समाचार

    Showing 9,151-9,160 of 23,626 items.
  • पोखरामा ट्होंटे पर्वको रौनक, तीन पालिकामा सार्वजनिक बिदा

    पोखरा  – गुरुङ (तमु) समुदायको मौलिक सांस्कृतिक पर्व ‘ट्होंटे’ आज धूमधामले मनाइदैछ । ट्होंटेको अवसरमा कास्कीका तीन वटा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेका हुन् । तीनवटै पालिकाले आफ्नो पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने जानकारी दिएका छन् । ट्होंटे गुरुङ समुदायले प्राकृतिक प्रकोप, महामारी र अनिष्टबाट गाउँ बस्तीलाई बचाउनका लागि मनाउने गर्छन् । हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार ट्होंटे मनाउने चलन छ ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 401 पटक पढिएको
  • माल्टामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु,शव पठाउन एनआरएनएद्वारा सहयोग संकलन

    युरोपियन मुलुक माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ।आइतबार सडक दुर्घटनामा परी स्थायी ठेगाना म्याग्दीका खिमबहादुर पुनको मृत्यु भएको एनआरएनए एनसिसी माल्टाले आफ्नो आधिकारिक फेसबुक फेजमार्फत जानकारी गराएको छ।दुर्घटनाबारे अनुसन्धान भइरहेको एनआरएनए एनसिसी माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए। एनआरएनए एनसिसी माल्टाले शव नेपाल पठाउनका लागि आर्थिक सहयोग जुटाउन सुरू गरेको समेत जनाएको छ।अध्यक्ष खनालले शव नेपाल ल्याउन चार हजार ५०० देखि ६ हजार ५०० युरोसम्म खर्च लाग्ने बताए।'यहाँबाट शव नेपाल पठाउन त्यति सहज पनि छैन। सामान्य अवस्था हुँदा कम्तीमा एक हप्ता लाग्छ। यस्तो जटिल केसमा अन

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 529 पटक पढिएको
  • जुम्ला र कास्कीमा २ जना मृतावस्थामा फेला

    काठमाडौं— जुम्ला र कास्कीमा दुई जना मृतावस्थामा फेला परेका छन् । जुम्लाको तिलागुफा नगरपालिका-४ राचुली घर भई हिमा गाउँपालिका–६ जर्जालीस्थित माईती घरमा बस्ने ४१ वर्षीया मनसोभा अधिकारी थापा सोही ठाउँस्थित पातर खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी कास्कीको पोखरा महानगरपालिका(२९ पुलचोक पट्टनेरी सेती खोँचमा सोही ठाउँ बस्ने ४७ वर्षीया मिठु राज वंशी सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 424 पटक पढिएको
  • कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि, उत्पादनमा दीर्घकालीन असर

    चितवन — चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ (CAV) संक्रमण देखिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले पछिल्लो तीन महिनाको परीक्षणबाट यो रोग पुष्टि गरेको हो।प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहित अन्य जिल्लाबाट परीक्षणका लागि ल्याइएका नमूनाहरूमा यो भाइरसको उपस्थिति फेला परेको हो। एलाइजा प्रविधिबाट गरिएको परीक्षणमा ९२ मध्ये ३१ नमूनामा — अर्थात् ३३ प्रतिशतमा — भाइरस पोजिटिभ देखिएको उनले जानकारी दिए।उनका अनुसार यो भाइरसले कुखुराको रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ, जसका कारण अन्य रोगले सजिलै आक्रमण गर्ने गर्छ। “सिधा मृत्यु नदेखिए पनि कुखुराको वृद्धि, उत्पादन

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 435 पटक पढिएको
  • युवालाई समृद्ध नेपाल निर्माणमा लाग्न प्रचण्डको आग्रह

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवामा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीबाट पार पाउँदै दिगो विकासका लक्ष्य प्राप्तिमा युवा वर्ग लाग्नुपर्नेमा उनले जोड दिएका छन् । साथै, अध्यक्ष दाहालले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा लाग्न युवा जमातलाई आह्वान गरेका छन् ।माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको उनले शुभकामना सन्देशमा स्मरण गर

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 441 पटक पढिएको
  • नक्कली भुटानी शरणार्थी प्रकरण: अदालतले साक्षी बयानका लागि सुनुवाइ तल्लो गियरमा

