समाचार

    Showing 8,681-8,690 of 19,618 items.
  • लुम्बिनीमा त्रिपिटक वाचन गरिने

    काठमाडौँ । अखिल नेपाल भिक्षु महासङ्घले यही फागुन २० देखि २५ गतेसम्म लुम्बिनीमा त्रिपिटक वाचन गर्ने भएको छ । मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा बौद्ध साहित्यको प्रचारप्रसार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) गर्न लागिएको हो ।शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि करिब ४५ वर्षसम्म विभिन्न स्थानमा निरन्तर प्रदान गरेका उपदेश तथा आध्यात्मिक ज्ञान सङ्ग्रहित ग्रन्थ त्रिपिटक हो । महासङ्घका कोषाध्यक्ष भिक्षु बोधिज्ञानका अनुसार अभिधर्म, सुत्र र विनय गरी तीन भागमा वर्गीकरण गरिएको त्रिपिटकलाई बौद्ध साहित्यमा

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 194 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ । सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यसैगरी आज चाँदी प्रतितोला रु एक हजार नौ सय ७० मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 301 पटक पढिएको
  • वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात

    वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए ।‘पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो’, उनले भने । गत आवको सात महिनाको अवधिमा भने रु एक खर्

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 249 पटक पढिएको
  • धनगढीमा ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन

    गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलस्थित बायोग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले दैनिक ३० हजार किलो सड्ने र दुर्गन्ध फैलाउने फोहर व्यवस्थापन गर्दै आएको छ । बायोग्यास प्लान्टले खपत गर्नेमध्ये दैनिक करिब आठ हजार किलो फोहरमैला धनगढी उपमहानगरले उपलब्ध गराउने गरेको देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरका सञ्चालक रवीनकान्त पन्तले बताए । उनले बाँकी फोहर गौशाला, कुखुरा फार्म आदिबाट सङ्कलन गरेर ल्याउने गरेको बताए । घरबाट निस्कने तरकारी, खानाजन्य फोहर, सडेगलेका फलफूल, गोबर, कुखु

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 212 पटक पढिएको
  • किसानको आयआर्जन बढाउन बगरखेती प्रवद्र्धन

    बनियानी (झापा) । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।युएनडिपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगरखेती कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले गरिरहेको उनले बताए ।‘विपन्न नागरिकका लागि आयआर्जनको माध्यम सिर्जना गर्नुका साथै भूमिमा उनीहरूको अधिकार सुनिश्चित गर्ने लक्ष्य रहेको छ’,

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 261 पटक पढिएको
  • यस्तो छ ,आजको तरकारी र फलफूलको मूल्य

    काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) को न्यूनतम मूल्य अधिकतम रु ५०, गोलभेँडा ठूलो नेपालीको गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २२, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७५, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 180 पटक पढिएको
  • आजको मौसमःयी स्थानमा हिमपातको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।यस्तै,आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।त्यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाकाले जनाएको छ।

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 282 पटक पढिएको
  • धवलागिरिमा १३ जलविद्युत् आयोजना

    म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको विकास हुने अपेक्षा गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ९० दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजना निर्माण सुरु भएका बताउँदै ७१ दशमलव पाँच मेगावाट क्षमताका दुई आयोजना निर्माण प्रक्रियामा रहेका जानकारी दिए । विद्युत् विकास विभागका अनुसार धवलागिरिको भूगोलमा थप ७६ दशमलव २३ मेगावाट क्षमताका न

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 181 पटक पढिएको
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४२  पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ७४ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा तय गरिएको

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 330 पटक पढिएको
  • बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

    ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ । त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले बागलुङलाई सिधैँ चीन र भारतसँग जोडेको हो । झण्डै १४ वर्ष अघि सुरु भएको करिडोर आयोजना निर्माणले अहिले तीव्रता पाएको छ । करिडोर विस्तारपछि पछिल्लो समय सडक छेउछाउमा बस्ती बस्न थालेका छन् ।ग्रामीण क्षेत्रबाट झरेर करिडोरको आसपासमा व्यापार व्यवसाय गर्ने पनि बढ्दै गएका छन् । नवलपुरको गँैडाकोटबाट कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको करिडोर बागलुङ खण्डमा मात्रै ३४ किमी पर्दछ । करिडोरले बागलुङको जैमिनी नगरपालिका क्षेत्रका बासिन्दाको

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 223 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा