समाचार

    Showing 8,411-8,420 of 25,667 items.
  • ग्याँसगन सहित एक जना पक्राउ

    काठमाण्डौ ।  काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने कैलाली घर भएका २१ वर्षीय मनोज ढुंगानालाई ग्याँस गन १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।  मनोजले आफ्नो कोठामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार तथा गोली गट्ठाहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ग्याँस गन, मोबाइल १ थान र भिड नियन्त्रणमा प्रयोग हुने लेग गर्ड १ थान फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 327 पटक पढिएको
  • ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

    एजेन्सी— दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ ।आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित भएको उल्लेख गर्दै  सिभिल डिफेन्सले विज्ञप्ति जारी गरेको एएफपीले जनाएको छ । आँधीका कारण ३० जना गम्भीर घाइते भएको र करिब सय जना सामान्य घाइते भएको  स्थानीय उद्धार एजेन्सीले जनाएको छ  ।  पारानाको वातावरणीय प्रविधि र अनुगमन प्रणाली अनुसार रियो बोनिट

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 519 पटक पढिएको
  • माओवादी सांसदले आफ्नै अनुहारमा मोसो दलेपछि...

    काठमाडौं— माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले आफ्नै अनुहारमा मोसो दलेका छन् । प्रदेशसभा बैठक चलिरहँदा अन्सारीले आफ्नै अनुहारमा मोसो दलेका हुन् ।जेन–जी आन्दोलनले दलका नेताहरूको नैतिक धरातल नै कमजोर भएको भन्दै उनले आफैँमाथि मोसो दलेका हुन् । जेन–जी आन्दोलनपछि पनि दलका नेताहरूको चरित्र नफेरिएको उनको गुनासो छ ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 510 पटक पढिएको
  • जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छः अध्यक्ष ढकाल

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्नमा रहेको बताएका छन् । शनिबार नेपाल वाणिज्य तथा उद्योग महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक संवाद २.० कार्यक्रममा बोल्दै उनले विगतको तुलनामा जेनजी आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको बताएका हुन् ।‘जेनजी आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्न गरिरहेको छ । विगतको तुलनामा यस पटकको आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको छ,’ उनले भने । उनले लगानीका लागि सापटी मागेर निजी क्षेत्रल

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 555 पटक पढिएको
  • निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन

    काठमाडौं— हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र बुझाएका छन् । शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ज्ञापन पत्र बुझाउँदै नेताहरुले फागुन २१ को निर्वाचनमा भाग लिनु अघि महाधिवेशनबाट नयाँ नीति र नेतृत्वको चयन गर्न माग गरे ।कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई बुझाइएको ज्ञापन पत्रमा २४ जना नेताको हस्ताक्षर छ । उपत्यकामा उपलब्ध नेपाली कांग्रेस काठमाडौं सम्पर्क समिति सभापतिहरुका तर्फबाट ज्ञापन बुझाइएको ओखलढुंगा–काठमाडौं उपत्यका सम्पर्क समिति सभापति खिलनाथ लुईंटेलले जानकारी दिए । ‘काँग्रेसको विधानमा कार्यसमितिको कार्यकाल

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 491 पटक पढिएको
  • बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

    बर्दिया—  बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गाउँ बस्ने मोटरसाइकलमा सवार ३० वर्षीय  विकास यादव रहेका छन् ।दुर्घटनामा परि अर्का एकजना भने घाइते भएका छन् । भने घाइते हुनेमा मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी रहेका छन् । राजापुर देखि गुलरिया तर्फ आउँदै गरेको लु.प्र.०३००१ प ४१५७ नं को मोटरसाइकल हुलाकी सडक अन्र्तगत राजापुर नगरपालिका वडा १० जोगीपुर स्थित अनियन्त्रित भई राति करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको थियो । थप उपचारका लागि

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 591 पटक पढिएको
  • शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न नीतिगत सुधार गर्न सुझाव

    काठमाडौं— सरोकारवालाहरूले दलित समुदायका बालबालिकाहरूको शिक्षामा पहुँच बढाउन नीतिगत सुधार र तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।गरिबी, सामाजिक पछौटेपन र चेतनाको अभावका कारण अझैपनि धेरै दलित बालबालिका विद्यालयबाहिर रहेको र युवाहरूले विश्वविद्यालयसम्म पुगेर उच्च शिक्षा हासिल गर्न सक्ने अवस्था नरहेकोप्रति उनीहरूले चिन्ता व्यक्त गरे।उनीहरूले शिक्षामा दलितको पहुँच वृद्धि गर्न आवश्यक रहेको बताए। त्यसका लागि संविधान र राज्यका नीतिहरूको प्रभावकारी कार्यान्वयन र कतिपय नीतिगत सुधार जरुरी रहेको उनीहरूको भनाइ छ ।नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले काठमाडौँमा गरेको दलित तथा विपन्नलक्षित

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 583 पटक पढिएको
  • प्रभु बैंकमा सीआईबीको छापा, आवश्यक फाइल नियन्त्रणमा

    काठमाण्डौ  ।  प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकको हेड अफिसमा छापा मारेर महत्वपूर्ण कागज जफत गरेको छ ।सिआइबीको अनुसन्धानपछि सिइओ अशोश शेरचन फरार रहेका छन् । अहिले सीआईबीले प्रभु बैंकले गरेका गतिविधि संकास्पद भएको भन्दै प्रभु बेंकमा छापा मारेको हो ।सीआईबीको टोली आउने जानकारी पाएपछि अशोक सेरचन हतार हतार भागेको बताइएको छ । प्रभु म्यानेजमेन्ट तथा मनि ट्रान्सफरसँग सम्बवन्धित रहेका डकुमेन्टहरुमा सिइओ अशोक सेरचनले गैरकानुनी तरीकाबाट रकम पठाएको तथा विना धितो कर्जा प्रवाह गरेको आशंकामा सीआईवीले छापा मारेको हो ।प्रभु बैंकबाट बैंकिङ कसुरका गतिविधि भएको भन्दै परेको उजुरीका

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 274 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ

    झापा  ।  झापाको भद्रपुर नगरपालिका- ५ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका- ७ का २६ बर्षीय बिशाल माझीलाई ३ ग्राम ६०० मिलिग्राम र बिर्तामोड नगरपालिका- १० का २२ बर्षीय रोहित कटुवाललाई  १ ग्राम १११ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 366 पटक पढिएको
  • प्रतिबन्धित औषधी सहित ४ जना पक्राउ

    विराटनगर  ।  मोरङ, धनकुटा र उदयपुरबाट प्रतिबन्धित औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते मोरङको बेलबारी नगरपालिका- १ का ३२ बर्षीय बिज्ञान राईले आफ्नो घरमा लागू औषध बिक्री बितरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले राईलाई ट्रामाडोल ४७० चक्की, डिक्लो ४७० ट्याब्लेट र १८० ग्राम गाँजा सहित घरैबाट पक्राउ गरिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका- ६ का तिलक भुजेल र मौसम राईलाई ट्रामाडोल ११० क्याप्सुल, स्पास्पेन ८६ ट्याब्लेट र डिकोलिक १८ ट्याब्लेट सहित सोहि स्थानबाट नियन्

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 361 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.