ञापनपत्रमा भनिएको छ, ‘यस क्षेत्रका आमनागरिक हात्तीको
वालिङ (स्याङ्जा) । जिल्लाको वालिङ नगरपालिका–८ स्थित ढाबखोला नियन्त्रणको काम सुरू भएको छ । खोलाले बर्सेनि खेतीयोग्य जमिन डुबाउने र कटानबाट सास्ती खेप्दै आएका यहाँका उपभोक्तालाई खोला नियन्त्रण योजना सुरू भएसँगै सहज हुने भएको हो ।गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा वालिङ–८ भीमटारीस्थित नेपाल आदर्श स्कुलबाट काफलडाँडा जाने सडकको कल्भर्टसम्म खोला नियन्त्रणको काम सुरू भएको हो ।खोला नियन्त्रणका लागि चालु आवमा रू ८६ लाख ५२ हजार चार सय २९ लागत अनुमान रहेको जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले जानकारी दिए । उनका अनुसार लागत अनुमानभन्दा झ
पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको हो।जिल्ला अदालत कास्कीको आदेशको बदर माग गर्दै निवेदन आएको उच्च अदालत पोखराका नायव सुब्बा राजेन्द्र अर्यालले जानकारी दिए । सरकारी वकिलको कार्यालयले दर्ता गराएको निवेदनको पेशी मंगलबारलाई तोकिएको छ।जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज रार्ईको इजालसले सूर्यदर्शन सहकारी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाएका छन् । प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालिन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।मन्त्री पौडेलले यसका लागि मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गरेका छन् ।कार्यदलका सदस्यहरुमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा। सरोज शर्मा, निर्देशक डा। अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ पेस भएको छ ।प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो अध्यादेशसँगै मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको शर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्ताव गर्दै प्रदेश सरकारले गर्ने मानवीयदेखि अन्य कामलाई सहज बनाउन यो ऐन ल्याएको बताए । उनले सरकारले विपद्का क्षेत्रमा धेरै काम गर्नु पर्ने र मौजुदा ऐनमा भएको त्रुटिले काम गर्न समस्या भएकाले सो अध्यादेश ल्याएको जानकारी दिँदै सरकार शान्ति सुरक्षाका विषयमा गम्भीर छ भने । मन्त्री भण्डारीले पूर्वमुख्यमन्त्री ए
काठमाडौँ । कानुन विपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतले सरकारका नाममा पाँच बुँदे परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले देशभर भइरहेको अवैध उत्खनन्मा संलग्नलाई कारबाहीको दायरामा ल्याइ तत्काल उत्खनन् बन्द गर्न÷गराउन परमादेश जारी गरेको हो । उक्त परमादेशमा नदीको संरक्षण गर्न एक छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन् तथा नियन्त्रण) ऐन तत्काल बनाइ लागु गर्न आदेश दिइएको छ । परमादेशमा भनिएको छ, ‘छ वटै प्रदेशले तयार पारी लागु गरेको नदीजन्य पदार
काठमाडौँ । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग आज फोनवार्ता गरेकी छन् ।इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारदेखि मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री डा राणाले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा अब्देल अतिमार्फत इजिप्ट सरकारसँग आज सो आग्रह गरेकी हुन् ।आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहनुभएकी मन्त्री डा राणाले त्यहीँबाट इजिप्टका मन्त्रीस
बागमती । बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो पटक बागमती प्रदेश सरकारले थप तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । योसँगै बागमती प्रदेशमा समस्याग्रस्त घोषणा हुने सहकारीको सङ्ख्या पाँच पुगेको छ । प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलका अनुसार पछिल्लो पटक सुमेरू सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ पुलचौक ललितपुर, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था काठमाडौँ र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था काठमाडौँलाई समस्याग्रस्त घोषणा गरेको छ । वित्तीय दायित्व पूरा नगरेक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.