समाचार

    Showing 5,521-5,530 of 25,583 items.
  • झापा, मोरङ र धनकुटाबाट ब्राउन सुगर र गाँजासहित २ जना पक्राउ

    विराटनगर— झापा, मोरङ र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र गाँजासहित २ जनालाई पक्राउ गरेको छ।माघ १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरबाट २८ वर्षीय अरुष दासलाई पक्राउ गरेको हो। उनको साथबाट १ ग्राम २७० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।त्यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाट क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई शंका लागि चेकजाँच गर्दा दमक नगरप

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 414 पटक पढिएको
  • ८२६ किलोभन्दा बढी गाँजासहित ट्रयाक्टर र ९ जना पक्राउ

    भोजपुर— भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवा क्षेत्रबाट प्रहरीले ८२६ किलो ६६० ग्राम लागुऔषध गाँजासहित एक ट्रयाक्टर र ९ जनालाई पक्राउ गरेको छ।माघ १५ गते बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट खटिएको प्रहरी टोलीले मचुवाबाट धनकुटाको अखुवाटारतर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्रयाक्टरलाई शंका लागि चेकजाँच गर्दा डिकीभित्र लुकाइराखिएको ४३ बोरा गाँजा बरामद गरेको हो।प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल ८२६ किलो ६६० ग्राम रहेको छ। घटनामा संलग्न रहेको आरोपमा आमचोक गाउँपालिका–९ का रुद्रबहादुर श्रेष्ठ, निशान मगर र नीरबहादुर श्रेष्ठ, धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–२ का सुदीप पुर्कुटी, निलकुमार मगर,

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 467 पटक पढिएको
  • अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

    तनहुँ— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाता विवरण संकलन सुरु भएको छ । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलगायत विवरण संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालना र सुरक्षा व्यवस्था चुस्त बनाउन सरोकार भएकाहरूसँग छलफल पनि गरिसकेको छ । हालसम्म आचारसंहिता उल्लंघनका उजुरी नपरेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागी दुई लाख ५४ हजार ३९७ मतदा

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 416 पटक पढिएको
  • आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

    नेपालगन्ज। तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न भएको छ । बैठक राजनीतिक दल र तिनका उम्मेदवारसँग बिहीबार सम्पन्न भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको उक्त बैठमा सहभागी राजनीतिक दल र उम्मेदवारले आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस अवसरमा बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले निर्वाचन आचारसंहिता पालना गर्नु सबैको दायित्व भएको बताउँदै त्यसको उल्लङ्घन नहुनेमा राजनीतिक दलका साथै प्रत्याशीहरू सचेत रहनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचन  आचारसंहिता पालना भएनभएको कड

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 278 पटक पढिएको
  • गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

    गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ,  तनहुँमा एक हजार ५७३ , स्याङ्जामा एक हजार ९४७, नवलपुरमा एक हजार ५४३, मुस्ताङमा २६६, म्याग्दीमा ७६५, बागलुङमा एक हजार २९८ र पर्वतमा ९६५ जना निर्वाचन प्रहरी परिचालन हुनेछन् । नेपाल प्रहरीतर्फ गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६, कास्कीमा ९५७, तनहुँमा ८३८, स्याङ्जामा ९४०, नवलपुरमा ८१८, मुस्ताङमा २०२, म्याग्दीमा ४११,

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 290 पटक पढिएको
  • सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छः प्रचण्ड

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गते सहिद दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र अधिकारका लागि जीवन अर्पण गर्ने सबै ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।सन्देशमा प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गर्दै सामन्ती राणा शासनविरुद्ध लखन थापा, बाँकाबीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठसम्मको बलिदान, किसानका पक्षमा भीमदत्त पन्तको संघर्ष, पञ्चायती कालदेखि जनयुद्ध, जनआन्दोलन, मधेस, थारू लगायतका समुदायका आन्दोलन र पछिल्लो जेन–जी आन्दोलनका सहिदको ब

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 465 पटक पढिएको
  • उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

    काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार आज अपराह्न कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 263 पटक पढिएको
  • ‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’

    लेनडाँडा। देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई/मधेस दू्रतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३  रहेको छ ।आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ ।सेनाका अनुसार चालु आर्थिक वर्षको अन्त्य स

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 329 पटक पढिएको
  • आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन्ः उपसभापति अर्याल

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सहिद दिवसको अवसरमा सबै ज्ञात–अज्ञात अमर सहिदहरुको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।शुक्रबार रास्वपाका उपसभापति डीपी अर्यालको एक सन्देश जारी गर्दै सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र सीमित नभएको बताए ।उनले भने, ‘सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र पक्कै सीमित थिएन । त्यो त आम नेपालीको जीवनमा देखिने सुशासन, न्याय र समृद्धिको सपना थियो ।’उपसभापति अर्यालले लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 426 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान

    काठमाडौं— प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्।शुक्रबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको अपेक्षासहित उठेको ‘जेनजी आन्दोलन’मा सहादत प्राप्त गर्ने वीर योद्धाप्रति पनि नमन व्यक्त गरेकी छन्।‘नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली,’ उनले लेखेकी छन्, ‘न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई पनि

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 401 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.