समाचार

    Showing 8,641-8,650 of 25,668 items.
  • पहिराले कागबेनी–कोरला सडक अवरुद्ध

    मुस्ता। यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो  सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो । कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने बताउनुभयो । उहाँका अनुसार ती स्थानमा सडक संरचना सहित वर्षाले सञ्चार सेवा समेत प्रभावित बनेको छ ।  कागबेनीदेखि वाराग

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 451 पटक पढिएको
  • पहिराले कान्तिलोकपथ अवरुद्ध

    बागमत। काठमाडौँ जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ ।  अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा ढुङ्गा खस्दा सो सडकमा आवातजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । पहिरो पन्छाएर सडक सञ्चालन गराउन डोजर र जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभयो ।  त्यसैगरी, हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक अझै सञ्चालन हुनसकेको छैन । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझबाट सो सडक अवरुद्ध भएको थियो । प्रहरी नायब उपरीक्षक ब

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 370 पटक पढिएको
  • सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि !

    म्याग्द। सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय  पर्यटकीय आकर्षक स्थल बनेको छ ।  अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो ।  यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । प्रवेश शूल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का पाएका व्यवसायी सुदीप पुर्जा पुनले यसपालि मौसम र राजनीतिक अवस्था प्रतिकूल हुँदा अपेक्षाकृत सङ्ख्यामा पर्यटक नआए

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 438 पटक पढिएको
  • ‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै

    काठमाडौ। बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँ

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 373 पटक पढिएको
  • काठमाडौंको फोहोर व्यवस्थापनमा शहरी विकास मन्त्री घिसिङको पहल, बञ्चरेडाँडा पुगे

    काठमाडौं— काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्या अगाडि आएपछि शहरी विकास मन्त्रालयको समेत जिम्मा पाएका मन्त्री कुलमान घिसिङ आइतबार बिहान बञ्चरेडाँडा पुगेका छन्।ल्यान्डफिल्ड साइटमा उनले अनुगमन गरेर स्थानीय वासिन्दासँग संवाद पनि गरेका छन्। यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि मन्त्री घिसिङले सर्वसाधारणसँग समस्या र समाधानको संक्षिप्त कुराकानी गरे।शुक्रवारदेखि स्थानीयले फोहोर बोकेको गाडीहरुलाई ल्याण्डफिल्ड साइटमा जान दिएका छैनन्। उनीहरुले माग सुनुवाइ नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन्।यसअघि मन्त्रालयमा स्थानीय, जनप्रतिनिधिसहितको

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 567 पटक पढिएको
  • नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

    काठमाडौं— नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर आह्वान) भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको छ । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको  छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भएतापनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन । मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनक

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 534 पटक पढिएको
  • मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो

    हेटौंडा— बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित कुलेखानी जलाशयमा पानीको सतह बढेको छ । असोज १७ र १८ गतेको अविरल वर्षाका वर्षाका १५१२ मिटर पुगेको जलाशयको सतह पछिल्लो वर्षाले सामान्य बढेको हो ।शनिबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५  सय १६ दशमलव १२ मिटर पुगेको सशस्त्र प्रहरी बल सिमखोला का प्रहरी निरीक्षक अमृत थापाले बताएका छन् ।चित्लाङ, मार्खु, फाखेल, वज्रवराहीलगायत जलाधार क्षेत्रमा कार्तिक १४ र १५ गते  शुक्रवार र शनिबार वर्षा भएकोले जलाशयमा पानी

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 557 पटक पढिएको
  • लगातार वर्षाले कान्तिलोकपथ ठप्प, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

    मकवानपुर— अविरल वर्षासँगै हेटौँडा–काठमाडौं जोड्ने प्रमुख राजमार्ग कान्तिलोकपथमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिकै सडकमा ढुङ्गा र माटो खस्दा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन डोजर र जनशक्ति परिचालन गरिएको भएपनि लगातारको वर्षाका कारण माटो र ढुङ्गा झर्ने क्रम नरोकिएपछि काममा कठिनाइ आइरहेको उनको भनाइ छ।यस्तै, हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली मार्ग पनि अझै सुचारु हुन सकेको छैन। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा शनिब

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 521 पटक पढिएको
  • काठ बोकेको ट्याक्टर भिरबाट खस्दा चालकसहित २ जनाको मृत्यु

     भोजपुर— भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।शनिबार षडानन्द नगरपालिका –४ दुबेस्थित चाम्लादाङबाट काठ लिएर दिङ्ला आउँदै गरेको प्रदेश नम्बर १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर  अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दिपक श्रेष्ठले जानकारी दिए।श्रेष्ठका अनुसार काठ बोकेको ट्याक्टरमा एकादशी मेलाबाट फर्किँदै गरेका यात्रु पनि सवार थिए। ट्याक्टरमा सवार ६ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर सडकबाट झण्डै ३० मिटर तल खसेको छ।मृत्यु हुनेमा ट्याक्टर चालक षडानन्द नगरपालिका –४ केराबारीका २५ वर्षीय

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 475 पटक पढिएको
  • प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुन्छः मुख्यमन्त्री बानियाँ

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनता र प्रदेश दुवैको आम्दानी बढाउने बजेट बनाउनुपर्ने बताएका छन् । उनले प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुने भन्दै अबको बजेटले रोजगारी सिर्जना र आर्थिक उत्पादनशीलता वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।शनिबार हेटौंडामा आयोजित ‘वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा’ विषयक एकदिवसीय अन्तत्र्रिmयात्मक गोष्ठी उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले राजनीतिक उद्धेश्य पूरा गर्नमात्र बजेट बनाउने पुरानो परिपाटी अन्त्य हुनुपर्ने बताए । उनले भने, ‘लगानीबाट प्रतिफल आउनुपर्ने र त्यस प्रतिफललाई पुनः अन्य क्षेत्रमा लगानी गर्नसक्ने

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 544 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.