काठमाडौं— प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम्मा सुमन शर्मालाई दिएको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओको जिम्मा दिएको हो । 

नवनियुक्त सीईओ शर्माको बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव छ । उनी यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको सीईओ भइसकेका छन् । प्रभु बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएका थिए ।