समाचार

    Showing 731-740 of 26,780 items.
  • सोसल मिडियाको ‘मनपरी’मा ब्रेक: गाली-बेइज्जती गरे सजाय

    काठमाडौं । सामाजिक सञ्जालमा लेखेको वा बोलेको भन्दै जस्तोसुकै अभिव्यक्तिले कानुनी उन्मुक्ति नपाउने सरकारले स्पष्ट पारेको छ । कसैको प्रतिष्ठा, चरित्र वा ख्यातिमा आँच पु-याउने गरी आधारहीन आरोप लगाउने, अपमानजनक शब्द प्रयोग गर्ने वा त्यस्तो सामग्री प्रचार गर्ने कार्य कानुनी कसूर बन्न सक्ने भन्दै सरकारले सर्वसाधारणलाई सचेत गराएको हो ।कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘आफ्नो कानुनबारे जान्नुहोस्’ अभियानअन्तर्गत गाली तथा बेइज्जतीसम्बन्धी कानुनी व्यवस्थाबारे सार्वजनिक सचेतना सन्देश जारी गरेको छ । मन्त्रालयले सामाजिक सञ्जालसहित सार्वजनिक स्थान वा अन्य कुनै माध्यमबाट गरिने अपमानजनक गतिविधिमा पनि

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 176 पटक पढिएको
  • ५२ करोडको बिगो दाबीमा शेखर गोल्छाको बयान

    काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ५२ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा मंगलबार विशेष अदालतमा हाजिर भएका छन् । उनीविरुद्ध दायर मुद्दामा बयान सुरु भएसँगै अब अदालतको प्रक्रिया थुनछेकतर्फ अघि बढ्ने भएको छ ।गोल्छा विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बयानका लागि उपस्थित भएका हुन् । उनको बयान अहिले चलिरहेको छ ।बयान सकिएपछि अदालतमा थुनछेकसम्बन्धी बहस सुरु हुनेछ । वादी र प्रतिवादी दुवै पक्षको बहस पूरा भएपछि गोल्छालाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारि

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 210 पटक पढिएको
  • पूर्ण अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा पुरुष पक्राउ

    बागलुङ— बागलुङमा पूर्ण अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–३ का ३२ वर्षीय होमे पतेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।प्रहरीका अनुसार गत साउन २१ गते दिउँसो करिब ४ः३० बजे बडिगाड गाउँपालिका–१ घोरलोकमा विद्यालयबाट घर फर्किँदै गरेकी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप पतेलमाथि लागेको हो।घटनाको सूचना प्राप्त भएपछि प्रहरीले पतेललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।पक्राउ परेका पतेलविरुद्ध जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 444 पटक पढिएको
  • २६ डीएसपी पदमा १२८ इन्स्पेक्टरको भिड, प्रहरी बढुवा झन् पेचिलो

    काठमाडौं । नेपाल प्रहरीमा इन्स्पेक्टरबाट डीएसपीमा हुने बढुवा एक वर्षदेखि रोकिँदा अधिकृतहरूको वृत्ति विकास प्रभावित भएको छ । रिक्त डीएसपी पदको तुलनामा बढुवाका लागि योग्य इन्स्पेक्टरको संख्या अत्यधिक भएपछि बढुवा प्रक्रिया पेचिलो बनेको हो ।हाल नेपाल प्रहरीमा २६ डीएसपी पद रिक्त छन् । तर ती पदका लागि १२८ इन्स्पेक्टर बढुवाका लागि योग्य छन् । उपलब्ध पदभन्दा करिब पाँच गुणा बढी प्रतिस्पर्धी भएपछि प्रहरी प्रधान कार्यालयलाई बढुवा प्रक्रिया अघि बढाउन सकस परेको छ ।बढुवाका लागि योग्य १२८ जनामध्ये २०७२ सालमा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर भएका १२४ जना छन् । उनीहरूसँगै पुरानो ब्याचका चार जना पनि प्रतिस्पर्ध

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 172 पटक पढिएको
  • विनय यादवको स्वास्थ्य अवस्था गम्भीर, जीवन रक्षाका लागि मानव अधिकार आयोगको आग्रह

