समाचार

    Showing 8,741-8,750 of 19,621 items.
  • आजको मौसमः सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

    काठमाडौँ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र  कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ ।  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 169 पटक पढिएको
  • देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी सङ्कलन

    चितवन । देवघाटधाममा माघ महिनाभर सञ्चालन गरिएको देवघाट महा–महोत्सव २०८१ मा रु २७ करोड ४५ लाख ५७ हजार नौ सय ८० सङ्कलन भएको छ । आयोजक विश्वजागरण महाअभियान ट्रष्टले आज देवघाटमा गरेको पत्रकार सम्मेलनमा आयव्यय सार्वजनिक गर्दै महा–महोत्सवमा देशका विभिन्न जिल्लाबाट र विदेशबाट आएका भक्तजनबाट सो रकम सङ्कलन भएको जानकारी दिएको हो । यसबाहेक भक्तजनबाट बोलकबोल रु ८० लाख सङ्कलन हुन बाँकी छ । महा–महोत्सवका संयोजक डा केशवराज भुर्तेलका अनुसार देश विदेशबाट यहाँ आएका करिब ३० लाख भक्तजनबाट सो रकम सङ्कलन गरिएको हो । उनले महोत्सव सम्पन्न गर्न रु तीन करोड ४८ लाख ४८ हजार एक सय सात खर्च भएको पनि जानकारी दिए ।म

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 339 पटक पढिएको
  • सडक दुर्घटनाः छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन

    काठमाडौँ ।  चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सडक दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सडक दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ ।गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्य

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 287 पटक पढिएको
  • वैदेशिक रोजगारमा ठगिएकाको उद्धारमा सक्रिय बन्दै आप्रवासी स्रोत केन्द्र

    ढोरपाटन (बागलुङ) । आप्रवासी स्रोत केन्द्र बागलुङले वैदेशिक रोजगारमा गएर समस्यामा परेका सात जनाको उद्धार गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा ११ को उद्धारका लागि उजुरी परेकामा हालसम्म सात जनाको उद्धार भएको हो । खासगरी साउदी, दुबई, कतार, कुवेतलगायत गाडी मुलकमा पुगेर समस्यामा परेकाहरूको उद्धार गरिएको आप्रवासी स्रोत केन्द्र बागलुङकी सूचना अधिकारी तथा परामर्शकर्ता गङ्गा शर्मा रिजालले जानकारी दिइन् । वैदेशिक रोजगारमा गएका कामदारले समयमा तलब नपाउने, बिदामा नेपाल फर्किन नपाउनेलगायत समस्यालाई विभिन्न निकायसँग सहकार्य गरी उद्धार गरिएको उनको भनाइ छ ।रिजालका अनुसार ठगी, मृत्युलगायत ९० उजुरी परेका

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 189 पटक पढिएको
  • मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा

    म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो । स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्यमात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताए । ‘जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो’, उनले भने, ‘कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्यटन प्रवर्द

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 153 पटक पढिएको
  • हलेसी बजारका आगलागीपीडितका लागि रु ११ लाख बढी राहत सङ्कलन

    खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी बजारका आगलागीपीडितका लागि एकैदिनमा रु ११ लाख पाँच हजार राहत रकम सङ्कलन भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकामा कार्यरत स्थायी निजामती कर्मचारी, करारका कर्मचारी र शिक्षकबाट रु १० लाख तथा उद्योग वाणिज्य सङ्घ हलेसी शाखाले रु ५० हजार, खोटाङ प्राकृतिक विपद् व्यवस्थापन कोषले रु ४० हजार र सुदेवी कन्स्ट्रक्सन प्रालि हलेसीले रु १५ हजार सहयोग उपलब्ध गराएको हो । आगलागीपीडितका लागि जनप्रतिनिधि र स्थायी निजामती कर्मचारीको दुई÷दुई दिन तथा शिक्षक र करारका कर्मचारीको एक÷एक दिनको सेवासुविधा उपलब्ध गराएका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 186 पटक पढिएको
  • जिम्मेवार पत्रकारिताका लागि राससको भूमिका माथि चर्चा

    भद्रपुर । जिम्मेवार पत्रकारिताको सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) अगाडि रहेको कार्यक्रमका सहभागीले बताएका छन् ।राससको ६४ औं वार्षिकोत्सवको अवसरमा  झापाको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयमा झापाली पत्रकारहरु बीचको अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले जिम्मेवार पत्रकारिताको सवालमा राससको भूमिका महत्वपूर्ण  रहेको बताए।कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपाल सदस्य गणेश पोखरेलले नेपाली मिडियाका लागि रासस अनिवार्य र अपरिहार्य रहेको बताए । उनले नेपालका साना–ठूला सबै मिडियाले ५० प्रतिशत भन्दा बढी समाचार राससकै प्रयोग गर्ने गरेको बताए ।राससका सम

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 218 पटक पढिएको
  • गिरिबन्धु टी इस्टेटको जग्गाका विषयमा सरकारका नाममा कारण देखाउ आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको उल्लेख गर्दै दर्ता भएको अवहेलना निवेदनमा सरकारका नाममा कारण देखाउ आदेश गरेको छ ।न्यायाधीशहरू सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले सात दिनभित्र लिखित जवाफ माग्नुका साथै सम्बन्धित मुद्दाको फाइल राख्न आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम अदालतको अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? कारबाही हुन नपर्ने कानुनबमोजिमको आधार कारण भए यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू ।’आदेशमा संवै

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 161 पटक पढिएको
  • प्रकृती लम्सालको न्यायको माग गर्दै भारतीय दूतावास अगाडि अनेरास्ववियू प्रदर्शन

    काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९अनेरास्ववियू०ले भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । सोमबार भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि ज्यादती भएको भन्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा रुपन्देहीको प्रकृती लम्साल रहेको बताइएको छ ।   सोही क्रममा अनेरास्ववियूका अध्यक्ष समिक बडालले प्रकृती लम्सालको हत्या भएको भनेर हत्याराल

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 247 पटक पढिएको
  • भारतमा कार दुर्घटनाः रुपन्देहीका तीन जनाको मृत्यु

    भैरहवा (रुपन्देही) । भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ४० वर्षीया दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता शर्मा रहेका छन् । महाकुम्भबाट स्नान गरेर फर्किने क्रममा भारतको आजमगढ नजिकै उनीहरू सवार कार सडक छेउको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेको भारतकै आजमगढ र गोरखपुरमा उपचार भइरहेको प्रहरी उपरीक्ष

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 213 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा