काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।आइतबार पश्चिमी वायुको सामान्य प्रभावका रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै स्थानमा हल्का हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाल
धनुषा । छैटौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत शनिबारको विशेषसत्र ‘मधेसको मत’ले मधेसको राजनीति, जनचेतना र बदलिँदो सामाजिक संरचनाबारे गहन गन्थनमन्थन गरियो । सांसदहरु मनिष सुमन, योगेश भट्टराई र डा अमरेशकुमार सिंहले उक्त सत्रमा आफ्ना विचार व्यक्त गरेका थिए । तीनैजनाले मधेसको वर्तमान राजनीतिक अवस्थादेखि सामाजिक संरचनासम्मका विविध पक्षबारे उजागर गरे ।सांसद सुमनले मधेसी जनतामा विद्यमान असन्तोष, राजनीतिक व्यवस्थाप्रतिको भरोसाको कमी र विकेन्द्रीकरणको क्रममा देखिएका अवरोधबारे विश्लेषण प्रस्तुत गर्दै भने, ‘मधेसमा अहिलेको सबैभन्दा ठूलो चुनौती राजनीतिक रूपमा सम्पूर्ण जनसमुदायलाई आवद्ध गर्नसक्ने नेतृत्वको अभ
लमजुङ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुनसकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो । निर्माणमा संलग्न निर्माण व्यवसायीले बीचमे काम छाडेका छन् । यसबाट स्थानीय तथा पर्यटकलाई समस्या भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, ‘पहिरो रोकथामको काम जटिल रहेको कारण देखाउँदै काम बन्द गरिएको छ ।’भौगोलिक बनावट कठिन हुँदा काम गर्दा माथिको डाँडा नै खस
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को व्यवस्थित विकास र प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ को मस्यौदा तयार पारेको छ ।कृत्रिम बौद्धिकताका माध्यमबाट देशको सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा रूपान्तरणकारी परिवर्तन ल्याउने लक्ष्य रहेको नीतिको मस्यौदाउपर मन्त्रालयले सुझाव माग गरेको छ । ‘नेपालमा एआई प्रविधिको प्रयोग बढाउन, अनुसन्धान र विकासलाई प्रोत्साहन गर्न, सुशासन र सार्वजनिक सेवा सुधार गर्न, नयाँ व्यापारिक अवसर सिर्जना गर्न, नवप्रवर्तनलाई प्रवर्द्धन गर्न र एआई प्रविधिक
दिपायल (डोटी) । अपाङ्गता भएका यहाँका व्यक्तिलाई उनीहरुका घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन् ।शारीरिक रूपमा पूर्ण अशक्त उनीहरु नागरिकता लिन प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको प्रजिअ जोशीले बताए । उनले भने, ‘हामीले एक मानसिक तथा शारीरिक र एक शारीरिक रूपमा अशक्तलाई नागरिकता उपलब्ध गराएका छौँ । उहाँहरूले पहिले नाबालक परिचय पत्रबाट सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको रहेछ ।’जिल्ल
पर्वत । ट्रयाक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडक कालोपत्र हुने भएको छ । विसं २०४९ मा ट्रयाक खोलिएको भए पनि हालसम्म उक्त सडक कच्ची छ । उक्त सडकखण्डअन्तर्गत भुम्रे–अर्चलबोट–तमादी–डुम्रेभञ्ज्याङसम्मको कालोपत्र बजेट अभावले रोकिएकामा पुनःबजेट विनियोजन भएपछि काम थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि रु चार करोड विनियोजन भएपछि सडक निर्माण अघि बढाइएको हो । मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलील
काठमाडौं । उद्योग वाणिज्य महासंघ र पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारले गर्दा पाथीभराको धार्मिक आस्थामा कुनैपनि प्रभाव नपारेको बताएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पाथीभरा केबलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताए । उनले भने, ‘मिडियाहरुमा माथि फाइभ स्टार होटलहरु छ रे, डेटिङ्हरु बस्ने गरेका छन् रे भन्ने खालको एकदमै गलत प्रचार भएको छ । यसको साथै त्यहाँको भेटी पाथीभरा केबलकारले उठाउने गरेको छ भन्ने कुरा पनि छ । तर भेटीसँग केबलकारको कुनै सरोकार, नाता नै छैन् । यो केबलकारले कुनै
काठमाडौं । खानेपानीमन्त्री प्रदिव यादवले सिहदरबार स्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन् । शनिबार संचारकर्मीहरुसँगको कुराकानीका क्रममा घट्नाबार अनुसन्धान भइरहेको प्रष्टाएका हुन् । उनले आगलागीमा कुनैपनि आवश्यक कागजपत्रहरु नजलेको बताए । डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्वपुर्ण कागजपत्रहरु जोगिएको बताए । उनले भने, ‘महत्वपूर्ण कागजपत्रहरु बचेका छन् । कुनैपनि आवश्यक कागजपत्रहरु मेरो टेबुलमा थिएन । डकुमेन्ट हस्ताक्षर गरेर सचिवलाई पठाइहाल्ने बानी छ । कहिलेपनि टेबुलमा फाइल रहँदैन थियो । त्यसकारण पनि अफिसियल कागजपत्र जलेका छैनन्
काठमाडौँ । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीबाट दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन । आगलागीबाट मन्
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र निर्धारण गरेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्थ गर्न लागिएको कामपा वातावरण व्यवस्थापन विभागले जनाकारी दिएको छ ।वातावरण विभागको प्रमुख सरिता राईका अनुसार छ वटै क्षेत्रमा एक एक वटा ट्रान्फरस्टेसन तयार गरी उक्त स्थानबाट फोहरको अन्तिम व्यवस्थापनको लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याको आधारमा क्षेत्र निर्धारण गरेको हो । स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्रै व्यवस्थापन गरिने राईको भनाइ छ । काठमाडौँ उपत्यकाको १८
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.