काठमाडौं— काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा विद्युत् सर्ट हुँदा बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको छ।
गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र तीन घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए। आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य सुरु गरिएको छ।
उनले भने, “विद्युत् सर्ट हुँदा आगलागी भएको बुझिएको छ, राति हामीले मानवीयलगायतको उद्धार गरेका थियौँ, अहिले बिहानबाट क्षतिको विवरण सङ्कलनकार्य सुरु भएको छ।”
यसैगरी आगलागी भएको ठाउँबाट सात जनाको उद्दार गरिएको र मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए।






































