समाचार

    Showing 5,471-5,480 of 19,479 items.
  • पहिरोले सडक अवरुद्ध, स्थानीयले वडा कार्यालयमा गरे तालाबन्दी

    बैतडी— लगातारको वर्षाका कारण अवरुद्ध भएको सडक खोल्न माग गर्दै पुर्चौंडी नगरपालिका–१० का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।विजयपुरदेखि दोगडाकेदार हुँदै सदरमुकाम जोड्ने मुख्य सडक पहिरोको उच्च जोखिममा परेपछि स्थानीयले पहिरो तत्काल हटाउन माग गर्दै कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य अम्मर महराले जानकारी दिए।भङाड बस्तीमा पहिरो खसेपछि छवटा घर जोखिममा परेका छन्। स्थानीयको भनाइ अनुसार, लगातार १३ दिनसम्म पनि पहिरो हटाउने प्रयास नभएकाले बाध्य भएर तालाबन्दी गरिएको हो। यता, वडाध्यक्ष हिक्मतबहादुर बिष्टले सडक खुलाउने मेसिन बिग्रिएका कारण पहिरो पन्छाउन ढिलाइ भएको बताएका छन्।

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 514 पटक पढिएको
  • जुम्लामा काँचो स्याउ टिप्न प्रतिबन्ध, भदौ १५ पछि मात्र टिप्न आग्रह

    जुम्ला — जुम्लाका किसानलाई अब काँचो स्याउ टिप्न रोक लगाइएको छ। कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गर्दै आगामी भदौ १५ गतेपछि मात्र स्याउ टिप्न अनुरोध गरेको छ।कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार यदि कसैले तोकिएको मितिभन्दा अगाडि काँचो स्याउ टिपेमा, वा व्यापारीहरूले त्यस्तो स्याउ खरिद गरेमा दुवैलाई कानुनी कारबाही गरिने छ।"काँचो स्याउ टिप्दा त्यसको स्वाद, गुणस्तर र पौष्टिकता कमजोर हुन्छ," प्रमुख अधिकारीले भने, "यसले दीर्घकालीन रूपमा स्याउको ब्रान्ड र बजार मूल्यमा नकारात्मक असर पुर्‍याउँछ।" त्यसैले जिल्लाका सबै आठवटा स्थानीय तह र त्यहाँका कृषकलाई सार्वजनिक सूचनामार्फत सचेत गरि

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 361 पटक पढिएको
  • खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न विक्री

    मुगु – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुगुमा एकवर्षमा १२ करोड ८७ लाख रुपैयाँको खाद्यान्न विक्री गरेको छ । पछिल्लो समय मुगुमा सडक सञ्जालको विस्तार राम्रो भएसँगै सरकारको स्वामित्व रहेको खाद्य कम्पनीले यहाँ पर्याप्त मात्रामा खाद्यान्न पठाउने गरेको छ ।मुगुस्थित खाद्य कम्पनीको शाखा कार्यालय, खत्याड डिपो, सोरुकोट डिपो, पुलु डिपो र विक्री केन्द्र रातापानी, कालै सहकारीमार्फत आव २०८१÷८२ को अन्त्य सम्म १२ करोड ८७ लाख ४९ हजार १५२ रुपैयाँ बराबरको १६ टन खाद्यान्न विक्री गरिएको हो । खाद्यले चामल, तेल, दाल, चीनि लगायत खाद्यान्न विक्री गरेको जनाएको छ ।गत वर्ष भन्दा पछिल्ला वर्

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 385 पटक पढिएको
  • नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी

    काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन् ।मंगलबार ३१ औं कार्गो डे को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको बजार सबैको बजार बन्ने तर नेपालको बजार बन्ने कुरामा समस्या आउने भन्दै नेपाल डम्पिङ साइट नभएको बताए । उनले भने, ‘हाम्रो बजार सबैको बजार बन्ने नेपालको बजार बन्ने कुरामा समस्या हुन्छ भने यो कुरामा गम्भिर भएर सोच्नु पर्छ । हामी अरुको डम्पिङ साइट त होईन हामीले निर्वाध रुपमा वस्तुहरु आउन दिने तर, हाम्रो वस्तु बाहिर जाँदा प्रश्नहरु रहने, समस्याको रुपमा रहने हामीले हाम्रो वस्तु र प्रमाणिकरणको स्तर विस्तार गर्नुपर्छ । मन्त