    काठमाडौँ – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधसम्बन्धी मुद्दामा साक्षीसँग बकपत्रका लागि पेसी तोकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा साक्षीको बकपत्रका लागि पेसी तोकिएको हो । साक्षीसँग बकपत्रपछि मुद्दाको अन्तिम सुनुवाइका लागि लैजाने अदालतको तयारी छ । दुई वर्षपछि अदालतले यसको सुनुवाइलाई निरन्तरता दिन लागेको हो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो । यो मुद्दामा थुनछेक आदेश भएयता ३

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 355 पटक पढिएको
  • अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी

    अमेरिका— अमेरिकाको मोन्टाना हवाईअड्डामा अवतरणका क्रममा एउटा सानो विमान त्यहाँ पार्क गरिएको अर्को विमानसँग ठोक्किएको छ । ठक्करका कारण विमानमा भीषण आगलागी हुँदा आकाशमा धुवाँको मुस्लो देखिएको छ ।उद्धार टोलीले तीव्र गतिमा उद्धार कार्य सुरु गरेको छ । विमानमा सवार कोही व्यक्तिलाई गम्भीर चोट नलागेको जानकारी गराइएको छ ।अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार, सोकाटा टीबीएम ७०० टर्बोप्रोप विमानले जमिनमा खाली रहेको अर्को विमानलाई ठक्कर दिएको थियो ।ठक्करपछि लागेको आगो घाँस भएको क्षेत्रमा फैलियो र कालो धुवाँको मुस्लो उठेको थियो ।मोन्टाना हवाईअड्डा कालिस्पेल हिरको दक्षिणी क्षेत्रमा अवस्थित छ । कालिस्प

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 517 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको मल आपूर्ति बैठक, स्वदेशमै उत्पादनको योजना पुनः छलफलमा

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दै हुनुहुन्छ ।प्रधानमन्त्रीले सो विषयमा आज अपराह्न छलफल गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव  गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाक्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । देशमा  मलको मौज्दात रहेको र आयातको क्रम पनि जारी रहेका बेला किसानले समयमा मल नपाएको गुनासो सार्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 595 पटक पढिएको
  • अन्ततः सहमतिमा पुगे माधव र झलनाथ, आक्षेप नगर्ने प्रतिबद्धता

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एकअर्काविरुद्ध सार्वजनिक आक्षेप नलगाउने भद्र सहमति भएको छ।केन्द्रीय कार्यालय आलोकनगरमा अरु नेताहरुसहित भएको छलफलमा एकअर्काविरुद्ध सार्वजनिक आरोप नलगाउन नेपाल र खनाल सहमत भएका हुन् । ‘पार्टीका नेताहरुले विधान र आचार संहिताभित्र रहेर बोल्नुपर्छ, त्यही कुरा भएको हो’ वरिष्ठ नेता वेदुराम भुसालले भने ।पूर्वप्रधानमन्त्रीहरु नेपाल र खनालले एकअर्कालाई पार्टी छोडेर जानसम्म भनेका थिए । नेता खनालले चार वर्षसम्म विद्रोह पुष्टि हुन नसकेको अन्तर्वार्ता दिएपछि नेपालले पार्टीबाट बिदा हुन सुझाव दिएका थिए ।नेपालले सार्वजनिक र

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 511 पटक पढिएको
  • विद्यालय शिक्षा विधेयक फेरि विवादमा

    काठमाडौं – एक महिनादेखि बस्न नसकेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साउन २२ गते बस्न सफल भयो । झण्डै २२ महिनादेखि जारी विद्यालय शिक्षा विधेयकको छलफल बिहीबार अन्त्य गर्दै विधेयक सर्वसम्मत पारित भयो ।यद्यपी प्रतिवेदन तयार हुन बाँकी रहेको ‘विद्यालय शिक्षा कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ टुङ्गोमा लाग्ने सम्भावना बढिरहेको बेला फेरि विवाद सिर्जना भएको छ । समितिकाे साउन २२ गते बसेको बैठकमा कार्यसम्पादन मूल्याङ्कन, प्राधानाध्यापक नियुक्ती भएपछि महासंघको सदस्यता स्वतः निस्क्रिय हुने, शिक्षकको बढुवा तीन प्रकारबाट हुने विषयमा सहमति जुटेपनि अहिले फेरि शिक्ष

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 514 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.