काठमाडौं— नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले आसान्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं.१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापालाई मत दिने घोषणा गरेका छन् । एक टेलिभिजनको अन्तवार्ता कार्यक्रममा बोल्दै खरेलले सो घोषणा गरेका हुन् ।
आफू अहिले कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको उल्लेख गर्दै खरेलले यसपटक थापालाई मतदान गर्ने बताएका हुन् । उनले भने–म सोही क्षेत्रको मतदाता हुँ, हाल स्वतन्त्र छु ।
तर, इमानदारितापूर्वक भन्नुपर्दा मैले प्रवल थापालाई मतदान गर्नेछु ।’ २०७९ को निर्वाचनमा नेपाल सुशासन पार्टीका तर्फबाट सोही क्षेत्रमा उम्मेदवार रहेका खरेल उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बारामा उम्मेदवार बनेका थिए ।






































