समाचार

    Showing 8,681-8,690 of 25,668 items.
  • तेताङमा बाढीले १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

    मुस्ताङ— वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पु¥याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ । अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेको र विवरण आउन बाँकी रहेको उनले बताए ।यसैगरी मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिए । तेताङमा कर

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 649 पटक पढिएको
  • रास्वपाको बृहत् राजनीतिक संवाद सुरु, डा. बाबुराम र रेशम चौधरीको उपस्थिति

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रम शुक्रबारबाट सुरु भएको छ।सुशासन, स्थायित्व र राजनीतिक सहकार्यको सम्भावनाबारे छलफल गर्न आयोजित यो कार्यक्रम बालुवाटारस्थित एक होटलमा भइरहेको रास्वपाले जनाएको छ।संवादमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी समेत सहभागी भएका छन्।रास्वपाका अनुसार भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको भावना र राजनीतिक सन्देशलाई आत्मसात गर्दै नयाँ राजनीतिक विकल्पबारे सहमति खोज्ने उद्देश्यले यो संवाद आयोजना गरिएको हो।

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 600 पटक पढिएको
  • काठमाडौंमा फोहोर नउठ्ने, घरमै सुरक्षित रूपमा राख्न महानगरको आग्रह

    काठमाडौं— काठमाडौं महानगरपालिकाले आगामी सूचना नआएसम्म उपत्यकाभित्रको फोहोर मैला नउठ्ने जनाएको छ। फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएकाले घर वा कम्पाउन्डभित्र सुरक्षित रूपमा फोहोर राख्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ।महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार जारी गरेको अत्यावश्यक सूचनामा भनिएको छ, “उपत्यकाको फोहोर अन्तिम विसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएको कारण अहिले फोहोर विसर्जन सम्भव छैन।”फोहोर ढुवानी र विसर्जन कार्य अवरुद्ध भएपछि महानगरले सडक, गल्ली र सार्वजनिक स्थलमा फोहोर नफाल्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 571 पटक पढिएको
  • जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट गर्ने ३ पक्राउ

    काठमाडौैं— राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहर

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 699 पटक पढिएको
  • पे्रस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार

    काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा गएराति ढुंगा प्रहार भएको छ । शुक्रबार प्रेस चौतारी नेपालले एक विज्ञप्ति जारी गर्दै लमजुङको सदरमुकाम बेँशीसहरस्थित पाण्डेको घरमा मध्यरात अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरी झ्यालको सिसा फुटाएको जनाएको छ । पाण्डेका अनुसार उनकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ । सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन्  । प्रेस चौतारी नेपालले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।विज्ञप्तिमा भनिएको छ, ‘प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्ला सदरमुकाम बेशीसहर

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 306 पटक पढिएको
  • रुस–युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

    एजेन्सी । रुस र युक्रेनबीचको युद्ध जारी छ । बिहीबार रुसले पोक्रोभस्कमा युक्रेनी सेनाको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।रुसी रक्षा मन्त्रालयका अनुसार एक दिनमा, रुसी सेनाले दुई बस्तीहरू नियन्त्रणमा लिएको छ । साथै युक्रेनी लामो दूरीको ड्रोन एसेम्बली र भण्डारण स्थलहरू, रेलवे पूर्वाधार, गोलाबारुद डिपोहरू र अस्थायी तैनाती बिन्दुहरूमा प्रहार गरेको मन्त्रालयले जनाएको छ ।उनीहरूले डोनेट्स्कको पोक्रोभस्कमा घेरिएका युक्रेनी सेनामाथि पनि प्रहार गरेको दाबी गरेका छन् । रूसी वायु रक्षा प्रणालीले आठ सटीक हवाई बमहरू, तीन अमेरिकीमा निर्मित रकेटहरू र ड्रोनहरू खसालेको जनाएको छ ।सोही दिन, युक्रेनी सशस्त्र सेनाक

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 391 पटक पढिएको
  • खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

