समाचार

    Showing 5,401-5,410 of 25,583 items.
  • बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’ अफरः एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान

    काठमाडौं— नेपालको अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको छ ।हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई अविस्मरणीय बनाउन बुद्ध एयरले ‘एभरेष्ट एक्सपेरियन्स’ उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने योजना ल्याएको छ । यस योजना अन्तर्गत जोडीहरूले रु. १४,२६५ मा सगरमाथालगायतका विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न पाउनेछन् ।काठमाडौं विमानस्थलबाट सुरु भई करिब १ घण्टाको हिमाली दृश्यावलोकनपछि जहाज पुनः काठमाडौंमै अवतरण हुनेछ ।उडानमा सहभागी जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत उपहार प्रदान गरिनेछ ।ब

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 508 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले गरिन राष्ट्रिय सेवा दलको प्रशंसा

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको बताएकी छन् ।मंगलबार राष्ट्रिय सेवा दल सिनियर डिभिजन (सि.सं.२०) तालिमको दीक्षान्त कवाज समारोहमा उनले सरकारले यस आर्थिक वर्षमा देशभरका २५७ वटा विद्यालयहरुबाट ७ हजार ७१० जनालाई तालिम प्रदान गरिएको बताइन् ।उनले भनिन्, ‘राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको छ ।यस आर्

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 486 पटक पढिएको
  • निजी क्षेत्रमा कर्जा प्रवाह ३.६ प्रतिशतले वृद्धि, कृषि कर्जामा संकुचन

    काठमाडौं— आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिना (२०८२ पुससम्म) को तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महीनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा महीनामा निजी क्षेत्रमा प्रवाहित कर्जा रु. १९७ अर्ब ४७ करोडले वृद्धि भई कुल कर्जा रु.५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो कर्जा ५.२ प्रतिशत अर्थात् रु. २६५ अर्ब ५६ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा निजी क्षेत्रतर्फको कर्जा ६.७ प्रतिश

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 493 पटक पढिएको
  • तनहुँमा उद्योग दर्ता बढ्दो, छ महिनामा ३३५ नयाँ उद्योग थपिए

    तनहुँ— चालु आर्थिक वर्षको पहिलो छ महिनामा तनहुँमा उद्योग तथा व्यवसाय दर्ता गर्नेको संख्या उल्लेख्य रूपमा बढेको छ। एकीकृत सेवा कार्यालय दमौलीका अनुसार साउनदेखि पुस मसान्तसम्म जिल्लामा कुल ३३५ नयाँ उद्योग तथा फर्म दर्ता भएका छन्।कार्यालयका अनुसार सो अवधिमा १८० वटा उद्योग, १५३ वटा वाणिज्य फर्म र पर्यटनतर्फ दुई वटा व्यवसाय दर्ता भएका हुन्।नयाँ दर्ता तथा नवीकरण प्रक्रियामार्फत कार्यालयले रु ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए। उनका अनुसार उद्योगतर्फ एक हजार २३ र वाणिज्यतर्फ ९८८ व्यवसाय नवीकरण गरिएको छ।त्यस्तै, उद्योगतर्फ १०८ वटाको लगत कट्टा र ८१

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 487 पटक पढिएको
  • प्रभु बैंकको सीईओको जिम्मा शर्मालाई

    काठमाडौं— प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम्मा सुमन शर्मालाई दिएको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओको जिम्मा दिएको हो । नवनियुक्त सीईओ शर्माको बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव छ । उनी यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको सीईओ भइसकेका छन् । प्रभु बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएका थिए ।  

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 508 पटक पढिएको
  • चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी

    बारा— उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बारा जिल्लाका विभिन्न स्थानमा मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी अभियान तीव्र बनाएका छन् ।घिसिङले सोमबार बिहान ६ बजे सिमरा एयरपोर्टबाट आफ्नो भ्रमण सुरु गरेका थिए । त्यहाँबाट उनी लामिडाँडा हुँदै रामनगर र त्यसपछि टाङ्गिया बस्ती पुगेका थिए, जहाँ कोणसभा आयोजना गरिएको थियो ।टाङ्गिया बस्तीमा लगभग १७–१८ सय घर छन्, र यो क्षेत्र व्यक्तिको नामभन्दा प्रति जग्गामा विभाजित छ । उक्त बस्तीमा अन्य आवश्यक सुविधा भने पर्याप्त छैनन् ।अध्यक्ष घिसिङले बस्तीमा बत्ति जडानको पहल गरेका थिए, जसले स्थानीय जनताको जीवनमा सुधार ल्याउने अपेक्षा गरिएको छ । भ्रमणको क्रममा उ

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 483 पटक पढिएको
  • ‘कुमारी’ का निर्देशक राउतले लेखे थिएटर टेक्निसियनलाई पत्र

    काठमाडौं— निर्देशक दिनेश राउतको प्रतीक्षित चलचित्र ‘कुमारी’ यही माघ २३ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ ।प्रदर्शनको पूर्व सन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्स्निष्टहरूलाई पत्राचार गर्दै चलचित्रको ध्वनि गुणस्तरका बारेमा प्राविधिक जानकारी गराएका छन् ।चलचित्र ‘कुमारी’ लाई अत्याधुनिक इमर्सिभ फम्र्याटमा साउन्ड मिक्सिङ गरिएको छ । दर्शकहरूले उच्च प्रविधि जडित हलहरूमा पूर्ण सिनेम्याटिक अनुभव लिन सकुन् भन्ने उद्देश्यले चलचित्रको साउन्ड डिजाइन गरिएको निर्माण पक्षले जनाएको छ ।निर्देशक राउतका अनुसार चलचित्रको साउन्ड मिक्सिङ र मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट ५.

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 461 पटक पढिएको
  • भद्रपुर विमानस्थलबाट १४४ ग्राम ब्राउन सुगरसहित महिला पक्राउ

    भद्रपुर— झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट लागू औषध ब्राउन सुगरसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।माघ १९ गते साँझ विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा भद्रपुरबाट काठमाडौं जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ घर भएकी २६ वर्षीया रोशनी बुढालाई पक्राउ गरेको हो।प्रहरीका अनुसार बुढाले लुकाइछिपाइ राखेको अवस्थामा १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर फेला परेको थियो। बरामद लागू औषधसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ परेकी बुढाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 456 पटक पढिएको
  • मोरङ–३ मा डा. सुनिल शर्मा किन दोहोरिनुपर्छ ?

    मोरङ— प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मोरङ–३ को राजनीतिक तापक्रम बढ्दो छ । यहीबीच नेपाली कांग्रेसले पुनः उम्मेदवार बनाएका डा. सुनिल शर्माको उम्मेदवारीलाई लिएर क्षेत्रभर बहस र चर्चा सुरु भएको छ । प्रश्न एउटै छ—डा. शर्मालाई फेरि किन जिताउनुपर्छ ?पहिलो कारण, कार्यसम्पादन। २०७९ मा ऐतिहासिक मतान्तरसहित निर्वाचित भएका डा। शर्माले संसद्मा ‘हाजिर मात्र हुने’ सांसदको पहिचान बनाएनन् । स्वास्थ्य बीमा, बजेटको न्यायोचित वितरण, शिक्षा र सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित मुद्दामा उनी निरन्तर बोलिरहे। पार्टीको ह्विपभन्दा माथि उठेर नागरिकका पक्षमा आवाज उठाउने सांसदको रूपमा उनले आफूलाई स्थापित गरे।दोस्रो, स

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 429 पटक पढिएको
  • फेरी सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६ सय कायम भएको थियो ।त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ सय ३५ रुपैयाँले बढेर पाँच हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 448 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.