समाचार

    Showing 5,351-5,360 of 9,797 items.
  • मेचीपुल छेउबाट ब्राउनसुगर सहित २ जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ पुरानो मेचीपुल छेउबाट लागूऔषध  ब्राउनसुगर सहित  २ जनालाई  प्रहरीले पक्राउ  गरेको छ । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका कन्काई नगरपालिका- ४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही स्थान बस्ने २५ बर्षीय सन्दिप कुमाललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।  ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको  ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 95 पटक पढिएको
  • सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

    झापा / सङ्खुवासभा र मोरङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो सवा ११ बजे  सङ्खुवासभाको खाँदबारी नगरपालिका- ९ स्थितमा बा २० च ९५०२ नम्बरको स्कारपियोले पैदल यात्री षडानन्द नगरपालिका- ५ भोजपुरकी भूमिका बिष्टको ३ वर्षीया छोरी मनिषा बिष्टलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि स्थानीय मनकामना अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यसै गरी मोरङको सुन्दरहरैचा नगरपालिका- १० स्थित राजमार्गमा मे १ ख ३२३० नम्बरको बसले को ३७ प १४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाइकल चालक इटहरी उपमहानगर पालिका- २० तरहरा सुनसरीका २६ बर्षीय रोयल राईलाई उपचारको लागि

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 37 पटक पढिएको
  • झापाको कचनकवलका तीन किशोरीले गरे सामूहिक आत्महत्या

    बिर्तामोड / झापाको कचनकवल गाउँपालिका –५ स्थित पाठामारीका तीन जना किशोरीले सामूहिक आत्महत्या गरेका छन् ।पंचम गणेशकी १६ बर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र वीरबल गणेशकी १६ बर्षिया छोरी कल्पनाले एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका हुन् ।उनीहरु तीनै जना पाठामारीको बेल्लेगाउँस्थित झिङ खोलाको किनारमा रहेको बयरको रुखमा आज बिहान ७ः३० बजे झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । स्थानीय रत्न बुढाथोकीका अनुसार तीनै जना शनिबार दिउँसो घुम्न भनी घरबाट हिँडेका थिए । बिहान स्थानीयले उनीहरूलाई झुन्डिएको अवस्थामा मृत फेला पारेका हुन् । तीनै जना किशोरीहरू सुनको

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 1,613 पटक पढिएको
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु

    बिर्तामोड / झापा र सुनसरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका - १ की स्थानीय ७० वर्षीया मनमाया बाँस्कोटा रहेकी छिन् । शनिबार बेलुका ४ बजे  झापाको कमल गाउँपालिका- १ स्थित भित्री सडक खण्डमा प्रदेश १-०१-०१३ प ४३४२ नम्बरको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा घाईते भएकी पैदल यात्री बाँस्कोटाको बि एण्ड सि अस्पताल बिर्तामोडमा  उपचारको क्रममा मृत्यु भएको हो ।  ठक्कर दिने स्कुटर र चालक कमल गाउँपालिका- २ का कृष्ण भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।यसै गरी राती साढे ९ बजे सुनसरीको रामधुनी नगरपालिक

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 42 पटक पढिएको
  • प्रदेश नं. १ को प्रदेशसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    बिर्तामोड / प्रदेश नं. १ काे प्रदेशसभा बैठक आज बस्दै छ । गत असार १९ गते बजेट पारित गरेसँगै अर्को सूचना नभएसम्मका लागि स्थगन भएको बैठक आज दिउँसाे १ बजे बस्न लागेको हो ।प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । सरकार र दलहरूले यो अधिवेशनमा प्रदेशको नामकरण गर्ने बताएपनि अहिलेसम्म नामबारे सहमति जुटेको छैन ।आजको बैठकमा प्रदेशसभामा छलफलमा रहेको प्रदेश सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने र प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई टेबल गरि छलफल अगाडि बढाउने सम्भावना रहेको छ ।बैठकको क

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 37 पटक पढिएको
  • बाख्रा चराउन हिँडेकी महिला दुई दिनपछि मृत फेला

    झापा / सिरहामा बाख्रा चराउन हिँडेकी महिला दुई दिनपछि मृत फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका- २ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए । शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 30 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै, आज कारागार विधेयक पारित गरिने

    काठमाडौँ / प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । २९ मंसिर २०७६ मा संसद्मा दर्ता भएको यो विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो । पारित विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार रहने लगायत विषय समेटिएका छन् । विधेयकको दफा ४२ अनुसार कैद अवधिको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रशासकले खुला कारागारमा राख्न सिफारिस गर्न सक्नेछ । खुला कारागारमा रहेका कैदीलाई नेपाल सरकार, प्रदेश सरकार मातहत सञ्चालित विकास आयोजना वा कार

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 38 पटक पढिएको
  • सशस्त्रका १६ जना एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

    झापा / सशस्त्र प्रहरी बलका १४ जना कामु एसएसपी र दुईजना एसपीलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरूलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) भएबोजिम जेष्ठता क्रम कायम हुनेगरि बढुवा सिफारिस गरिएको हो।एसएसपी प्रविण कँडेल एक नम्बरमा बढुवा सिफारिस भएका छन् । उनी २०५५ सालमा असईमा भर्ना भएका थिए । अर्को ब्याचबाट प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनी ज्वाइँ कामु एसएसपी दिपेन्द्र कुँवरलाई ११ नम्बरबाट दुई नम्बरमा ल्याइएको छ । उनी आफ्नो ब्याचमा एक नम्बरमा बढुवा भएका छन

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 45 पटक पढिएको
  • आज यी स्थानमा चट्याङसहित वर्षा हुने, आवश्यक सतर्कता अपनाउन अनुरोध

    बिर्तामोड / हाल मनसुनको न्यून चापीय रेखा नियमित भन्दा केही दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केही भूभागमा सामान्य देखि पूर्ण बदली रही मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।दिउँसो देशको केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सत

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 29 पटक पढिएको
  • सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

    बिर्तामोड  / झापाको  कमल गाउपालिका -६ गुवाबारी स्थित भित्री सडक खण्डमा सिटी रिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  कमल गाउपालिका -६ का स्थानीय २४ वर्षीय रोशन कोइराला रहेका छन् । दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको मे १ ह २४२३ नं को सिटी रिक्सा र विपरित दिशाबाट जाँदै गरेको को ३८प १२८३ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ टाउकोमा चोट लागी घाइते भएका कोइरालालाई उपचारका लागी बिर्तामोड स्थित बि एण्ड सी अस्पताल ल्याइएकोमा उपचारका क्रममा आज दिउसो ३ बजे मृत्यु भएको हो  ।दुर्घटनामा परि घाइते भएकाहरूको बिभिन्न अस्पतालहरूमा उपचार भइ

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 70 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा