बाजुरा ।  बाजुरामा मतदाता नामावली दर्ता धमाधम भइरहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि  जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिइएको हो । 

असोज १० गतेदेखि सञ्चालन भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य विहान ८ बनेदेखि साँझ ६ बजेसम्म निरन्तर चल्ने गरेको जिल्ला निर्वाचन कार्यालय बाजुरामा निमित्त जिल्ला निर्वाचन अधिकारी अङ्गत बहादुर महत बताए ।

उनका अनुसार,हालसम्म तीन हप्ताको अवधिमा २२१ जनाले मतदाता नामावली सूचीमा नाम दर्ता गराएको बताएका छन् । जसमा पुरुष १३३ जना र महिला ८८ जना रहेको निमित्त जिल्ला निर्वाचन अधिकारी महतको भनाइ छ ।  

मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेको भए कार्तिक ३० गतेसम्म सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजे देखी वेलुका ६ बजेसम्म दर्ता गर्न हुनपनि उनले आग्रह गरेका छन् । मतदाता नामावली दर्ता गर्नेमा अधिकांश १६ देखि १८ बर्ष उमेर समुहमा युवायुवती रहेका महतले जानकारी दिए ।  

त्यस्तै त्रुटी सच्चाउने, बसाइँसराइ, अन्य जिल्लाबाट आउनेजाने ११ जना पुरुष र ६ जना महिला गरेर १७ जनाले त्रुटि सच्चाएका छन् । बाजुरामा नयाँ मतदाता थपिने क्रम जारी रहे पनि मृत्यु भइसकेका व्यक्तिहरुको मतदाता अद्यावधिक कार्य भने हट्ने सकेको छैन् । पूराना मतदाताको  नामावली अद्यावधिक नगर्ने परम्परा भने जिवितै छ ।

जिल्लामा ८६ हजार ५ सय ७५ मतदाता रहेका छन् । जसमा  ४४हजार ५ सय ३५ पुरुष र ४१ हजार ९ सय २० महिला रहेका छन् । त्यस्तै ११२ मतदान केन्द्र छन् भने ७० वटा मतदान स्थल रहेका छन् ।

बाजुरामा सबैभन्दा बढि मतदाता भएको स्थल खप्तड छेडेहद ५ डोगडी र सबैभन्दा कम हिमाली गाउँपालिका वडा नम्बर ३ रहेको छ। त्यहाँ क्रमश २ हजार ४ सय ६२ र ५ सय ४५ मतदाता रहेका छन्।