उदयपुर— इलामबाट काठमाडौंतर्फ जाँदै गरेको कार उदयपुरको अधेरीमा गुडिरहेको बेला एक्कासि आगलागी भएको छ।
सोमबार बिहान उदयपुरगढी गाउँपालिका–७ स्थित अधेरीमा बा ९ च ८६६८ नम्बरको कारमा अचानक आगो लाग्दा सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिएका छन्।
दुर्घटनामा कारमा सवार ७ वर्षीय बालक आरोन सेनचुरी सामान्य घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।