काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रम शुक्रबारबाट सुरु भएको छ।

सुशासन, स्थायित्व र राजनीतिक सहकार्यको सम्भावनाबारे छलफल गर्न आयोजित यो कार्यक्रम बालुवाटारस्थित एक होटलमा भइरहेको रास्वपाले जनाएको छ।

संवादमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी समेत सहभागी भएका छन्।

रास्वपाका अनुसार भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको भावना र राजनीतिक सन्देशलाई आत्मसात गर्दै नयाँ राजनीतिक विकल्पबारे सहमति खोज्ने उद्देश्यले यो संवाद आयोजना गरिएको हो।