काठमाडौं— माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले आफ्नै अनुहारमा मोसो दलेका छन् । प्रदेशसभा बैठक चलिरहँदा अन्सारीले आफ्नै अनुहारमा मोसो दलेका हुन् ।

जेन–जी आन्दोलनले दलका नेताहरूको नैतिक धरातल नै कमजोर भएको भन्दै उनले आफैँमाथि मोसो दलेका हुन् । जेन–जी आन्दोलनपछि पनि दलका नेताहरूको चरित्र नफेरिएको उनको गुनासो छ ।