खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडास्थित पिप्लेबेंसीमा १६ परिवारको बसोबास छ । सुनकोशी किनारमा पर्ने यस गाउँमा पुर्खाकै पालादेखि गाउँभरि उखुखेती हुन्थ्यो । हाल पनि यहाँका दश परिवारले यो खेती गरिरहेका छन् । यहाँका किसानले उखु बेच्दैनन्, त्यसलाई पेलेर सक्खर बनाएपछि मात्रै बजारमा पठाउँछन् । यहाँ विसं २०३८ मा स्थानीय किसानहरू मिलेर खरिद गरेको फलामे मेसिन छ । यही मेसिनमा हल गोरुको सहारामा उखु पेल्छन् । त्यसबाट निस्केको रस ठूलो फलामे कराहीमा पकाएर सखर बनाउँछन् । अचेल यस्तै काममा व्यस्त छन् यहाँका किसान ।स्थानीय कृषक बृहस्पति कार्कीले मेसिनमा पेलेर निस्किएको रस पकाउने र त्य सबा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकार गठन भएको दोस्रो सय दिन २०८१ माघ १७ गतेसम्म भएका प्रमुख कामहरुको विवरण सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी सचिव राधिका अर्यालले १७ गतेसम्म भएका प्रमुख कामहरुको विवरण सार्वजनिक गरेकी हुन् । सोही क्रममा उनले सबै स्थानीय तहमा हुलाक कार्यालय सञ्चालन गर्ने कार्यक्रम अन्तरगत ७ सय ५३ वटा स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएको बताइन् । उनले भनिन्, ‘सबै स्थानीय तहमा हुलाक कार्यालय सञ्चालन गर्ने भन्ने कार्यक्रम अन्तरगत ७ सय ५३ वटा तहमा हुलाक कार्यालय सञ्चालनमा आएको छ र यसमा पहिला भएको ७७ वटा जि
महोत्तरी । आफ्नो जग्गा भन्ने कानुनी प्रमाण नभएका महोत्तरीका भूमिहीन अब जग्गाधनी प्रमाणपत्र पाउने आशमा छन् । जिल्लामा सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले काम थालिएको बताएपछि अबचाहिँ लालपुर्जा पाइने आश भूमिहीन सुकुमबासीमा जागेको हो । ‘आफ्नो भनेर पुस्तौँदेखि झुप्रोमा बसेका त छौँ, तर हामीसँग लालपुर्जा छैन’, भङ्गाहा–४ रामनगरको दलितबस्तीका जुगल सदा मुसहर भन्छन्, ‘अब गरिबलाई लालपुर्जा दिने रे भन्ने सुन्छौँ, त्यसो भए हामी पनि लालपुर्जावाला हुन्थ्यौँ ।’ पछिल्लो पटक जिल्लामा भूमि समस्या समाधान आयोगका महोत्तरी अध्यक्ष पीताम्वर महतोले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३८, आलु रातो (भारतीय) प्रतिकेजी रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (
नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन भएको छ । सरावल गाउँपालिका–४ स्थित गोइनीमा निर्माण भएको सङ्कलन केन्द्र कार्यविधिको अभावमा प्रयोगविहीन भएको हो । केन्द्र सञ्चालन नहुँदा यहाँका किसानले आफ्नो उत्पादन बिक्री गर्न बर्दघाट, सदरमुकाम परासी र बुटवलसम्म लैजानुपर्ने बाध्यता छ । प्रदेश सरकार र पालिकाको समन्वयमा कार्यविधि बनाएर कृषिउपज सङ्कलन केन्द्र तत्काल सञ्चालन हुनुपर्ने किसानको माग छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा रु १५ लाखको लागतमा सङ्कलन केन्द्र निर्मा
दमौली (तनहुँ) । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक सय एक परिवारलाई रकम प्रदान गरिएको हो । क्षतिपूर्ति रकम अधिकतम रु तीन लाख र न्यूनतम रु १० हजार प्रदान गरिएको उनले बताए ।आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पा
काठमाडौँ । साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालुले चारदिने परदेश यात्रा सम्पन्न गरी साँखु फर्किएका छन् ।बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरू गरेका थिए । पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिने नियमानुसार गए राति बर्तालु साँखु पुगेका हुन् ।माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्पर
खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाइन् । ‘तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल
महोत्तरी । वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीसहित मधेसका बजारमा केशोर (माटोमुनि फल्ने फलविशेष) र बयर (रूखमा फल्ने फलविशेष) उत्पादक किसानको व्यस्तता बढेको छ । मधेसको पनि खासगरी प्राचीन मिथिला क्षेत्रमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरिने वसन्तपञ्चमी पर्वमा केशोर र बयर मुख्य प्रसाद सामग्री बन्ने परम्पराले अहिले यी फसलका बजार जम्दै गएका हुन् । यसपालि आउने सोमबार यो पर्व परेको छ ।मिथिलामा श्रीपञ्चमी पनि भनिने यो पर्वमा बस्तीबस्तीका शिक्षण संस्थामा विशेष उत्सवका रूपमा सरस्वती पूजनोत्सवको अनुष्ठान आयोजना गरिने परम्परा छ । कतिपय घरघरमा पनि वसन्तोत्सव मनाइने परम्पराले यो पर्वविशे
म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ ।रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमिटर कालोपत्र गर्न लागिएको बताए ।‘फराकिलो पार्ने, नाली, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा एकतर्फी प्राइम कोट (बिटुमीन) बिछ्याएर ‘फस्टकोट’ (बिटुमिन र चिप्स) राख्न थालिएको हो’, उनले भने, ‘बाङ्गेपहिरो छाडेर तोलावाङ, ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार नि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.