काठमाण्डौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ।
राति भने मौसम देशभर मुख्यतया सफा (लगभग पूरै आकाश सफा) रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ। मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।






































