काठमाडौं— काठमाडौं महानगरपालिकाले आगामी सूचना नआएसम्म उपत्यकाभित्रको फोहोर मैला नउठ्ने जनाएको छ। फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएकाले घर वा कम्पाउन्डभित्र सुरक्षित रूपमा फोहोर राख्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ।
महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार जारी गरेको अत्यावश्यक सूचनामा भनिएको छ, “उपत्यकाको फोहोर अन्तिम विसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएको कारण अहिले फोहोर विसर्जन सम्भव छैन।”
फोहोर ढुवानी र विसर्जन कार्य अवरुद्ध भएपछि महानगरले सडक, गल्ली र सार्वजनिक स्थलमा फोहोर नफाल्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

 
                     
                                        
                                                                                                 
        








 
        





























 
        