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 491 पटक पढिएको
  • एनजिओ/आइएनजिओहरुमाथि निगरानी : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनजिओ÷आइएनजिओहरुमाथि निगरानी बढाउनुपर्ने बताएका छन् ।विभिन्न संस्थाहरुले आफ्नो ढंगले पैसा  लिएर दुरुपयोग भइरहेको भए त्यसमा राज्य गम्भीर बन्नुपर्ने बताए । मंगलबार पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  उनले एनजिओ र आइएनजिओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक रहेको औंल्याएका हुन् । राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग सक्रिय भएर लागिरहेको बताए । ‘एउटा वर्ग र तप्क न्वारनदेखिको बल लगाइरहेका छन् । माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 474 पटक पढिएको
  • झापामा करेन्ट लागेर एक जनाको मृत्यु, मोटर जडान गर्ने क्रममा घटना

    झापा — झापाको कचनकवल गाउँपालिकामा सिचाईंको मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ। घटनामा कचनकवल गाउँपालिका–७ सितागढीका ५५ वर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।आज बिहान उनको शव घर नजिकैको खेतमा फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राजवंशीको मृत्यु सिचाईंको मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर भएको डीएसपी खगेन्द्र खडकाले जानकारी दिए।प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। मृतक राजवंशी घरमा एक्लै बस्दै आएका थिए। उनका दुवै छोरा वैदेशिक रोजगारीमा छ

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 338 पटक पढिएको
  • संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै

    काठमाडौं – संघीय संसद अन्तरगत आज पाँच समितिको बैठक बस्दै छ ।मंगलबार प्रतिनिभि सभा अन्तरगत तीन र राष्ट्रिय सभा अन्तरगत दुई गरेर पाँच समितिको बैठक बस्न लागिएको हो । आज प्रतिनिभि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्नेगरि तय भएको छ । साथै ११ बजे नै बस्न लागेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ भने शिक्षा, स्वास्

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 312 पटक पढिएको
  • सिन्धुलीबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना पोखरामा सुरक्षित अवस्थामा भेटिए

    रामेछाप – सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना सदस्य पोखरामा सुरक्षित भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार राति प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू सोमबार राति भेटिएको पुष्टि गरेको हो । प्रहरीका अनुसार  सोमबार बिहान १० बजे उर्मिला हायु सहित १६ जना परिवारका सदस्य केही दिनदेखि गाउँबाट सम्पर्कविहीन भएको सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरिएको थियो ।अनुसन्धानका क्रममा उनीहरु शनिबार बिहानको राती १ बजे सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. ३ का वर्ष २५ को जिवन भन्ने नविन बिकले चलाउने गरेको मधेश प्रदेश ०४– ००१–००८१ नम्बरको इभी भ्यानमा &

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 506 पटक पढिएको
  • धनुषामा १४ वर्षीया बालिकाको निर्मम हत्या, आमा र भतिजी घाइते

    जनकपुर — धनुषा जिल्लामा एक दर्दनाक घटना भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक सोमबार राति भएको एक आक्रमणमा १४ वर्षीया बालिकाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।बटेश्वर गाउँपालिका–५ निवासी दिनेश यादवकी छोरी अञ्चली यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन्।घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा देवी र १५ वर्षीया भतिजी राधा पनि घाइते भएका छन्। आशा देवीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने राधाको दाहिने घुँडा र हातमा चोट पुगेको छ। उनीहरूको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।यस

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 451 पटक पढिएको
  • आज नागपञ्चमी, नागको पूजाआराधना गरी मनाइँदै

    काठमाण्डौ । आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइँदैछ ।नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाल

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 267 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा