समाचार

    Showing 8,981-8,990 of 19,621 items.
  • उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा

    लमजुङ । यहाँ उदिपुर देउरालीडाँडा पहिरो रोकथाम अन्तिम  चरणमा पुगेको छ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि निर्माण अझै २५ प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसीहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी नविन विष्टका अनुसार हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मस्र्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यतिबेला पहिरो रोकथामका लागि मस्र्याङ्दी नदी किनारमा काम भइरहेको उहाँको भनाइ छ । ४५ मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ । त्यस्तै, अब तीन सय मिटर सडक कालोपत्र र सडकमा

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 328 पटक पढिएको
  • ताकमका युवा राधाकृष्ण नाच संरक्षणमा

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका युवामौलिक राधाकृष्ण नाच संरक्षणमा जुटेका छन् । ताकम धार्मिक नाट्य समूहले लोप हुन लागेको राधाकृष्ण नृत्यको कलालाई नयाँ पुस्तालाई हस्तान्तरण गरेका हुन् । राधाकृष्ण नाचका कलाकार गोपाल आचार्यले नयाँ पुस्तालाई यो नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षणको प्रयास भएको बताए ।उनका अनुसार ताकममा मानव वस्तिरहेदेखिनै राधाकृष्ण नाच देखाउने चलन छ । कलाकारहरू वृद्ध भएका र केहीको निधन भएपछि राधाकृष्ण नाच संकटमा परेको थियो । ताकम र धवलागिरी गाउँपालिकाका साथै जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, मेला महोत्सवमा प्रर्दशन हुन थालेको छ । यो नाच म्याग्दीको

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 242 पटक पढिएको
  • आजको मौसमः तराईं तथा उपत्यकाका केही स्थानमा हुस्सुको सम्भावना

     काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । आज बिहान तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ  छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशहरू मधेश, बागमती, लुम्बिनीमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज बिहान देशका तराईं तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 312 पटक पढिएको
  • धनगढ़ीमा अत्याधुनिक बस पार्क बन्ने

    धनगढ़ी l कैलालीको धनगढीमा अत्याधुनिक बसपार्क निर्माण हुने भएको छ। नगर विकास कोषको ८० प्रतिशत र धनगढी उपमहानगरपालिकाको २० प्रतिशत गरेर झन्डै ८० करोडको लगानीमा अत्याधुनिक बसपार्क निर्माण गरिने भएको हो।नयाँ निर्माण हुने बसपार्कमा तीन सय गाडीहरू अट्ने छन्। बसपार्कमा लामो दुरी, छोटो दुरी, नगर बस, अटो लगाएतका सवारी राख्न मिलनेसमेत ठाउँ तयार हुने छ। दुई तलाको भवनमा प्रतिक्षालयहरू, नेपाल प्रहरी, स्तनपान कक्ष तथा सामाजिक सुरक्षाका लागि समेत ठाउँ राखिएको छ।धनगढी उपमहानगरपालिका–३ कालिकानगरदेखि पश्चिम क्षेत्रको खाली जग्गामा बसपार्क निर्माण गरिने जनाइएको छ। #Dhangadhi #kailali #buspark

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 135 पटक पढिएको
  • शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ

    ।.           काठमाण्डौl म्पनीको संचालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।कुल २७ करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात प्रदान हुनेछ ।

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 119 पटक पढिएको
  • वर्तमान सरकारले राम्रो काम गरिरहेको छ – देउवा

     काठमाडौं, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।  संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै देउवाले सरकारले आगामी दिनमा पनि राम्रो काम गर्नेमा पूर्ण विश्वस्त रहेको बताए ।  उनले विगतमा राजनीतिक स्थायित्व नहुँदा आर्थिक नोक्सानीका कारण यो सरकार बनेको भन्दै नेकपा एमालेको कार्यन्वयनमा कांग्रेस दृढ रहेको बताए । देउवाले कांग्रेस सात बुँदे कार्यान्वयनमा दृढ रहेको बताए ।  यो सहमति कार्यान्वयन गरिनेछ।  उनले अन्य राजनीतिक दल (सत्ताधारी)बाट पनि निरन्तर सहयोग पाउनेमा आफू विश्वस्त रहेको बताए ।

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 115 पटक पढिएको
  • झापाका विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली

    झापा । मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध खानेपानी र बिजुलीबत्ती निःशुल्क जडान गरिदिएको छ । वडाका अति विपन्न परिवारको पहिचान गरी बत्ती र खानेपानीको धारा निःशुल्क रूपमा जडान गरिरहेको वडाध्यक्ष दीपक बरालले बताए ।उनले वडाले गत वर्षदेखि विपन्नको घरमा टिनको छाना लगाइदिने र बत्ती पानी जडानका लागि बजेट नै विनियोजन गर्दै आएको बताए । उनले भने, ‘स्वस्थ रहनका लागि खानेपानी खान पाउनु सबैको अधिकार हो, त्यही उद्देश्यले खर्च गरेर धारा जडान र बत्ती बाल्न नसक्नेका लागि काम गरिरहेका छौं ।’उनले वडाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरको छाना फेर्ने, खानेपानीको धारा जडान गर्ने र बिजु

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 201 पटक पढिएको
  • ‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग

    चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरूले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर यहाँ आएका हुन् ।नेपाल डेरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहाल यसरी आएको दूध उक्त उद्योगले प्रशोधन नगरेको भए दूध फाल्नुको विकल्प नहुने बताउँछन् । उनले भने, ‘चितवन मिल्क नभएको भए तपार्इंले आज बिहान देखेको ट्याङ्करको दूध खोलामा फाल्नुको विकल्प थिएन ।’केही वर्षअघिसम्म दूध धेरै उत्पादन हुने

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 314 पटक पढिएको
  • सिक्लेसः प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो

    गण्डकी । वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुुङ्गैढुुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरू । कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ । गुरुङ समुदायको बाहुल्य रहेको सिक्लेस सांस्कृतिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । सिक्लेसको परिचय त्यतिमा मात्रै सीमित छैन, यो राजनीतिक रूपमा ऐतिहासिक थलो पनि हो । नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा पनि सिक्लेसलाई लिइन्छ । तत्कालीन समयमा सशस्त्र आन्दोलनरत नेपाल कम्युनष्टि पार्टी (माओवा

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 235 पटक पढिएको
  • नवलपुरको सदरमुकाम निर्माण स्थलका रुख काटियो

    त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण स्थलका रुख काटिएका छन् । जिल्लाको कावासोती नगरपालिका–३ मा नमुना सदरमुकाम निर्माण स्थलमा पर्ने छ सय ४२ रुखमध्ये पहिलो चरणमा ४७ रुख काटिएको हो । सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका सहायक इञ्जनियर कुन्दन तिवारीका अनुसार पहिलो चरणमा भवन निर्माण हुने स्थलका ४७ रुख काटिएको छ । विसं २०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना सदरमुकामको शिलान्यास गरेका हुन् । उक्त स्थानमा रहेका रुख हटाउने निर्णय नहुँदा काम अघि बढ्न सकेको थिएन । हालै मन्त्रिपरिषद्ले सदरमुकाम निर्माण स्थलका छ सय ४२ रुख कटा

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 159 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा