झापा— झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।
मृतु हुनेमा ४९ वर्षीय लोकबहादुर गाइने रहेका छन् । उनले करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गर्दै गर्दा आफैँ करेन्टमा परेर मृत्यु भएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार घटना आइतबार दिउँसो अमलखुट्टा खोलामा भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।