समाचार

    Showing 8,881-8,890 of 19,621 items.
  • विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च

    घोडाघोडी (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिए ।यान सञ्चालन भएसँगै शोक र पीडाका बीच शवलाई आर्यघाटसम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य हुने बताउँदै अध्यक्ष कुँवरले भने, ‘विपन्न नागरिकका लागि यो शववाहनले सहयोग पुग्नेछ ।’शववाहन सञ्चालनसँगै सहयोग स्वरुप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत रु १० हजार उपलब्ध गराउने भएको छ । अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 277 पटक पढिएको
  • एक सय चालिसलाई स्वरोजगार बनाउँदै शुक्लाफाँटा

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले एक सय ४० जना युवालाई स्वरोजगार बनाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्थानीय तहमार्फत सञ्चालित लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत युवालाई व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने कार्य नगरपालिकाले अगाडि बढाएको छ । युवायुवतीलाई निःशुल्क रुपमा तालिम दिनका लागि आवेदन सङ्कलनको कार्य अगाडि बढाइएको कार्यक्रमका सहजकर्ता धनबहादुर चौधरीले बताए । ‘आवेदन सङ्कलनपश्चात् व्यवसाय सञ्चालन तथा लघु उद्यम सञ्चालन गर्न इच्छुकलाई पहिलो प्राथमिकतामा राखेर छनोट गर्छांै’, उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ स्वरो

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 317 पटक पढिएको
  • सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

    काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ ।सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन । 

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 241 पटक पढिएको
  • कुमारी सहकारी हिनामिना प्रकरणः प्रहरीद्वारा अनुसन्धान सुरू

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा पाँच जना सञ्चालक, व्यवस्थापक र कागजातहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप प्रमाण जुटाउन थालेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा छ हजार बचतकर्ता रहेको विसं २०६५ मा खुलेको कुमारी सहकारीको रू एक अर्ब ४९ करोड अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्ड

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 256 पटक पढिएको
  • कोसेली र मायाको चिनोको रूपमा तेह्रथुमे ढाका

    तेह्रथुम । देश–विदेशसम्म ख्याती कमाउन सफल तेह्रथुमे ढाका पछिल्लो समय तेह्रथुमको चिनो अर्थात् कोसेलीको रूपमा प्रयोग गर्ने प्रचलन बढेको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ रतनपुरकी लक्ष्मी लिम्बूले विदेशमा रहेका आफ्ना आफन्तलाई हातले बुनेका तेह्रथुमे ढाका कपडाका सामान कोसेलीको रूपमा पठाउने गरेको बताइन् ।बेलायतमा रहेका नन्द र हङकङमा रहेकी बहिनीले विशेषगरी चाडपर्वको समयमा ढाकाको कपडाको माग गर्ने भएकाले कोसेलीस्वरूप पठाउने गरेको उनले सुनाइन् । तेह्रथुमे ढाका कपडाबाट बनेका साडी, चोली, कोट, लिम्बू जातिको जातीय पहिरन मेख्लीजस्ता सामग्री आफन्तलाई कोसेलीको रूपमा पठाउने गरेको लक्ष्मीले सुनाइन् ।जिल्लामा आ

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 280 पटक पढिएको
  • हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक

    मनाङ । हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् । गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले मनाङ भ्रमण गरे । चिनियाँ नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएकाले जनवरीमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनका पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय मनाङले जनाएको छ । चीनका मात्रै एक सय ९९ पर्यटक यहाँ घुम्न आएका छन् ।एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार छिमेकी मुलुक भारतका एक सय छ नागरिकले भ्रमण गरेका छन् । गत वर्षहरुमा अफ सिजनमा खासै विदेशी पर्यटकको आगमन नहुने गरेकामा यस वर्ष बढ्दो क्रममा देखिएको हो । 

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 320 पटक पढिएको
  • कानुन व्यवसायी परिषद्को पार्षद्का लागि निर्वाचन हुँदै

    काठमाडौँ । कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार सातै प्रदेशमा निर्वाचन हुँदैछ ।परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचन मण्डलबाट एक जनाका दरले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्हरूको चयन गर्नुपर्ने व्यवस्थाअनुसार शनिबार निर्वाचन हुन लागेको हो ।बागमती प्रदेशको मतदान शनिबारबिहान १० बजेदेखि अपहरान्न ४ बजेसम्म सर्वोच्च अदालत परिसरमा निर्वाचन हुनेछ । बागमती प्रदेशका पार्षद् डा चन्द्रकान्त ज्ञवालीका अनुसार मुलुकभर परिषद्को पार्षद् छनोटका लागि ११ हजार मतदाताले मतदान गर्न पाउने छन् ।&n

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 228 पटक पढिएको
  • चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ ।आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने मौसम सफा रहने छ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 182 पटक पढिएको
  • तीस किलोको खुकुरी !

    रामपुर (पाल्पा) । एउटै खुकुरीको मूल्य रू एक लाख ११ हजारभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले तीस किलो तौल भएको रू एक लाख एघार एक सय ११ मूल्य पर्ने खुकुरी तयार पारेका छन् ।उनले तयार पारेको खुकुरी रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको छ । खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ । नेपालीको शानको रूपमा लिइने खुकुरीको महत्त्व जोगाइराख्न र नयाँ पुस्तालाई जानकारी दिन ३० किलो तौल भएको खुकुरी तयार पारेको बताए ।उनले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको छ । तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खु

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 262 पटक पढिएको
  • वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

    महोत्तरी । महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएको छ । पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो ।जिल्लाका गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूहमा पसेका जङ्गली हात्तीले उपद्रो मच्चाएका छन् । तीन वटाको समूहमा बस्ती पस्ने हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास–५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वा बताउँछन् । यसपालि पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको छ ।बिहीबार रातीमात्र हात्तीले

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 157 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा