काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

जेन–जी आन्दोलनपछि पहिलोपटक बस्न लागेको बैठकका एजेन्डा सार्वजनिक भएका छैनन् । एजेन्डा टुंगो लगाउन बिहान ११ बजे कार्य सम्पादन समितिको बैठक बस्दै छ ।

कांग्रेसमा महाधिवेशन र नेतृत्व परिवर्तनको विषय जोडतोडका साथ उठेको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुने जनाइएको छ । २४ भदौमा जेन–जीको आक्रमणबाट घाइते भई उपचारपछि गोप्य रहेका देउवा आज सार्वजनिक हुन लागेका हुन् ।

बूढानीलकण्ठस्थित निवासमा आगजनी भएका कारण देउवा अन्यत्र बस्दै आएका छन् ।