    मुगु— मुगुको पश्चिमी भेगमा पर्ने खत्याडगाँउपालिका वडा नम्बर १० का कृषकले लगाएको धानमा बाला नलागेपछि खेतमै आगो लगाएका छन् ।खडेरी परेर धान उत्पादन नभएपछि कृषक आक्रोशित बनेका हुन् । गत जेठ–असारमा खत्याडगाँउपालिका वडा नम्बर १० ह्रायाङ्खु गाँउका कृषकले लगाएको धानमा फल नलागेपछि कृषक चिन्तित बनेका हुन् ।  उक्त क्षेत्रका एक सय २५ घर परिवारले धान लगाएको खेतमा  आगो लगाएका हुन् । हयाङ्खु बासीहरुको मुख्य खाद्यान्न बाली धान हो । भुवा अर्थात पाखे खेत गर्ने जमिन निकै कम भएको हुँदा बर्षभरी धान खतीमार्फत जीवन निर्वाह गर्दै आएका कृषक खडेरीको मारमा परेका हुन् ।खत्याड गाउँपालिका १० का ६५ बर्षीय कृष

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 691 पटक पढिएको
  • बेमौसमी वर्षाले सर्लाहीको धान बालीमा क्षति

    सर्लाही— मङ्गलबार बिहानदेखि परेको अविरल बेमौसमी वर्षाले सर्लाहीका किसानको मुख्य बाली धानमा ठूलो क्षति पु¥याएको छ । तिहार लगत्तै भित्र्याउने तयारीमा रहेका किसानहरू अहिले फलेको धान खेतमै नष्ट भएपछी चिन्तित बनेका छन् ।कोडैनाका किसानहरूको अनुसार खेतमा काटेर सुकाउन राखिएको धान पानीमा डुबेको छ भने अझै नकाटिएका बालीमा पनि बाला झर्ने समस्या देखिएको छ। ‘धान काटेर घरमा ल्याउने तयारीमा थियौँ, तर वर्षाले सबै भिजायो,’ एक किसानले दुखेसो पोख्दै भने, ‘धान भित्र्याउने तयारी भइरहँदा पानी परेर क्षति भयो।’जिल्लाका विभिन्न ठाउँ अहिले जलमग्न छन् । लगातारको वर्षाले खेतबारीमा पानी थामिन नसकेपछि धान भित्र्याउने काम रो

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 752 पटक पढिएको
  • अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल

    बाजुरा— बाजुरामा उत्पदित अर्गानिक मकैको माग बढ्दै गएको छ । पछिल्लो समय यहाँको नौंवटै स्थानीय तहमा उत्पादित मकैको माग देशका ठुला शहरमा बढ्न थालेको हो । बाजुराका अधिकाशं गाउँ बस्तीमा मकै खेती राम्रो उत्पादन हुने गरेको छ । मकै राम्रो उत्पादन भए पनि खेती भने जोगाउनै मुस्किल हुने गरेको छ । जङ्गली जनावर बाँदरका कारण मकै खेती सखाप हुदै आएको हो ।मकै अन्य बालीहरु भन्दा धेरै खपत हुने बालीको रुपमा पर्छ । खच्चरहरुलाई दाना खुवाउनदेखि बिभिन्न परिकार, तेल, इन्धन, चिनी ,रक्सी बनाउन यसको प्रयोग गर्ने गरिन्छ ।पहिले बाजुराका कृषकहरुले कमै मात्रामा खेती गर्थे । तर पछिल्लो समय मकैको महत्त्व, माग बढ्दै गएकोले

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 650 पटक पढिएको
  • नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास

    सर्लाही— सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो (बिहीबार) साँझ आक्रमणको प्रयास भएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी बजारस्थित प्रमुख प्रशासकीय अधिकृत साह बस्दै आएको क्वार्टरमा केही वडाध्यक्षको नेतृत्वमा स्थानीय समूह पुगेको र तोडफोडसहित आक्रमणको प्रयास गरिएको प्रहरीले जनाएको छ ।आक्रोशित वडाध्यक्ष र स्थानीयले मेयर र प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीमै बसेर कार्यालय सञ्चालन गर्दै अनियमितता गरेको र जनताका समस्यातर्फ उदासिन रहेको आरोप लगाएका छन् । उनीहरूले कोठामा रहेका टेबल, कुर्सी र अन्य सामग्रीसमेत तोडफोड

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 565 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.