काठमाडौं— काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्या अगाडि आएपछि शहरी विकास मन्त्रालयको समेत जिम्मा पाएका मन्त्री कुलमान घिसिङ आइतबार बिहान बञ्चरेडाँडा पुगेका छन्।
ल्यान्डफिल्ड साइटमा उनले अनुगमन गरेर स्थानीय वासिन्दासँग संवाद पनि गरेका छन्।
यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि मन्त्री घिसिङले सर्वसाधारणसँग समस्या र समाधानको संक्षिप्त कुराकानी गरे।
शुक्रवारदेखि स्थानीयले फोहोर बोकेको गाडीहरुलाई ल्याण्डफिल्ड साइटमा जान दिएका छैनन्। उनीहरुले माग सुनुवाइ नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन्।
यसअघि मन्त्रालयमा स्थानीय, जनप्रतिनिधिसहितको बैठक पनि भएको थियो।






































