विराटनगर— सुनसरीको रामधुनी नगरपालिका–७ स्थित बाँस झ्याङमा बेवारिसे अवस्थामा रहेको ३ सय किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ । विहीबार इलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट पंचायनबाट गस्तीमा खटिएको प्रहरी टोलीले १० वटा प्लास्टिकको पोकामा प्याक गरी राखेको बेवारिसे अबस्थामा रहेको ३ सय किलोग्राम गाँजा बरामद गरेको हो । बेवारिसे अवस्थामा गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्ति खोज तलास भईरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ – रौतहटका पत्रकार रबिन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् ।झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बुझिएको छ ।ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धाकधम्की खेपिरहेका थिए ।खानेपानी समस्या सम्बन्धी समाचार लेखेका का
काठमाडौं— ललितपुर महानगरपालिकाका (तत्कालीन उपमहानगर) पूर्वमेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको निधन साउन २ गते भएको हो ।ललितपुरको कला, संस्कृति र पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान दिएका बज्राचार्य २०६१ सालमा राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री बनेका थिए ।उनी २०५४ सालमा नेकपा एमालेबाट ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए, जो एमालेबाट ललितपुरको मेयर जित्ने अहिलेसम्मका एकमात्र जनप्रतिनिधि हुन् ।२०२७ सालमा नगर पञ्चायतको वडाध्यक्षबाट राजनीतिमा लागेका बज्राचार्य २०३२ सालमै ललितपुर नगर पञ्चायतको प्रधानपञ्च चुनिएका थिए । २०४६ साल
काठमाडौं— नेपाली कांग्रेसभित्र बढ्दो गुटउपगुटले पार्टीलाई कमजोर बनाएको भन्दै नेताहरूले एकताको आवश्यकता औंल्याएका छन्। नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रममा नेताहरूले पार्टीलाई गुटगत राजनीति भन्दा माथि उठाएर एकजुट बनाउनुपर्नेमा जोड दिए।कार्यक्रममा नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले लोकतान्त्रिक मूल्य र पार्टीको बलियो भविष्यका लागि सबै कार्यकर्तालाई एक ठाउँमा उभिन आग्रह गरे। “पार्टी कार्यकर्ता गुटमा विभाजित हुँदा पार्टी कमजोर भएको छ,” उनले भने, “पार्टीलाई एक ढिक्का बनाउन लोकतन्त्रमा आस्था राख्ने सबैजना सक्रिय हुने समय आएको छ।”भक्तपुर जिल्ला सचिव राजेश खड्काले गुट
पर्वत— पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ ।स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी रहेको प्रहरी प्रमुख विष्टले बताए । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिए । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाई भइरहेको उनको भनाइ छ ।गए रातिदेखि परेको भारी वर्षा
कैलाली— जिल्लाको धनगढी उपमहानगरपालिका–१४ फूलवारीमा हत्या गरी खाल्डोमा गाडिएको एक व्यक्तिको शव प्रहरीले फेला पारेको छ।३५ वर्षीय गणेश गिरीको शव स्थानीय क्षेत्रमै खाल्डो खनी गाडिएको अवस्थामा निकालिएको हो। असार ३० गते गणेश गिरी र उनका १८ वर्षीय भान्जा प्रदीप बोहरा बीच एयरफोनको विषयलाई लिएर विवाद भएको थियो। सोही विवादका क्रममा प्रदीपले गणेशमाथि कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।घटनापछि परिवारले प्रहरीलाई जानकारी नदिई लाशको दाहसंस्कार गरेको भन्दै अहिले घटनाबारे थप तथ्यहरू सार्वजनिक भइरहेका छन्।प्रहरीका अनुसार मृतकका भान्जा प्रदीप बोहरा र ३३ वर्षीय भ
काठमाडौं— नेपाल मेडिकल कलेजले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरु माग गरेको हो । कलेजले एक सूचना प्रकाशित गर्दै इलेक्ट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफर, हेल्थ असिस्टेन्ट माग गरेको छ ।कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन थप जनशक्ति माग गरिएको बताइएको छ । माग गरिएका पदहरुमा योग्यता पुगेका उम्मेदवारले असार १२ गतेभित्र दरखास्त पठाउन सक्नेछन् । इमेल मार्फत व्यक्तिगत विवरण संकलन गरी सर्टलिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाइने अस्पताल प्रशासनले जना
काठमाडौं— राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व सङ्कलन गरेको हो ।कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राजस्व सङ्कलनको वृद्धिदर भने ३५ दशमलव ५७ प्रतिशत रहेको बताए। “आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयलाई रु आठ अर्ब ७१ करोड ८२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो”, उनले भने, “कार्यालयले गत आवभरिमा वार्षिक लक्ष्यको एक सय नौ प्रतिशत लक्ष्य हासिल गरेको छ । कार्यालयले विभागबाट निर्धारित
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा पछि परेका वर्ग तथा समुदायलाई समान पहुँचमा ल्याउनु लोकतान्त्रिक सरकारको मुख्य दायित्व भएको बताएका छन्।नेपाल स्पोर्टस् सेन्टरद्वारा आयोजित खेलाडी सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले शासन व्यवस्थाको कमजोरीकै कारण लामो समयदेखि राज्यको मूलप्रवाहमा आउन नसकेका समुदायलाई अगाडि बढाउन समावेशीकरण र सबलीकरणको अवधारणा अवलम्बन गर्नुपर्ने बताए । नेपाली समाज बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय र बहुधार्मिक भौगोलिक विविधतायुक्त समाज भएको उल्लेख गर्दै उनले राज्यशक्तिको प्रयोग र अवसरबाट विमुख हुँदै आएका समुदायको आर्थि
एजेन्सि— दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ ।कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए ।गल्फ न्युजका अनुसार सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो ।उपचारका लागि अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी कहिल्यै पूर्णरूपमा होसमा फर्कन सकेनन् । दुई दशकसम्म उनको अवस्थाले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.