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै उनको जीवन रक्षाका लागि आवश्यक स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन गर्न माग गर्दै यादव साउन १४ गतेदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा छन्।आयोगले यादवको स्वास्थ्य अवस्था तथा अनशनस्थलमा उपलब्ध स्वास्थ्य उपचारसम्बन्धी अवस्थाको स्थलगत अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा लामो समयदेखि खाना नखाई अनशनमा रहेका यादवको सुगर तथा रक्तचाप घट्दै गएको र स्वास्थ्य अवस्था थप जोखिमपू

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 380 पटक पढिएको
  • विद्यार्थीमाथि बल प्रयोगको विरोधमा झारखण्ड बन्द, आन्दोलनमा राजनीतिक ध्रुवीकरण

    काठमाडौं / भारतको झारखण्डमा विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको विरोधमा भारतीय जनता पार्टी (भाजपा) ले मंगलबार राज्यव्यापी बन्द आह्वान गरेको छ। परीक्षा तथा सरकारी कर्मचारी भर्ती प्रक्रियामा कथित अनियमितताको विरोधमा जारी विद्यार्थी आन्दोलनले राजनीतिक रूप लिएपछि राज्यमा तनाव बढेको हो। सोमबार झारखण्ड लोकसेवा आयोग (जेपीएससी) र झारखण्ड स्टाफ सेलेक्सन कमिसन (जेएसएससी) का परीक्षार्थीले विधानसभातर्फ गरेको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज, अश्रुग्यास तथा पानीको फोहोरा प्रयोग गरेको थियो। त्यसको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले मंगलबार पुरानो विधानसभादेखि नयाँ विधानसभा

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 152 पटक पढिएको
  • सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन

    काठमाडौं / सप्तरी जिल्लाका प्रतिभाशाली क्रिकेट खेलाडी तथा कुशल अलराउन्डर उपेन्द्र रायको असामयिक निधन भएको छ । उनको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान)ले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । क्यानले जारी गरेको शोक वक्तव्यमा रायको निधनको खबरले नेपाल क्रिकेट परिवार अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ । क्यानले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।‘सप्तरी जिल्लाका एक कुशल अलराउन्डर तथा प्रतिभाशाली क्रिकेट खेलाडी उपेन्द्र रायको असामयिक निधनको खबरले नेपाल क्रिकेट संघ परिवार अत्यन्तै स्तब्ध र मर्माहत भएको छ,‘

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 145 पटक पढिएको
  • म्याग्दीमा सुक्खा पहिरो : एक जना बेपत्ता, एक जना घाइते, १४ मेगावाटको आयोजना ठप्प

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा मंगलबार बिहान सुक्खा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्। पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत गृहमा समेत क्षति पु¥याएको छ। विद्युतगृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो अचानक खसेर विद्युत्गृह पुरिएको थियो। पहिरोमा परेर आयोजनामा कार्यरत अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्।घटनामा गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्। उनलाई घटनास्थलबाट उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दील

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 68 पटक पढिएको
  • मनसुन अझै सक्रिय :तीन प्रदेशमा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह

    काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा मंगलबार विभिन्न प्रदेशमा वर्षाको गतिविधि बढ्ने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था छ।मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तरतर्फ र पूर्वी भूभागमा सरदर आसपास रहेकाले पश्चिम नेपालमा वर्षाको गतिविधि तुलनात्मक रूपमा बढी सक्रिय हुने देखिएको छ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने पूर्वानुमान छ। यी क्षेत्रमा चट्याङसहित

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 65 पटक पढिएको
  • जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर भुकम्प धक्का

    जाजरकोट। जाजरकोटमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरकोटको कल्सेनी आसपासलाई केन्द्रविन्दु बनाएर ४।१ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्प विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको छ। भूकम्पको धक्का जाजरकोट आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ।भूकम्पपछि कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षति पुगेको विवरण भने तत्काल प्राप्त भएको छैन। पछिल्लो समय पश्चिम नेपालका विभिन्न जिल्लामा पटक–पटक भूकम्पका धक्का महसुस भइरहेका बेला जाजरकोटमा पनि भूकम्प गएको हो।

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 68 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.