काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक १६.६७ अंकले बढेको छ । यसअघि लगातार तीन कारोबार दिन घटेर बन्द भएको नेप्से आजभने बढेर २५०३.८५ बिन्दुमा पुगेर रोकिएको हो ।

यसअघि बिहीबार १८.४० अंकले घटेको नेप्से २४८७.१७ अंकमा झरेर बन्द भएको थियो । यसदिन कुल ३२३ स्टकको २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपैयाँको कुल ६१ लाख ९९ हजार ९ सय कित्ता शेयर करोबार भएको छ । यसअघि ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको थियो । यस हिसाबले अघिल्लो कारोबारको तुलनामा आजभने कारोबार घटेको छ ।

आज सेन्सेटिभ इन्डेक्स २.१३, फ्लोट इन्डेक्स ०.९८ र सेन्सेटिभ फ्लोट इन्क्डेक्स ०.७२ अंकले बढेको छ । आज आत्मनिर्भर लघुवित्त शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्तको शेयर मूल्य आज प्रतकित्ता ६०९.९० रुपैयाँले बढेर ६७१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी यसदिन हिमालयन पावर पार्टनर लिमिटेड र भगवती हाइड्रोको शेयर मूल्यमाप नि सकारात्मक सर्किट लागेको छ । यसदिन हिमालयन ८०–२० को शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ६.१० प्रतिशतले घटेर १० रुपैयाँमा कारोबार भएको छ ।

यसदिन नेपाल रिइन्स्योरेन्स, हिमालयन डिस्टीलरी, युनियन हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।