काठमाडौं / बुढानीलकण्ठ नगरपालिका -१० बालुवाखानीस्थित दिनेश दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका- २ बस्ने ५६ वर्षीय कृष्ण काजी श्रेष्ठ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ५ सय १५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड / इलामको माङसेबुङ गाउपालिका -२ दहगाँउ स्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउपालिका -५ का ६५ वर्षीय हिम प्रसाद लावती, ६० वर्षीया पदम कुमारी लावती र इलाम माङसेबुङ गाउपालिका -६ का ५० वर्षीय प्रकाश राई रहेका छन् । आज दिउसो १२ बजे पाँचथरको रविबाट झापाको दमक तर्फ जादै गरेको मे १ ज ४८७ नं. को बोलेरो गाडी सडकबाट २०० मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी हिम प्रसाद र पक्राशको घटनास्थलमै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको हो । बोलेरो चालक तत्काल
काठमाडौँ / चितवनको इच्छाकामना गाउँपालिका –४ स्थित नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं–मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको हो ।मुग्लिनबाट काठमाडौं तर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौं तर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् ।
बिर्तामोड / झापाबाट आफन्तको जन्मदिन मनाउन मोरङ पुगेका वृद्ध खेतमा भेटिएका छन् । मोरङको उर्लाबारीमा बयरडाँगी स्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना हुन पुगेका नैनसिंह बिक शनिबार मृत भेटिएका हुन् । विकको शव आइतबार खेतमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।विकको मृत्युको कारण भने पत्ता लागेको छैन् । उनको शव पोस्टमार्टमको लागि मङ्गलबारे अस्पतालमा राखिएको छ ।
काठमाडौँ / काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका- १७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु बिक रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट पेस्तोल र गोलीसहित शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेस्तोल र गोली बोकेर हिँडिरहेका अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी दिए
एजेन्सी / युरोपेली देश स्पेन प्रवेश गर्न खोज्ने आप्रवासीहरुबीच भागदौड हुँदा मोरोक्कोमा २३ जना आप्रवासीको मृत्यु भएको छ । साथै सोही भागदौडमा परी सयौँ आप्रवासी घाइते भएका हुन् । भागदौडका क्रममा भीड नियन्त्रण गर्न खोज्दा केही प्रहरी पनि घाइते भएका छन् । मोरक्कोको नादोर र मेलिलाबीचको सीमाना नाघेर २ हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न खोज्दा उक्त घटना भएको हो ।सुरक्षाकर्मीले उनीहरूलाई सीमानाको दुवैतर्फबाट रोकेका थिए । सीमानामा रहेको फलामे बार चढ्न खोज्दा उनीहरूको मृत्यु भएको मोरोक्कोको गृह मन्त्रालयले जनाएको छ । दुर्घटनामा ज्यान गुमानेमा अधिकांश अफ्रि
ललितपुर / ललितपुर महानगरपालिकाले आइतबारदेखि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाएको छ । हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले एक हप्ताका लागि ठेलामा पानीपुरी बिक्रीमा रोक लगाएको हो । पानीपुरीका लागि प्रयोग हुने पानीमा हैजाको जीवाणु भेटिएको भन्दै पानीपुरी बेच्न प्रतिबन्ध लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । कसैले ठेलामा पानीपुरी र चटपटे बिक्री गरे कारबाही गरिने हाछेथुले बताए । पसलमा भने पानी शुद्धीकरण गरेर मात्रै बिक्री गर्न दिइने उनको भनाइ छ ।काठमाडौँमा हैजाका बिरामी देखा परेपछि ललितपुर महानगरपालिकाले पनि सतर्कता अपनाएको हो ।
बिर्तामोड / झापाको शिवसतासी नगरपालिका- १० दोमुखा स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका- ८ इलामका २५ वर्षीय सुजेन्द्र राई, झापा कन्काई नगरपालिका -३ का ४३ वर्षीय बेनु प्रसाद चिमरिया र कन्काई- ४ का ३२ वर्षीय हेम नारायण चौधरी रहेका छन् । लागूऔषध ब्राउनसुगरको किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा आइतबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले १७ ग्राम लागूऔषध ब्राउनसुगर, नगद ८८,५००, मोबाइल २ थान , र ३ थान मोटरसाइकल बरामद गरेको छ । यसैग
विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले लागू औषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा विराटनगरमा आयोजित प्रभात फेरी कार्यक्रममा मन्त्री कार्कीले लागू पदार्थको अवैध कारोबार तथा धन्दालाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहेको बताए ।‘प्रदेश सरकार लागू पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लागि परिरहेको छ, सबै सँगको समन्वयमा यो सम्भव पनि छ । उनले भने , आन्तरिक मामिला मन्त्रालयले पुनः स्थापना केन्द्रहरू, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी
झापा / महोत्तरीमा छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका- ४ सुगागाउँ घर भई हाल गौशाला- ५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । गएराति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.